जातजातको राज्य बनाउन चाहनेहरुले नै मधेशवादिहरुलाई सघाउने किन ?

  • मदन बज्राचार्य

writer-77878अंग्रेजले पाले सिकाएको सुगाले अंग्रेजी शब्द  बोल्छ । नेपालीले पाले सिकाएको सुगाले नेपाली बोल्छ । हिन्दूस्तानीले पाले, सिकाएको सुगाले हिन्दि शब्द बोल्छ । सुगालाइ आफ्नो भाषाको शब्द बोल्न सिकाउनेले सुगालाई आफ्नै स्वार्थ पुरा गर्नको निम्ती आफ्नो बोलि बोल्न सिकाउँछ । सुगाले सिकाएको मान्छेको बोलि त बोल्छ तर त्यसको अर्थ उसले बुझ्दैन । यस्तै भैरहेछ अहिले नेपालको राजनीतिमा । दिल्ली सम्झौता भए लगतै केहि नेताहरुले “पहिचान” शब्द सुगाले झैँ बोल्न थाले ।

दिल्ली “हिन्दि भाषा” राष्ट्र भाषा भएको देशको राजधानी हो । यो “पहिचान भन्ने शब्द  हिन्दीकै शब्द  हो । नेपाली शब्द होइन । नेपाली भाषामा त्यो हिन्दि शब्द पहिचानको अर्थ बुझाउने आफ्नै नेपाली शब्द छ तापनि अहिले पहिचान शब्दको रट लगाउने नेताहरुले समेत आफ्नै नेपाली शब्द प्रयोग नगरिकन हिन्दि भाषाको पहिचान शब्दनै प्रयोग गर्दै आएबाट पनि ती नेताहरुले सुगाले झैँ अरुले सिकाएको शब्द नै बोल्दै आएको देखिन्छ । तर यो कुरा सिंगो तराइ नेपालबाट अलग्याउनु पर्छ । तराइमा हिन्दि भाषा नै रास्ट्र भाषा बनाउनु पर्छ । तराइमा बसोबास गर्ने पहाडी मुलको नेपालीहरुलाई तराइबाट लखेट्नु पर्छ । हिन्दुस्थानको बिहारसित आफ्नो रगत, रोटि र बेटीको नाता भएको भन्ने मधेशबादी नेताहरुमा लागु हुँदैन । किनभने पहिचान शब्द उनीहरुकै भाषाको शब्द भएकोले उनीहरुले पहिचान शब्दको अर्थ बुझेरै प्रयोग गरेको हो ।

एमाओवादीले नेपालमा १० बर्ष सम्म भारतीय विस्तारवाद र भारत सित झुके बिकेको नेताहरु र त्यस्तै नेताहरु सरकारमा पुग्ने व्यबस्थाको बिरोध गर्दै बिद्रोह गरेको थियो । त्यतिबेला माओवादीको ४० बुँदे मागमा सिंगो तराइलाइ मधेसीको स्वायत तथा आत्म निर्णय गर्न सक्ने मधेस बनाउनु पर्छ भन्ने माग्ने थिएन । यो माग तत्कालिन सरकार सित दिल्लीमा सम्झौता गर्ने माओवादीबाट उछिट्टेको नेताहरुले दिल्ली सम्झौता भैसके पछि उठाएको माग हो ।

दिल्ली सम्झौता हुनु अघिसम्म पनि नेपालको राजनीतिमा नागरिकहरुलाई हिमाली, पहाडी र मधेसी जातमा वर्गीकृत भएको पनि थिएन । यो बर्गिकरण तराइ नेपालको अखण्ड भुमि नभएको र तराइ भारतको बिहारको बिन्द्याचल सम्म मध्यदेश भनिने भुमि भएकोले नेपालबाट अलग्याएर मध्यदेश बनाउनु पर्छ भन्ने समुहले गरेको हो । उनीहरुले मागे झैँ संयुक्त रास्ट्र संघ, भारत र विश्वको सबै मुलुकले नेपालको अखण्ड भुमि मानेको सम्पूर्ण तराइलाइ उनीहरुको “मध्यदेस” बनाउन सकिने कुनै आधारनै छैन ।

