के गर्न लाग्यो बिप्लव माओवादीले ? शान्ती संझौता पछी फिर्ता जग्गाजमिन फेरी भटाभट कब्जा
दश वर्षे जनयुद्दका बेला माओवादीहरुले धेरै जमिनदारको जग्गा जमिन कब्जा गरे । झन्डा गाड्थे पार्टीको । शामान्त र दालहरुको जग्गा गरीब, सुकुम्बासीको नाममा । जमिन जसले जोत्छ उसैले कमाउँछ, उसैको हुन्छ भन्दै भटाभट जमिन कब्जा गर्थे । कब्जा गरेको जमिन कमाउन गरीबहरुलाई दिन्थे । राजनीतिक रुपमा जमेकाहरुको झन खोजिखोजी कब्जा गरेको समाचार बाहिर सुनिन्थ्यो । अहिले एकिक्रित क्रान्तिको निती अगाडि सारेर बैध्य माओवादीबाट अलग्गिएको बिप्लव नेत्रित्वको नेकपा माओवादीले फेरी भटाभट जग्गा जमिन, घर कब्जा लिन थालेको छ । पार्टी फुटाएपछी आक्क्लझुक्कल सुनिएको यस्तो घटना अहिले हरेक दिन जस्तै सुनिन थालेका छन् । आखिर के गर्न खोजेको हो बिप्लव नेत्रित्वको नेकपा माओवादीले ?
माओवादीको जग्गा कब्जा गर्ने पछील्लो घटनाक्रमा हेर्दा नेपाली कांग्रेसका नेताहरुको जग्गा बढी कब्जा गरेको देखिन्छ । तिनको मूल्यांकनमा शायद शामान्त र जमिन्दारको संख्या कांग्रेसमा बढी भएर पो हो की ? नत्र तिनको उद्देश्य कांग्रेसतिर बढि केन्द्रित देखिन्छ । नेपाली कांग्रेसले शान्ति संझौता पालना नगरेको, १४ बुँदे सम्झौता लत्याएको माओवादीहरुलाई फुटाउने र सिध्याउन लागेको, बिदेशी प्रतिकृयावादको उक्साहटमा लागेर देशमा फेरी गृहयुद्द निम्त्याउन खोजेको जस्ता आरोप लागाउने गरेका छन् । माओवादीले दस्ताबेजमै मुख्य शत्रु नेपाली कांग्रेसलाइनै किटान गरेको छ । त्यसैले कांग्रेस नेताहरुनै मुख्य लक्षित गरेका हुन कि भन्ने देखिन्छ ।
अकंग्रेसका नेताहरुको जग्गाजमिन कब्जा गरेर कांग्रेसलाई लक्षित गरिने संकेत गर्न खोजिएको त होइन ? माओवादीहरुले अबको आक्रमण कांग्रेस नेतामाथि बढि केन्द्रित गर्ने संकेत त होइन ? कि सामान्य असन्तुष्टी मात्रै देखाउन खोजेका हुन ? नेकपा माओवादीले कांग्रेसका नेता पदमराज जोशीको डोटीको बिपीनगरस्थित पक्की घरमा झन्डा गाड्दै फागुन २६ गते उक्त घर नेकपा माओवादी डोटीको कब्जा गरेका थिए । त्यस अघी बर्दिया, दाङ र पूर्वमापनी माओवादीले जग्गा कब्जा गरेका थिए । संयोग वा तयारी के हो, बाँकेको उढरापुर गाविसस्थित सिमलघारीमा टन्डन परिवारको ५० बिघा र पत्तेपुर ७ पलुनियामा शान्तिदेवी बर्मा,पुनम शर्मा र ज्ञानु बिष्टका नाममा रहेको २९ बिघा जमिन कब्जा गरेको जमिनबाहेक अन्यत्र कांग्रेस नेता वा कार्यकर्ताको पर्न गएको छ । बाँकेमा कब्जा गरेको यो जमिन अख्तियारको आँखा छल्न एमाओवादी इन्चार्ज प्रकाश सुवेदी चन्द्रकान्तले फत्तेपुरमा आफ्नी बुहारी नातापर्ने शर्मा र बिष्टका नाममा उक्त जमिन नामसारी गरिदिएको आरोप लगाएका थिए ।
पछिल्लो पटक बिप्लव माओवादीले रा.प्र.पा नेता लोकेन्द्र बहादुर चन्दका छोरा दिवाकर चन्दको नुवाकोट घान्सिङ गाविसमा रहेको ४५५ रोपनी जगग कब्जा गरेका छन् । जग्गा कब्जा गरेको प्रेस बिज्ञप्तीले अब माओवादीहरुले जनयुद्दकालमा कब्जा गरेका जग्गा शान्ति संझौतापछि फिर्ता दिएकामा ति पुन कब्जा गर्ने निती रहेको बुझिन्छ । चन्दको जग्गा कब्जा गरिएको स्पष्ट पार्न जारी गरिएको माओवादीको बिज्ञप्तीमा भनिएको छ ‘हाम्रो पार्टी जनयुद्दकालमा कब्जा गरिएको जग्गाहरु खरिबबिक्री नगर्न, नगराउन अनुरोध गर्दछ ।’ शायद जनयुद्दपछि फिर्ता गरिएका घर जग्गा पुन कब्जामा लिनैका लागि हुनुपर्छ ।
माओवादीहरुले अर्को आरोपपनि लगाएका छन् । “रातारात सरकारी जग्गाहरु ब्यक्तिका नाममा गराउन मालपोत कार्यालयका कर्मचारीहरु समेटाको मिलोमतोमा दलालहरुले काम गरिरहेका छन् । नियमनकारी सरकारी निकाय माफियाहरुको सरकारी सम्पत्ती हडप्ने कार्यमा रमिते बनिरहेका छन् ।” एकिर्कित क्रान्तिको कार्यदिशा अगाडि सारेको माओवादीले शामान्तहरुको भन्दै जग्गाजमिन भटाभट कब्जा गर्नुले उनीहरुलाई उत्तेजित पार्न खोजेको त होइन ? सत्ता पक्ष दमनमा उत्रिए प्रतिरोध गर्न सहज हुने ठानेर । अथवा माओवादीहरुसित वार्तामा बस्न चाहे झन भूमिहिनहरुका माग र समस्यालाई केन्द्रमा राखेर वार्ता गर्न सजिलो हुने ठानेको पो हो कि ?
यसको अर्को जनाउपनि हुन सक्छ । सरकार र एकिक्रित माओवादीलाईपनि । सरकारले ब्रिहद शान्ति संझौता पालना नगरेकाले अब माओवादीलेपनि सरकार र संसदिय पार्टीहरुसित गरेका सबै संझौता भंग भएको जनाउ । जनयुद्दको पक्ष भनेको एकिक्रित नेकपा माओवादी मात्रै होइन । प्रचन्ड र बाबुराम भट्टराईइले जनयुद्दकालमा कब्जा गरिएका जग्गाजमिन फिर्ता दिने निर्णय गर्दैमा मान्य हुँदैन । तिनको निर्णय मान्न जरुरी छैन । एकिक्रित माओवादीलाईपनि शान्ति संझौतापछि लिएको घरअजग्गा फिर्ताको गलत निर्णयमा आमान्य रहेको जानकारी दिनु । जनयुद्दकालमा सहि निर्णय गरिएको भनिएका यस्ता निर्णय ब्युँताएर एकिक्रित माओवादी र् बैध्य माओवादीतिर लागेका कार्यकर्तालाई आकर्षित गर्न खोज्नु । मनोभावना जित्न खोज्नु ।





