यो भिडलेपनि वामदेवको छाती ताक्यो भने ?

Surkhet-aandolan

छ वर्षसम्म नेपाली जनताले संविधान बनाउने नाममा नेता पाले । सुबिधा दिए ।  झण्डा हल्लाएर साईर्न बजाउँदै हिँड्दा बाटो छोडिछोडि संविधानको सपना देखे ।  निर्वाचनमा भाग लिए । मतदानमा उत्रिए । जति पटक नेताहरुले आव्हान गरे, साथ दिए । अन्त्यमा त्यसका बदला मेरो भूमी नटुक्याइदेउ, मेरो आँगनलाई चिरा नपारिदेउ, मेरो गोठ र घर दुईतिर नपारिदेउ, मेरो धारो र कुवा अर्को प्रदेशमा नपारिदेउ भन्ने नेपालीका छातीमा दागेर गोली हानेका छन् ग्रिहमन्त्री नामका तानाशह जस्ता लाग्ने वामदेव गौतमले । तर यिनले भुलेको एउटा तथ्य के छ भने, यो भिड साँच्चै जुर्मुराएर वामदेवको छाती ताक्यो भने यिनको हालत के हुन्छ ?

छ वर्षसम्म संविधान दिने नाममा दिएनन् । अन्त्यमा छ प्रदेशको खाका दिए । जनतालाई त्यो मन परेन । गणतन्त्रमा जनताका आकांक्षाहरु ब्यक्त हुनुपर्छ । तिनका मागहरु संवोधन हुनुपर्छ । जनताले बिरोध गर्न पाउनुपर्छ । त्योनै लोकतन्त्रको आधार हो । तर नेपालका ग्रिहमन्त्री ग्रिहमन्त्री त्यो मान्यता बुझ्दैनन् । उनी सरकार, पार्टीले लादेका जेपनि नमान्नेलाई राष्ट्र बिरोधी, पार्टी बिरोधी, लोकतन्त्र बिरोधी देख्छन् । उनी गोली चलाउँछन् । गएको हप्ता मात्रै दलित आन्दोलनकर्मीहरुको शान्तिपूर्ण जुलुसमा लाठा हानेर उनले धेरैको टाउका फोरे । आज सुर्खेतमा उनले टिकाराम गौतमको छातीमा गोली दागेर ज्यान लिए । पत्रकारहरुलाई घाइते बनाए । दर्जनौंको ज्यानमा गोली दागेर छट्पटाउने पारे । जनताको बिरोध सहन नसक्ने, फरक मत ब्यक्त गर्न नपाउने यस्ता ग्रिहमन्त्री हुन सक्दैनन् । यि अपराधी ग्रिहमन्त्री हुन् ।

मध्यपश्चिमाञ्चलका तिन जिल्लालाई कर्णालीसँग मिसाइएको भन्दै तिनले बिरोध जनाए । सरकारले नसुनेपछि सुर्खेत बन्द आह्वान गरे । कर्णालीका पाँच जिल्लासहित भेरीका सुर्खेत, जाजरकोट र दैलेखलाई सुदूरपश्चिमको क्षेत्रमा पारिएपछि स्थानीय जनता विरोधमा उत्रिए । यो आन्दोलनलाई त्यहाँका सबै राजनितिक दलले समर्थन जनाए । यसको अर्थ सरकारमा गएका राजनितिक दललेपनि आफ्नै पार्टीको निर्णय मान्न तयार देखिएनन् । सरकारमा सामेल दलहरुले जनतासित त के आफ्नै स्थानिय राजनितिक दलको समर्थन पनि नलिईकनै कर्णालीका पाँच जिल्लासहित भेरीका सुर्खेत, जाजरकोट र दैलेखलाई सुदूरपश्चिमको क्षेत्रमा पार्ने निर्णय गरेको स्पष्ठ देखियो । केन्द्रमा बसेर जनताको चाहनालाई सरोकारनै नराख्ने सरकार र दलको निर्णय स्थानिय जनताले मान्न तयार भएनन् । सबै राजनितिक दलको समर्थनमै मध्यपश्चिमवासी बिरोधमा उत्रिए । जनताको, आफ्नै पार्टीको, राजनितिक दलका स्थानिय प्रतिनिधीको आवाज सुन्न छोडेर वामदेवले गोली र बन्दुकले दबाउने हुकुमी निर्णय गरे । यो तानाशीकरण हो ।

