धम्की दिँदैमा फर्केला र माओवादी जनयुद्दमा ?

maoist-party-office-chitwanयतिखेर संविधान निर्माणको बहस फेरी चर्केको छ । राजनीतिक दलहरु संविधान निर्माणका बिषयबस्तु आफू अनूकुल बनाउन जुटेका छन् । पछिल्लो समयमा एकिक्रित नेकपा माओवादीले जनयुद्दमा फर्कनसक्छौं भन्ने चेतावनी दिएपछी फेरी बिबाद चर्केको छ । नेपाली कांग्रेसले संविधानको प्रस्ताबनामै ‘बहुलबाद’ राख्नुपर्ने अड्डी कसेपछी माओवादीहरु बिच्किएका छन् । उनीहरुले यदि कांग्रेसले बहुमतको दम्भमा बहुलबाद प्रस्ताबनामै राखेर पेल्छ भने आफूहरु जनयुद्दमा फर्कनसक्छौं भनेर चेतावनी दिएका छन् ।

संविधानमा कस्ता बिषयहरु समेट्ने, कसरी बनाउने भन्ने सहमती गर्न संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति छ । त्यसले सकेसम्म दलहरुबिच छलफल र बहस गरेर संविधानका अन्तर्वस्तुमा सहमती जुटाउने हो । यो संवैधानिक राजनितिक समितिले राज्य पुनर्संरचना, शासकीय स्वरुप, निर्वाचन प्राणाली र न्यायप्रणालीमा देखिएका मूल विषयमा सहमती गरेका थिए । तर संविधान संसोधन, बहुलवाद, नागरिकताका सम्बन्धमा दलहरुबीच सहमति भएको थिएन । उनीहरु ति बिषयमा छलफलमै थिए । आआफ्ना अडानमा थिए ।

संवाद समितिलेपनि छलफलबाट ति बिषयमा सहमती गर्न सकेको थिएन । त्यसपछि दलहरुले फेरि उपसमिती बनाएर छलफल गरेका थिए । उपसमितिलेपनि टुंगो लगाउन नसकेपछी फेरी दलका मुख्य नेताहरु बसेर छलफल गरेका थिए । तिनलेपनि सहमती गर्न सकेनन् । त्यसपछि विवाद मस्यौदा समितिको जिम्मा छाडेर संविधान सभामा छलफलकालागि पठाएका थिए ।

छलफल हुँदै जाँदा प्रस्तावनामा बहुलबाद राख्ने नेपाली कांग्रेसको अडानपछि एमाओवादीले जनयुद्द राख्नुपर्ने प्रस्ताब राख्यो । त्यसपछि कांग्रेसका नेताले त्यो मान्नै नसकिने बताए । जबर्जस्ती बहुलबाद राख्नुपर्ने कांग्रेसको जिद्दीपछि माओवादीले बरु जनयुद्दमा फर्कने धम्की त दियो । तर के माओवादी साँच्चै जनयुद्दमा फर्किन सक्छ ? कि कांग्रेसलाई धम्काउन मात्रै जनयुद्दमा फर्कन्छौं भनेको हो ?

लाटो हिसाबअले हेर्दापनी माओवादी अहिले कुनैपनी कारणबाट जनयुद्दमा जानसक्ने अवस्था देखिन्न । उत्कर्षमा पुगेको जनयुद्दलाई त्यागेर संसदिय राजनीतिमा आएको माओवादी जनयुद्दमा जाला भनेर पत्याउन सकिन्न । जनयुद्दमा जानपनि माओवादीसित नैतीक अप्ठेरो छ । त्यो हो, जनयुद्दमा जानु थियो भने अहिलेसम्म के हेरेर बसेको ? जनयुद्दमा जाने पार्टीले किन जनसेना बिघटन गरेको ? जनयुद्दको लाईन त्यागेर किन संसदिय राजनीतिमा हाम्फालेको ? किन पार्टी फुटाएको ? जनाधार, जनसत्ता, जनसेना किन त्यागेको ? यसमा माओवादीले के जवाफ दिने ?

जनयुद्दमा जाने एमाओवादीको धम्की किनपनि हो भने माओवादीका नेता आँफैं त्यो बाटोमा हिँड्न सक्ने अवस्थामा छैनन् । शहरमुखि सजिलो राजनीतिमा भिजिसकेका छन् । उनीहरुमा फेरि जनयुद्द गर्न सकिन्छ भन्ने आँट, भर र विशास छैन । अधिकांश नेता सुख, सुबिधा र सजिलो राजनीतिमा डुबिसकेका छन् । फेरि जनयुद्दमा जान सक्ने मानसिक अवस्थामा थोरै मात्रै नेताहरु छन् । अर्को तर्फ माओवादीसित जनयुद्दमा जान सक्ने बलियो कार्यकर्ता छैन । भएका कार्यकर्तामापनि त्यो मानसिकता छैन । नेताहरुले भनिहालेपनि तिनले पत्याउने अवस्था छैन । जुधारु कार्यकर्ता पलायन भैसकेका छन, कोही खाडीतिर त कोही शहर बजारमा । कोही निस्कृय भएका छन् ।

अर्को तर्फ जनयुद्दको कार्यदिशा बिप्लव माओवादीले लिईसकेको छ । शसस्त्र जनयुद्दमा जाने मानसिकता र तयारीमा रहेका कार्यकर्ता बिप्लव माओवादीतिर लागिसकेका छन् । अब फेरि जनयुद्दमा जाने भनेको बिप्लव माओवादीसित एकता गर्नु हो । त्यो एकता सजिलो छैन । पार्टी पूनर्गठन गरेको भन्ने बिप्लव माओवादीले अहिलेका माओवादीले जनयुद्द गर्छ भनेर पत्याउने अवस्थापनि छैन । पार्टी एकिकरण भएपनि एकिक्रित माओवादीका नेता बिप्लवको नेत्रित्व स्विकार्न सहमत हुन गाह्रो छ । बिप्लव माओवादीलेपनि एमाओवादीका वरिष्ठ भनिएका नेतालाई यथावत स्थान दिएर आफूहरु कनिष्ठमा झरेर बस्ने पक्षमा स्विकार गर्न गाह्रो छ । त्यसैले जनयुद्दमा जाने माओवादीको न त ब्यवहाँरिक तर्क छ । न योजना छ । नत एमाओवदीका नेतामा त्यो साहसनै छ । न त नितिगत रुपमै जान उनीहरु सहमत छन् । संविधान सभामा नेपाली कांग्रेसले एमाओवादीलाई पेलानमा पार्नुको गाँठी कुरोपनि यही नै हो । एमाओवादीले धम्की दिने र बैधानिक आन्दोलनका केही कार्यक्रम देला । तर संविधानको प्रस्तावनामै कांग्रेसले बहुलबाद पेलेर लेखेपनि एमाओवादी तत्काल जनयुद्दमा जानसक्ने आधार देखिन्न ।

तपाइँको प्रतिक्रिया