सावधान, आईएनजिओका दलाल र गुलामहरु हो !
-सरोजदिलु विश्वकर्मा
यहाँ वाहुनवाद भन्नाले न ब्राम्हण जाति, न त कुनै ब्यक्ति विशेषलाई नै इंगित गर्न खोजिएको हो । त्यर्सथमा, दलित महिला, मधेसी, जनजाति, क्षेत्री र स्वयं ब्राहृमणका दिमाग भुटेर आफूचाहि फायदा लुट्दैछन्, जोजोहरु वौद्धिक विलासीतामा राज्य, सरकार वा कुनै जाति विषेशलाई दोषेर साझा श्रोत–साधन हड्पीरहेकाछन्, तिनैहरु वाहुनवादी सामन्तहरु हुन् । जोजो आआफ्ना चौघेराभित्र नीतिका नाममा अरुलाई वञ्चित गर्ने धन्दा चलाउदै छन्, यी अघोरीहरु हाम्रो बुझाईमा महापण्डितहरु हुन् । जवकि विचार, दृष्टिकोण, वहस, अनुरोधले यो वर्गलाई छुदैंन । जब नैतिकता, विनम्रता, मानवतावादी कार्यले यिनको दिमाग हल्लाउँदैन भने अवको विकल्प हो–अवाञ्छित र अभद्र कृयाकलापकै बाटो । अन्तत्वगोत्वा राजनीतिक संगठनले गर्ने धर्म पनि यही नै रहेछ । किनकी वारम्वार कलमका सभ्य भाखाहरुलाई खिसी गरीरहने यी वर्गहरु कि वन्दुकदेखि डराउँदा रहेछन् कित मधेशको आगोदेखि तर्सिन्छन् । यात थारुहरुको लाठीमुंङग्रीदेखि थर्कँदारहेछन् ।
राज्यभित्रका श्रोत–साधनहरु कब्जा गरेर आफ्ना दर–सन्तानका लागि साँच्ने अथवा विदेशमा लगेर खर्चिने र तिनैले वेकम्मा बनाएकाहरुले प्रतिरोध गर्दा वा असन्तुष्टी जाहेर गर्दा मानवअधिकार हनन भो भन्ने सुकिला कोट, विदेशी टाईवाला वाहुनवादीहरुलाई अब नयाँ संस्कृतिको पाठसमेत सिकाउनै पर्नेभएको छ । त्यसैले सावधान वाहुनवादीमय एनजिओ–आईएनजिओका ठेक्दारहरु हो ! आआफ्ना अखडामा बसेर सुंगुरले चारो खाएझैं खाने गुलामहरु हो !!
हामी सबैलाई भन्दैनौ । तर जोजो त्यस्ता धन्दामा सपेंटा र पखेटा दारिरहेका छौं, जोजो कट्टु–पेन्टी किन्नकै लागि युरोप र अमेरिकासम्म पुगेर जातीय समानता र महिला मुक्तिका धन्दा चलाईरहेका छौं, अब तिम्रै घुम्ने मेचबाट तिमीहरुलाई घिसारेर भ्यागुतो पछारेझैं पछार्ने दिन शुरु भएको छ । तिम्रै टेवुलका प्लाट्–कम्प्युटर र ल्यापटप् टिपेर समावेशीकरण, गरीवि निवारण र जनअधिकारका कुरामात्र गर्ने तिम्रा थुतुनामा हान्नुपर्ने भईसकेको छ । वीसौं युवाहरुलाई वेरोजगार बनाई एकजनाले सो बराबरको तलव–भत्ता हडप्दै विकासका नाममा जोजो उघ्राईरहेका छौं, मुखबाट ओकलिने गरी तिम्रा थलथले पींधमा हामीले भकुण्डो हान्नुपर्ने आवश्यकता भईसकेको छ । देशी–विदेशीलाई हाम्रो दारुणता, गरीवी, उत्पीडन, जातीयता बेचेर मुलुकमा अशान्ति, हिंसा, भोकमरी, संकट र सामन्तवाद लाद्ने र वाहुनवादलाई यथास्थितीमा राख्ने तिमीहरुका तिघ्रामा फल्मेटा भाटाहरुले हान्नैपर्ने भएको छ । तिम्रै अखडामा छिरी तिमीहरुले भाषण गर्दै गरेका माईक समाएर तिम्रा मुखमा कोच्याउन अब हामी बाध्य छौं । किनकी अचेत मानिसलाई चेतना दिन सकिन्छ, तर अति सचेतलाई चेतना दिने योभन्दा अर्को विकल्प हुन्नरहेछ । जबकि, तिमीहरु नै सबै देखेका, पढेका, जानेका रहेछौं तर ब्यावहारमा भने परिवर्तन भएनौ । वरु नेपाल र नेपालीका अवस्था, दासता, संस्कार र संस्कृतिका कटौरा थापेर आआफ्ना धन्दा चलाउँदैछौ । यसका लागि राज्य पनि मौन रहन्छ अथवा सरकारहरुलाई नै प्रभाव पारीरहेका छौं भने तिमीहरुका मस्तिकमा जागरण ल्याउने अन्तिम उपाय नै यही हो ।
