एमाले र एमाओवादीबिच एकिकरण प्रयास : यि पार्टीबिच एकता हुनैपर्ने के छन् कारण ?
(कतिवटा पार्टी बनाए अहिले यि नेताले ?)
बल्ल एकिक्रित माओवादी र एकिक्रित माले (एमाले) नेताका घैंटामा घाम परे जस्तो छ । यि दुई पार्टीबिच एकिकरणको बहस शुरु भएको छ । यो बहस एमाओवादीले शसस्त्र क्रान्तिको बाटो त्यागेर संसदिय ब्यवस्थामा आएदेखिनै हुनुपर्ने थियो । ढिलै भएपनि शुरु भएको छ । त्यो पहल एमालेले गर्न लागेको छ । यता बैध्य माओवादीसितको एकता पहल चाहीँ एमाओवादीले गरिरहेको छ । एमाओवादी र एमालेबिच पार्टी एकता हुनु जरुरीपनि छ । किनभने धेरै कुरामा यि दुई पार्टी समानपनि छन । दुबै पार्टी संसदिय ब्यवस्थाभित्रैपनि संकटमा छन । दुबै पार्टी पेलानमा परेका छन, कतै न कतैबाट ।
दुबै पार्टीमा युवाहरु अल्पमतमा छन । बुढाहरुले पार्टी बिगारे भन्नेपनि परेको छ । दुबै पार्टीमा युवाहरुले केही गर्न खोजेकापनि छन् । प्रयास गर्छन् तर सकैनन् । किनभने मूल नेत्रित्व बुढाहरुको हातमा छ । कम्युनिष्ट पार्टीहरुबिच एकता भए कांग्रेसलाई तह लगाउन सकिन्थ्यो, पेल्न सक्थेन भन्नेपनि परेको होला । त्यसैले एमाओवादी र एमालेबिच एकताको प्रयासपनि युवाहरुकै तहबाट शुरु भएको छ । त्यो पहल एमालेका युवा नेताहरुले गर्न लागेका छन । एमालेका प्रचारबिभाग प्रमुख युवा नेता योगेश भट्टराईले विशेष पहल थालएका हुन । एमालेले शुरु गरिदिए एमाओवादी त यसमा खुशी भैहाल्छ । कम्युनिष्ट पार्टीको स्थापना दिवस वैशाख ९ गते पारेर एमालेले ‘कम्युनिष्ट आन्दोलनअको संभावना र चुनौती’ छलफल राख्दै छ । यसमा नेपालका कम्युनिष्ट नेताहरुले आएर छलफल गर्ने छन् ।
एमाले झापा आन्दोलनमा बर्ग शत्रु खत्तम पार्ने भन्दै शामान्तका टाउका गिँडेर आएको पार्टी । त्यसपछि उसले नाम फेर्दै फेरी एमाले बनेपनि यू कम्युनिष्ट चरित्रको छैन । उता दश वर्षे जनयुद्द लडेर आएको माओवादीले कम्युनिष्ट चरित्र छोड्दै गएको छ । जनताको सेना भएर पनि बिघटन गरेको छ । वर्गिय राजनीति त्यागेर जातिय, पूँजीवादी गणतन्त्र, संसदिय पारम्परामा आ ई सकेको छ । उपदेश दिनेहारु दुबै पार्टीका बिदेशी बनेका छन । जनताबाट दुबै पार्टी टाढिँदै गएका छन । दुबैको उद्देश्य सरकारमा जानु मुख्य छ । दुबै पार्टीका नेत्रित्वकर्ताहरु सुबिधाभोगी छन । दुबै पार्टी कम्युनिष्ट आदर्श, निती र चरित्रका त के पश्चिमी मुलुकका पूँजीवादी पार्टीको जत्तिको जनमुखिपनि छैन ।
उता सरकारमा भएरपनी एमालेलाई नेपाली कांग्रेसले पेलिरहेको छ । यता ३० दलको नेत्रित्व गरेपनी एमाओवादी संकटमा छ । मधेशी र जनजाती दलहरुले पेलिरहेका छन । सरकार बनाउँ एक्लै सरकार बनाउन सक्ने क्षमता एमालेको छैन । आन्दोलन हाँक्छु भनेपनी एक्लै आन्दोलन सक्ने दम्भ एमाओवादीको छैन । कम्युनिष्ट नाम छोडे जनतालाई भ्रमा दिन सकिन्न । नाम अनुसारको आचरण र निती राखे पार्टी दुई दिनपनि चलाऊन, सरकारमा जान बिदेशीले दिँदैनन । कांग्रेसले धेरै पेल्यो भन्ने दुबै पार्टीलाई परेको छ । जनतामापनि अब एमाले र एमाओवादी उस्तै छन, एकता गरेर गए हुन्थ्यो भन्ने भावना छ । त्यसैले यि दुई पार्टीबिच सामान्य सानातिना कुरा भिन्न भएपनि नितिमा खासै अन्तर छैन । नितीमा भिन्नता नभएपछी सानातिना कुरा मिलाउन नसकिने होइन ।
तर कम्युनिष्ट नेताहरुले जनताको मुक्ती भन्दा कुर्सीको लोभ, सत्ताको मोह र सानातिना दल बनाएरै भएपनि आजीवन नेता बन्ने रहरले गर्दा त्याग गर्दैनन् । उनीहरु सानातिना बिषयमै पदको लोभले गर्दा आदर्श र नितिगत बिमतीको देखावटी आरोप लगाएर पार्टी फोर्छन । कम्युनिष्ट एकिकरणको गफपनि गरिरहन्छन् । त्यसैले बिगतमापनि कम्युनिष्टहरुबिछ एकिकरणको बहस धेरै चलेकाले एकिकरण र सहकार्य भैहाल्ला भन्ने विश्वास चाहीँ छैन ।