वामदेवको गोलीले स्थानियका हात रगतले पोतिएका छन् । घाँटी छेडिएको छ । पिँडौलामा गोलीका छिर्का छन् । आँखा पोलेर भाग्न नसक्ने बनेका छन् । टियर ग्याँस हानेर भाग्न नसक्ने बनाउने, बाटो नदेखेर भुइँमा ढलेकालाई आक्रमण गरेर घाइते बनाउने वामदेव एक अपराधी हुन् । यस्तो अपराधी जनताको ग्रिहमन्त्री बन्न सक्दैन । वामदेवको यस्तो हर्कतले आजका युवालाई दबाउन सक्दैन । बरु ति झन आक्रोशित, आन्दोलित र आक्रामक बन्दै जान्छन् । यो युवा जमात जुरुक्क उठेर वामदेवको छाती ताक्ने छन् । वामदेवको कुर्सी हल्लाइदिने छन् । एमाले र कांग्रेसको सरकारलाई चुनौति दिने छन् । यस्तो अत्याचारले जनताको आकांक्षालाई दिर्घकालसम्म दबाउन सक्दैन । नेपालमैपनि सकेको छैन ।

छोराछोरी बिदेशमा राखेर यिनै आन्दोलनमा उत्रिएका दुखि नेपालीको करबाट उठेको रकम बामदेवले बिदेश पठाउँछन् । नेपालको माया बामदेवलाई भन्दा यि आन्दोलनकारी, बिरोधमा उत्रिएका युवाहरुलाई बढि छ । के यि युवाहरुलाई आफ्ना माग राख्ने अधिकार छैन ? आफ्नो सरकारसित आफ्ना गुनासा सुनाउने अधिकार छैन ? मध्य पश्चिमका जनताको चाहना ब्यक्त गर्ने, आफ्ना असन्तुष्टि पोखेर सरकारलाई खबरदारी गर्ने अधिकार छैन ?  वामदेवको बन्दुकले त छैन भन्छ । उनको बन्दूकको भाषाले वामदेवको सरकार तानाशाह हो भन्ने देखाउँछ । ग्रिहमन्त्रीको अत्याचारले यो सरकार लोकतान्त्रिक हो, गणतान्त्रिक हो भन्ने पटक्कै आभास दिन्न । जब सरकार आफैं लोकतन्त्रका मूल्य, मान्यता र नियमहरु तोडेर दमनमा उत्रिन्छ भने जनताले किन मान्ने ? जनताले तिनको आदेश किन् अटेर्ने ? दमनकारी सरकारबिरुद्द किन न उत्रिने ? भन्ने प्रश्न उठ्छ ।

लोकतान्त्रिक सरकारले त जनताको मागलाइ सम्बोधन गर्न नसकेपनि बिरोधलाई सम्मान गर्छ । जनतालाई बार्ताको टेबलमा बोलाउँछ । पुरा गर्न सकिने र नसकिने के के हुन् माग बार्तामा बोलाएर मध्यमार्गी बाटो अपनाउँछ । वामदेवको सरकारले यो सबै उपेक्षा गरेको छ । यो सरकार तानाशाही हो । त्यसैले उसले यस्ता प्रजातान्त्रिक आचरण, लोकतान्त्रका मूल्य, मान्यता र सिद्दान्तहरु मान्दैन । बिरोध हुनासाथ दबाउँछ, आक्रमण गर्छ, जनताको हत्या गर्छ ।

(फोटो- अनलाईन खबर)

तपाइँको प्रतिक्रिया