कांग्रेस बिरुद्द कांग्रेसकै नेताके के के भने ?
-गगन थापा:- ‘कांग्रेस अन्तैबाट चल्यो!’
-महामन्त्री पूर्णबहादुर खड्का:- भारतले फसायो, म जिम्मेवारीमा बस्दिन ! (महामन्त्री बाट राजिनामा)
-सांसद तथा केन्द्रिय सदस्य बद्री पाण्डे:-‘हाम्रा नेताले कांग्रेसलाई मात्र होइन, मुलुकलाई नै सिध्याउने घीनलाग्दो खेल खेले’
-सांसद रामहरि खतिवडा:-‘हिजो भारतले भनेर राजीनामा नदिने, आज भारतले प्रधानमन्त्री बनाइदिने आश्वासन दिएपछि राजिनामा दिएर उम्मेदवारी दर्ता गराउने खेलले हाम्रो शिर झुकेको छ, अब संसदीय दलको बैठक तुरुन्त बोलाउनुपर्छ ।’
-सांसद राजीवविक्रम शाह:- नेताहरुले लोकतन्त्र र सहमति शब्दकै धज्जी उडाए!‘यतिसम्म फटाहा र देशघाती नेता होलान् भन्ने सोचेको थिइँन’ भर्खरै राजनीतिमा हामफालेर चुनाव जितेका शाहले भने-‘अब कांग्रेसको विश्वसनीयता सकियो ।’
-चन्द्र भण्डारी:-‘कांग्रेसको यो निर्णय इतिहासकै सबैभन्दा दुर्भाग्यपूर्ण घटना हो, आफैंले गरेको सहमति विपरीत गएर कांग्रेसले राजनीतिमा नैतिकता र विश्वास भन्ने शब्दकै अपमान गरेको छ’
—————————–
सभासद एबं सांसदहरु,
-तिन प्रमुख दललाई फुटाउने, भर्खरै जारी भएको संविधान कार्यन्वयनमा समस्या सिर्जना गर्ने र मुलुकलाई झन् ठूलो संकटमा धकेल्ने सुविचारित षडयन्त्रको शिकार कांग्रेस हुन पुगेको छ!
-भारतले मुलुकमाथि अघोषित नाकाबन्दी लगाएर नेपालको स्वाधिनतामाथि नै धावा बोलिरहेका बेला शीर्ष नेतृत्व भारतको इशारामा चलेको खुलेआम आरोप सांसदहरुले लगाए !
(स्रोत- आनन्दराम पौडेलको फेसबूक)




