भारतका दलाल होइनौ भने मुख खोल मधेशी गठबन्दन

11229407_1621175958099322_91512927927328452_n

भारतीय शासक मात्रै होइन भारतीय मेडियापनि नेपालका लागि विष जस्तै छन् । तिनले कसरी हुन्छ नेपालमा विष फैलाउँछन् । नेपाललाई अप्ठेरो परेका बेला छिमेकीले सहयोग गर्नु पर्ने हो । तर भारतीय मेडियाको काम धमिलो पानीमा माछा छोप्ने भएको छ । तिनले कथित मधेशी दलहरुलाई उपालेर नेपाल टुक्रा पार्न सहयोग गरिरहेका छन् । मधेशी दलहरुलाई राष्ट्रघाती काममा उचालिरहेका छन् ।

अमर उज्याला भन्ने भारतीय दैनिक पत्रीकाले नामा मात्रका मधेशी दललाई उचालेर तिनले मधेशी राष्ट्र निर्माणअको लागि दह्रोसित माग उठिरहेको समाचार लेखेको छ । जनताबाट तिरस्क्रित हुँदै गएर दर्जनौं खेमामा बिभाजित ति स्वार्थी दलहरुले २२ जिल्ला जोडेर अलग राष्ट्र निर्माणको लागि गठबन्दन गरेको भन्ने झुठो समाचार उज्यालाले लेखेको छ ।

अझ झुठो र हाँसोलाग्दो, आपत्तीजनक त के छ भने उसले मधेशी राष्ट्र निर्माणको नक्सा समेत सार्वजनिक गरेको उल्लेख गरेको छ । कुत्सित भावनाले कसैले देश टुक्रा पार्न बन्द कोठारीमा अलग राष्ट्रको नक्सा कोर्नुलाई उसले ठुलै उपलब्धीका रुपमा उल्लेख गरेर देशद्रोहीहरुलाई उचाल्ने काम गरेको छ ।

उसले मधेशी राष्ट्र निर्माणकालागि मधेश गठबन्दन भन्ने मोर्चा गठन गरेकोपनि उल्लेख गरेको छ । भारतीय दलाल, नेपालीको वैरी र हाम्रो राष्ट्र सिध्याउन लागिपरेको यो भारतीय मेडियाको समाचारका बारेमा मधेशी गठबन्दले मुख नखोलेको किन ? के यो गठबन्दन मधेशी र आम रुपमा नेपाली जनताको मुक्तिको लगि होइन ? कि मधी गठबन्दनका सबै दल भारतका दलाल हुन ? भारतका चौकिदार हुन ?

यदी नेपाली जनताको लागि हुन् ति दल भने यिनले मुख खोल्नु र राष्ट्र बिखण्डनमा आफूलाई आरोप लगाउने भारतीय पत्रीकाका बिरुद्द मुख खोल्नु पर्छ कि पर्दैन ? हाम्रो भूमी कालापानी मिचिएका बारेमा समाचार लेख्दा नेपालको दैनिक पत्रीका कान्तिपुरलाई छपाईको कागज ओसार्नै नदिने भारतीय शासकसित यो पत्रीकालाई कारवाही गर भनेर नेपाल सरकार बोल्नुपर्छ कि पर्दैन ? सरकार किन चुपक्षप बसिरहेको छ ? कथित मधेशी दलहरु किन मुख खोलिरहेका छैनन ?

तपाइँको प्रतिक्रिया