तराइलाइ मध्यदेश बनाउन भनेर भारतले चाहन त सक्ला । तर तराइलाइ मध्यदेश बनाउन भारतले त्यो समुहलाई सघाउन सक्दैन । त्यो समुहले तराइलाइ नेपाल बाट अलग्याउन हतियार उठाउन सक्छ । तर त्यसो गरेमा उनीहरुलाई नेपालको सरकारले देशद्रोह गरेको अपराधमा देख्ने बित्तिकै गोली हानेमा पनि विश्वले नेपाललाई औंला पनि उठाउन सक्दैन । किनभने देश टुक्राउन खोज्नेलाइ विश्वको कुनैपनि मुलुकले पुरस्कार दिंदैन । बरु हदैसम्मको सजाए दिन्छ । तर देशको संबिधान र कानुनलाई नै संसोधन गरेर तथा बदलेर नागरिकहरुको बहुमतबाट देश टुक्राउन सकिन्छ ।

तराई नेपालबाट अलग्याउन सकिने संबिधान नेपालमा खारेज भैसक्यो । अहिले नेपालमा समुहगत संस्थागत र दलको झण्डा बोक्नेलाई कानुन लाग्दैन । यो हिसावले हेर्ने हो भने देश  टुक्राउन बाधा पुर्याउने संबिधान र कानुनलाई देश टुक्राउन खोज्नेले लगभग निस्क्रिय बनाईसक्यो । तर संबिधान कानुनलाई निस्क्रिय बनाएर तराइलाइ नेपालबाट टुक्राउन सकिंदैन । देशको संबिधान र कानुनलाई नै आधार बनाएर  तराइ नेपालबाट अलग्याउनु पर्छ भन्नेको बहुमत बनाएर मात्रै तराइ नेपालबाट अलग्याउन सकिने आधार तयार गर्न सकिन्छ । हिजो सम्म तराइनै नेपालको होइन भन्ने अहिले तराइको एक इन्च भुमि पनि पहाड सित मिलाउन नदिने भन्ने मदेशवादीले यहि गर्नकै लागि नै “सुगालाइ गोपी कृष्ण कहो” भनेर बोल्न लागाए  झैँ नेपालका केहि नेताहरुलाई “पहिचान” शब्द बोल्न लगाउँदैछ । किनभने पहाड, हिमालमा जात जातको राज्य बन्न नदिएसम्म सिंगो तराइलाइ मधेसीको मधेश बनाउने आधार नै बन्दैन ।

पहाड हिमालमा जात जातको राज्य बनाएर मात्रै कसैको उत्थान हुन्छ भन्नु सरासर गलत हुन्छ । किनभने कसैको जातको नाममा राज्य बन्दैमा त्यहाँको भूमिमा अवसरहरु त्यत्तिकै फल्न थाल्दैन । अवसरहरु पाउनको निमित श्रोत, सडक, समतलभुमि लगायत विश्व सित सम्पर्क गर्न सक्ने आधारपनि हुनु पर्छ । यि सबै कुराहरु त मधेसीको मधेश बनाउने भनेको तराइमा मात्रै उपलब्ध छ । जात जातको राज्य बनाउने भनेको भूमिमा त यि कुराहरुको अकालनै छन् ।

जात कै नाममा राज्य बनाउन चाहे बनुन् त्यस्तो राज्यहरु । तर त्यसरी बन्ने राज्यको पहुँच तराइको श्रोत र भारत लगायत विश्व सित सम्पर्क गर्न सक्ने भारतसित जोडेको नेपालको सिमानासम्म हुने गरि बनुन् । तर मधेशवादिहरु त तराइको एक इन्च भुमि पनि पहाड सित जोड्न नदिने भन्दै छन् । जातको राज्य बनाउन चाहनेहरु तिनै मधेशवादिहरुलाई सघाउन किन खोज्दैछन  ?

तपाइँको प्रतिक्रिया