बरु अराजकता वा अभद्रता नै सही– तिमीहरु हाम्रै टाउकामा बसेर हाम्रै गीत गाउँदै आफैंमात्र दन्काईरहने हो भने अथवा, तलतल हामीलाई जुधाई वा फुटाईरहने हो भने तिम्रा यी विद्वता, तिम्रा डिग्री र तिमीले सिकाउने सभ्यता र मानवअधिकार अब नेपाली जनतालाई चाहिएन । बरु तिमीहरु नहुँदै यो मुलुक आफ्नै पौरख र आफ्नै गौरवमा चलिरहेकै थियो । कोही नेपाली जनता तिमीबिना भोकै मरेका थिएनन् । बरु त्यही नै सही– कानो मामा हुनुभन्दा नभएकै वेश, सर्वसाधारण जनताको दिमाग भुट्दै आफुचाहिँ कुस्त मोटाउने तिमीहरुको धन्दा नचलेकै जाती ।
अनि खवरदार ! विदेशी महोदयहरु, तिम्रा देशका जनताले पठाएको सहयोग नेपाली जनताको सम्पति हो । तर नेपालका यिनै वाहुनहरुलाई काखमा राखेर तिनका नक्कली रिपोर्टमा मख्खिदै तिम्रै देशका अगुग्रही जनतालाई शोषण गर्दैछौ भने तिमीहरुसमेत आआफ्ना झोली–तुम्बा बोकेर जताजताबाट आयौ त्यतैत्यतै बाटो लागे हुन्छ । किनकी हामी आफ्नै पसिना बगाएर आफ्नै आर्जनले बाँच्न सक्छौ । आफ्नै पौरख र गौरवमा मिलीजुली एक अर्कामा अन्तरघुलित भई रमाउन चाहन्छौं । बरु हामी हाम्रो उन्नती र यो मुलुकको सर्वाङ्गिण विकासको लागि शुण्यदेखि नै शुरु गर्न तयार ।
मुत्न जाने विषयमासमेत तिम्रा मिटिङ, सुंगुरले चारो खाएजस्तो तिम्रा ईटिङ अनि ‘पोलिसी र क्राईटेरियाका वहाना बनाउने तिम्रा लामालामा जिब्राहरु र खिस्स दाँतहरुलाई राज्यले तह लगाउन सक्दैन भने, र, राणा र पञ्चायतबाट बचेका सामन्तहरुसंग साँठगाँठ गर्दै एक एकवटा अखडामा एक एकवटा बन्देज बनाएर मस्तकुस्त हुँदैंछौ भने, गरीव मजदुर र सर्वसाधारण जनतालाई फुटाइ कमाई–जमाईरहुँ भन्दैछौ भने अब तिम्रा खुट्टामा वाईसीयल र युथफोर्सका क्रिकेट ब्याट्ले नहाने कहाँ हान्ने ? साधारण जनताले तिमीहरुका हाब्रे थुनुता र अरुलाई भुट्दै खाने तिम्रा खोपडीमा भुक्केमुड्की नबजारे कहाँ बजार्ने ? विरलै जमिन छुने तिम्रा पींधमा उत्पीडित दलितहरुले लात्तले नभकुरे के गर्ने ? हाम्रा लागि ननिम्तिने, हामीलाई नभेट्ने तिमीहरुलाई अब गाउं–शहरका गल्लीगल्लीहरुमा भतूवा कुकुरझैं किन नलेखट्ने ? त्यसैले सभ्य भाषा, अनुरोध र आवश्यकता बुझ्दैनौ, सुन्दैनौ भने दलितलगायतका युवा दस्ताहरु तिमीलाई सवक सिकाउन अब युद्धको मैदानमा तयार छन् ।
नेपालमा रहुन्जेल अनेक कथाब्यथा बुन्ने र टन्न कुम्ल्याईसकेपछि ‘यहाँ त सुरक्षा नै छैन, सरकारै खतम, नेता नै भ्रष्ट…’ भन्दै युरोप र अमेरीकातिर कुलेलाम ठोक्ने तिमी तोरीलाउरे र नकचरा सामाजिक विकासका दलालहरुलाई कल्लीकुमारीले खानुपर्ने मलमुत्र तिम्रा मुखमा कोच्याउन अब हामी तयार छौं । तिमीहरुले चलाएका वौद्धिक वेश्यालयहरु, विकृत अखडाहरु, तिमीहरुलाई सुगन्धित लाग्ने तिम्रा खोरहरु अब हामी भत्काउन तयार छौं । समानता, समावेशीको धन्दा गरी आफैमात्र खाने गरी बनाईएका तिम्रा विधि र विधानका फन्दाहरु अब हामी जलाउन तयार छौ । बरु अर्को वलिदानी नै सही । सावधान !!!