चीनसँगका नाका खुलेपछि विस्तारवादको सदाशयता
- भरत दहाल
भूकम्पले भत्काएका बाटाहरू सुचारू भएर चीनसँगका व्यापार नाकाहरू खुलेपछि दिल्लीको जंगली ब्वाँसाले आफ्ना नाकाहरू खोल्न थाल्यो । त्यसले नेपाललार्इ टोक्न पालेका कुकुरहरूले यसलार्इ मोदी अमेरीकाबाट फर्केपछि भएको कथित सहमतिका रूपमा अपव्याख्या गर्ने प्रयास गरेका छन् । दिल्लीले नेपालमा नाकाबन्दी लगाएर केहि लछारपाटो लाग्ने समय होर्इन यो । तर भारतीय शासकवर्गका केहि तलुवा चटुवा र हण्डीमाराहरूका कारणले आजको अवस्था सिर्जना भएको हो। ३ पटक त्यसको नाकाबन्दी देखेका नेपालीहरू त्यो र त्यसका हुक्केहरूको भ्रममा छैनन् अब। शत्रुहरूका बिरूद्धको लडार्इंलार्इ अब स्थायी रूपमा विकास गर्नु पर्दछ भन्ने शिक्षा आम नेपालीले पाएका छन् ।
दिल्लीको आतंकवादलार्इ सँधैका लागि समाप्त पार्न निम्न मुद्दाहरूमा आधारित अभियानलार्इ स्थायी रूपमा संगठित गरौं–
१- लैनचौरबाट हण्डी खाने कुतत्वहरूको निर्ममतापूर्वक पर्दाफास।
२- तेल र ग्याँसमा भारतीय एकाधिकार कायम गरेर अन्य देशहरूसंग संझौता हुन नदिने देशद्रोहि मिशनखोरहरूको बेइज्जति ।
३ – चीनसंग थप नाकाहरू खोल्न भएका सहमतिहरूको कार्यान्वयनलार्इ रोक्ने एजेन्टहरूको भण्डाफोर।
४ – भूपरिवेष्ठित देशले अन्तर्राष्ट्रिय कानून अनुसार पाउनु पर्ने समुद्रसम्मको पहुँचको अधिकारका लागि पहल नगर्ने दलालहरूको बहिष्कार ।
५ – भारतसंगको सिमानाको स्थायी रूपमा सिलबन्दी ।
६ – सबै प्रकारका दोहरा नागरीकताहरूको खारेजि ।
७ – भारतसंगका अपमानजनक संधिसंझौताहरूको खारेजि ।
८ – विकास निर्माणको पूर्वाधारका आधारमा निर्वाचन क्षेत्र निर्धारण नगर्ने र बजेटको दुइतिहार्इ हिस्सा उध्योग, कारखाना स्थापनमा विनियोजन नगर्ने लुटेराहरूलार्इ कालोमोसो र जुत्ताको माला।
९ – नेपालीहरूले उत्पादन गर्ने उस्तै प्रकारका सामानहरू विदेशबाट आयात गरेर नेपाली उत्पादन मार्ने अपराधको संगठित रूपमा प्रतिरोध ।
१० – नेपालको धानबालि सबै भारतिर बेचेर अभाव सिर्जना गर्ने र पछि त्यहि धानको चामल चौगुना मूल्यमा आयात गर्ने षडयन्त्रको संगठित प्रतिकार ।
११ – भारतसंगका नाका खोल्ने बहानामा सार्वभौमसत्ता, क्षेत्रिय अखण्डता र श्रोत साधनहरू बिक्रि गरेर मन्त्रि खाने मातृ बलात्कारीहरूको सफाया ।
सबैले यो लडार्इंलार्इ जनताको घरघरमा लैजाउँ । जुनदिन षडयन्त्रको पर्दाबाट जनता बाहिर निष्कन सुरू गर्छ, त्यो दिनदेखि दिल्लीको सत्ता स्यालका रूपमा देखा पर्नेछ र त्यसका पाल्तु कुकुरहरू जनताको स्मृति पटलबाट सदाका लागि हराउने छन्न् ।”
(दहालको फेसबूकबाट)




