अनन्त, प्रभाकर र पासाङ मिलेर एमाओवादीबाट ठूलो टिम फुटाल्ने तयारीमा
नयाँ जनवाद स्थापनाका लागि जनयुद्धको बाटो छाडेर शान्तिपूर्ण प्रतिस्पर्धासहितको बहुदलीय संसदीय व्यवस्था अंगीकार गरेको एमाओवादीभित्र फेरि अर्को व्रिग्रह सुरु भएको छ ।
प्रचण्ड, किरण, विप्लव, मणि, मातृका समूह गरी ५ टुक्रा भएको माओवादीमा ओरालो लाग्ने क्रम जारी नै छ । नयाँ संविधानकाको मस्यौदामा ६ प्रदेशको सीमाकंनसहित संघीयता स्वीकार गर्दा प्रचण्ड र बाबुरामले धोका दिएको भन्दै वर्षमान पुन अनन्तको नेतृत्वमा विद्रोहको तयारी सुरु भएको छ ।
अनन्तले ६ प्रदेशमा सहमति सुरु हुनु अघि नै शिनबार बिहान साढे ६ बजे प्रचण्ड निवास लाजिम्पाटमा विद्रोह गर्ने धम्की दिएर निस्केका थिए । अनन्तलाई पूर्व लडाकु कमाण्डर जनार्दश शर्मा, नन्दकिशोर पुन, महेन्द्रबहादुर शाही लगायतले साथ दिएका छन् ।
प्रचण्डलाई धम्की दिए लगत्तै अनन्तले वैद्य माओवादीका देव गुरुङ, एमालेका पृथ्वी सुब्बा गुरुङ, जनजाति नेता पद्यरत्न तुलाधर, परशुराम तामाङदेखि, अशोक राई , उपेन्द्र यादवसम्मलाई भेटेका छन् । शनिबार प्रचण्डले ६ प्रदेशको सहमतिमा हस्ताक्ष गरिरहँदा वर्षमानले भने पार्टीकै जनजाति नेताहरुसँग अलग्गै शक्ति बनाउनेबारे छलफल चलाए ।
आइतबार पनि वर्षमानको समूहले पार्टीभित्रर बाहिरको जनजाति तथा मधेसी सभासद्सँग छलफल जारी राख्यो । सो दिनको स्थायी समिति बैठकमा उनले प्रचण्ड र बाबुरामलाई नीतिविरुद्ध गएको भन्दै पार्टी छोडेर जान चुनौति थिए ।
सो बैठकमा प्रचण्डले आफूहरुले संविधान नै नबन्ने र प्राप्त भएका उपलब्धी नै गुम्ने अवस्था देखेपछि फरक मत कायम राखेर सम्झौता गर्नुपरेको भन्नासाथ औला ठड्याउँदै धोका भएको भन्दै उठेका थिए । पार्टीको नीति र पहिचानको मुद्दा छाडेको भन्दै उनी क्रुद्ध बनेको बैठकमा बाबुरामलेसमेत सम्झाउन सकेका थिएनन् ।
बुधवारको जनआस्था साप्ताहिकबाट




