उनको समय आइरहेछ ……
- रन्जुमार्ग / अमेरिका
हरेक कुराको समय आउनुपर्दो रहेछ र त्यो पर्खनु पनि पर्दो रहेछ । एउटा एस्ट्रोनट बन्ने सपना बोकेर हुर्किएकी एक बालिका, समयले बिस्तारै राजनीति तर्फ़ झुकाउ बढाईदियो । उनि यही बाटोमा अघि बढ रहिन् । निरन्तर अघि बढीरहिन् । कहिल्लै आफ्नो पाइलाहरु पछाडी सारिनन । ती अद्म्म्य आँट र विश्वास भएकी नारि हुन् हिलारी रोदम किल्टन ।
केही समय अगाडी उनले भनेकी थिइन् ‘महिलाहरुको इतिहाँस भनेको मौनताको इतिहाँस हो । ‘यो सत्य हो, महिलाहरु आफुले जानेको कुरा, बुझेको कुरा अनि भोगेको कुरा चाहेर पनि भन्न सक्दैनन् या भन्न रुचाउदैनन । उनीहरु बरु थिचोमिचो सहेर बस्न मन्जुर हुन्छन तर आफ्नु हक र अधिकारको लागि आवाज उठाउन त्यति अग्रसर हुदैनन् । महिलाहरु सोच्दछन मैले यो बोलेर के हुञ्छ र ? या मैले यो गरेर के हुञ्छ र ? त्यसैको परिणाम युगौ देखि उनीहरु मौनतामा बाँचीरहेका छन् । हो उनि त्यहि मौनतालाई चिर्न अनि महिलाहरुको नयाँ इतिहाँस रच्नमैदानमा उभिन फेरी जमर्को गरिरहेकी छिन् ।
सन् २००८ मा हिलारी अमेरिकाको राष्ट्रपतिय निर्वाचनमा उठ्दा संसारले उनलाई नजिकबाट हेरिरहेको थियो । ती हेराईहरु मध्य मपनि एक पात्र थिएँ । मपनि उनको बिजयको लागि हरेक दिन कामना गर्द्थिए । जब उनी बराक ओबामासंग पराजित भईन । त्यो हारेको दिन म पनि एकान्तमा बसेर धेरै बेर सोचिरहें ।
मैले आफैले आफैलाई धेरै पल्ट सोधिरहें -आखिर किन ऊनी सक्ष्यम हुदाहुदै पनि हार्नु परयो ? आखिर किन ? किन ? किन ? अनि फेरी सोचें हरेक कुराको समय आउनु पर्दो रहेछ । हो अब त्यो समय आइरहेछ । उनको समय आईरहेछ । यो मन हर्षित भै ‘रहेछ । हिलारीले अमेरिकाको राष्टपतिय चुनावमा उठने घोषणा सुन्ने बितिकै म उत्साहित भएर रमाएको थिएँ । मेरो असामान्य उत्साह देखेर मेरो श्रीमान र दुई छोराहरु म तिर हेरेर हाँसिरहेका थिए । उनीहरुले मेरो राजनीतिप्रतिको रुचिलाई सजिलै आंकलन गरिरहेका थिए ।
हिलारी विश्वले चिनेको एक नारी पात्र मात्र होइन, उनी एक जुझारु संघर्षशिल, करुणामय, क्षमाशिल पात्र पनि हुन् । कुनैपनि व्यक्तिलाई मनपराउनुको कारण विभिन्न हुन सक्छ । त्यो मान्छे पिच्छे फरक हुञ्छ ।
मेरो सवालमा मैले हिलारीलाई यसकारणले मन पराउंछु कि उनी राजनीतिकचेत भएकी प्रेमभावयुक्त हृदय भएकी साथै क्षमा र त्यागकी खानीको रुपमा एक शक्तिशाली नारीको रुपमा म लिन्छु ।
राजनीति र नेत्रितो उस्तै उस्तै कुरा लागेपनि समग्रमा यी दुई फरक हुन् । राजनीति भित्र सिद्दान्तका कुरा, पार्टीका कुरा, पदका कुरा, शक्तिका कुराहरु अनि कुटिल चालबाजीका कुराहरु आउछ । तर नेत्रितो भित्र यी सबै कुराहरुलाई अगुवाई गर्ने उत्कृस्ट क्षमताको पनि कुरा आउछ। हिलारीसंग नेत्रितोका अधिकांश गुण भएको जस्तो लाग्छ । किनभने उनले आफु जुन जुन पदमा पुगेर नेत्रितो समालेकी थिइन् । ती पदहरुको सफलतापुर्वक सम्पन्न गरेकी थिइन् । यधपी उनकोपारिवारिक जीवनमा आएको उताव चढावलाइ पनि बडो गम्बिरतापुर्वक समाधान गरेकी थिइन् ।
यद्धपी, पहिलो निर्वाचनमा उनले हार खानु परेपनि उनको आँट क्षमताले कहिल्लै हार खानु परेन । उनी संग एउटा यस्तो विस्वास छ जसले अबको शक्तीशाली अमेरिकालाई हाँक्न चुनौती दिई रहेछ । त्यसैले उनले भनेकी छिन् -‘म राष्ट्रपति पदका लागि चुनाव लड्छु । हरेक दिनअमेरिकी जनताका लागि एक विश्वासिलो साथीको खाँचो छ । म त्यो साथी बन्न चाहन्छु । ‘
पुँजीवादी राष्ट्रहरुमा धनि र गरिबको खाडल टड्कारो रुपमा देखिनु स्वोभाबिकै हो । उनी चाहन्छिन अब त्यो खाडल पुरिनुपर्छ । धनि बर्गकोलागि मात्र आर्थिक लाभ पुग्नु हुदैन । गरिब बर्गको लागि पनि सहुलियत र सुबिधाहरु पुरयाउन सक्नुपर्छ भन्ने दृढ अठोटका साथ आफुलाई राष्ट्रपतिय निर्वाचनमा लड्न दाबेदारका रुपमा लिएकी छिन् । अघिल्लो निर्वाचनमा बाराक ओबामासंग हार्नु परेपनि यसपल्ट उनका बिचार तथा अभियानलाई अमेरिकन जनताहरुले राम्रोसंग बुझ्ने छन् । सम्मान गर्नेछन । अनि सन् २०१६ पछिको अमेरिकाले एक नयाँ फड्को मार्ने छ जुनबिश्वलेनै उनको सफललताको कामना गरिरहेको छ ।




