अंगिक्रित नागरिकता लिएर राष्ट्रघात गर्नेलाई कारवाही किन नगर्ने ?

  • मदन बज्राचार्य

writer_iconमन्त्री हुँदा पहाडीजातका नेपालीहरु तराइमा बसोबास गर्ने हो भने मधेसिको मातहतमा बस्नु पर्ने भन्ने, बारम्बार काठमाडौंलाई नकाबन्दी गर्ने धम्की दिने,मधेसी हारे भारत हार्छ भन्ने राजेन्द्र महतोले अहिले भने मेची देखी महाकाली सम्मको मधेसीभूमी एक इन्च पनि छोडिँदैन भन्दै छन् ।

राजेन्द्र महतो बिहारमै जन्मेहुर्केको भारतीय नागरिक हुन । महतोले फट्याइ गरेर नेपालको नागरिकता लिएको कुरा उठेको पनि थियो । महतोको बाउले पछी मात्रै नेपालको नागरिकता लिनुले पनि महतोले नेपालको नागरिकता ढाँटेरै लिएको देखिन्छ । महतोको नागरिकता अङिक्रित नागरिकता मात्रै भएको कुरा के पि ओलीले सार्वजनिक गरिसकेका छन् । अब प्रश्न उठ्छ, के अङिक्रित नागरिक महतोले त्यस्तो भन्न र गर्न मिल्छ ? अरु देशमा संविधान कानुन बिपरित आचरण गरे अङिक्रित नागरिकता खारेज गरिन्छ । नेपालको नागरिकता चाँही लिने तर नेपालबादी नबन्ने ? खुल्लेआम आफु भारतबादी भन्ने महतो नेपाल र नेपाली बिरोधि भयको स्पष्ठ देखिएन ? उनको अङिक्रित नागरिकता खारेज किन नगर्ने ?

सन १९५०को सन्धि अनुसार भारतीयहरु नेपालमा बसोबास गर्न पाउने भएकोले राजेन्द्र महतो जस्तो ब्यक्ती नेपालमा स्वेक्षाले  नेपालमा बसोबस गर्न आएको हो । नेपालले तिनिहरुलाई जवर्जस्ती नेपालमा बसोबास गराउन ल्याएको थिएन ।  आफ्नै ईक्षाले नेपालमा बसोबास गर्न आएको महतो जस्तोलाई नेपाली र नेपालको संबिधान कानुन मनपर्दैन भने उनिहरु आँफै नेपाल छोडेर जाउन् । जाँदैनन भने त्यस्ता समातेर सिमा किन नकटाउने ?

महतो जस्तैको कारणले महतो जस्तैको पछी लाग्नेहरु आम् नेपालीको नागरिकहरुको जिउ ज्यानको निमित खतरनाक पनि बन्न थालेको छ् । सिमा पारी भारतको सुरक्षामा बसेर नेपालमा इन्धन, औषधी, खाद्य् प्रदार्थ नाकाबन्दी गर्नु भनेको नेपालमा रोग नलागेको आम् नेपालीहरुलाई भोकै मार्ने र बिरामी भएको आम नेपालीलाई औषधीको अभाव गरेर मार्ने प्रयत्न गरेको छ ।त्यस्तालाई नेपालमा आमनागरिकहरुलाई भोकै तथा उपचारबिहिन बनाउने जघन्न्य अपराध गरेको आरोपमा जेल पठाउने कि तिनिहरुलाई मेची देखी महाकालीमा राज गर्न दिने ?

तराइलाई हुँदैनभएको मधेश बनाएर मह्तो जस्तैको स्वायत शासन चल्ने, महतो जस्तैले रास्ट्रिय आत्मनिर्णय् समेत् गर्न दिने हो भने पहाड हिमालका अरु नेपालीहरुलाई उनिहरुले मधेशबाट लखेटेर भोली मधेश बनाएको तराइलाई नेपालबाट अलग्याएको घोषणा गर्दैन भनेर आस पनि गर्नु पर्दैन । यदी महतोहरुले त्यस्तो गर्ने प्रयत्न गरेमा त्यसलाई रोक्न कस्तो ब्यब्स्था गरेको छ नयाँ संबिधानमा ?

तपाइँको प्रतिक्रिया