माओवादीहरुबिच एकता छोडेर किन गाउँ छिरे बिप्लव ?
पुरानो माउवादी पाँच चिरा बन्यो । ति सबै चिराले ‘माओवादी फुट्न हुन्थेन । एकताको खाँचो छ’ पनि भन्छन् । फेरी पाँचै वटा माओवादीहरुबिच एकताको प्रयासपनि भैरहेको छ । पटक पटक वार्ता भएका छन् । तर बैध्य माओवादीबाट छुट्टीएर नेकपा माओवादी बनाएका नेत्रबिक्रमा चन्द भने उती हौसिएका छैनन । जती अरु माओवादी हौशिएका छन् । बरु बिप्लवले यो एकता प्रयासलाई खासै महत्व दिएको देखिन्न । एकता बार्ताहरु चलिरहेका बेला बिप्लव राजाधानी बाहिर पो हिँडेका छन् । के बिप्लव एकता बिरोधी हुन् ? किन राजधानीबाट बाहिरिए त ?
एकिक्रित नेकपा माओवादीले फेरी क्रान्ति गर्ने कुरामा बिप्लव विश्वस्त छैनन् । माओवादीहरुबिच एकताको कुरा गरेपनि एकिक्रित नेकपा माओवादी क्रान्तिकारी धारको नेत्रित्व गर्ने पक्षमा नभएको उनको बुझाई छ । जनसेनालाई बिदेशी प्रतिकृयाबादीको पाउमा परेर भंग गरेको । माओवादीहरुले भएका सेना त भारतीय बिस्तारबादको आडमा सिध्याए, आफ्ना जनसेनालाई बिघटन गरे भने कसरी फेरी सेना बनाउँछन ? सेनाबिनाको पार्टीले क्रान्ति गर्नै सक्दैन । उनीहरुको स्पष्ट बुझाई छ ।
प्रचन्ड र बाबुराम लगायतका मुख्य नेता माओवादी एकताको प्रसंगलाई नेकपा एमाले र नेपाली कांग्रेससित पद र नयाँ संविधानका लागि बार्गेनिङको बिषय बनाउन खोजेको उनको ठम्याई छ । ‘अहिलेको संविधान सभाले कुनैपनी हालतमा जनसंविधान दिनै सक्दैन । प्रचन्ड र बाबुरामहरु त्यो संविधान सभा छोडेर पुन जनताको बिचमा जानै सक्दैनन् । त्यो उनीहरुको नियत र नितिनै छैन । उनीहरुले माओवादी एकतालाई सत्तापक्षसित मोलतोल त जनजाती तथा मधेशी दलहरुबिच घमण्ड, शक्ति प्रदर्शन र बिकल्पका रुपमा प्रयोग गर्न खोजिरहेका छन् ।’ बिप्लवले बुझेको तथ्य यो हो । त्यसैले उनी माओवादी शक्तिहरुबिचको एकतामा तत्कालकालागि पटक्कै विश्वस्त छैनन् ।
बिप्लव यो संविधान सभाबाट कुनैपनि हालतमा समाधान नै नदेख्ने । क्रान्तिकारी कम्युनिष्टहरु प्रतिकृयाबादीको पकटमा पुगेको अहिले संविधान सभा त्यागेर तत्कालाई बाहिर निस्किनुपर्ने । जनसेनाको निर्माण गर्नुपर्ने । यो संविधान सभाले जनताका समस्या हल गर्नै नसक्ने, जनताको पक्षमा संविधान बन्दैन भनेर जनतालाई स्पष्ठ पार्नुपर्ने । जनताको बिचमा गएर क्रान्तिको नयाँ प्रयास थाल्नुपर्ने । बिप्लवले यसो भन्दै आएका छन् । उनले पटक पटका भन्ने गरेका छन्- माओवादी यही संविधान सभामा लर्खरिएर बस्दा जनतामा भ्रम उत्पन्न भएको छ । कार्यकर्ताहरु निराश बनेका छन् । क्रान्तिकारी पार्टीको क्षय भैरहेको छ । यसले एकिक्रित क्रान्तिलाई दिनदिनै घाटा पारिरहेको छ, पछाडी धकेलिरहेको छ ।
स्रोतका अनुसार उनी यतिखेर सूदुर पश्चिमका जिल्लाहरुमा पुगेका छन । कर्णाली क्षेत्र उनको प्राथमिकता हो । दश वर्षे जनयुद्दका बेला अधिकांश समय कर्णाली क्षेत्रमा बिताएका उनले त्यस क्षेत्रमा विशेष ध्यान दिएका छन् । उनको प्रभाव बलियो छ । अधिकांश पार्टीहरुले ध्यान नदिएको । जनयुद्दका लागि आधारभूमी तयार भएको । बिकट, अधिकांश जनता गरिब । जनजातिका बिभिन्न पार्टीहरु अन्यत्रै केन्द्रित रहेको । बाहुन क्षेत्रीहरुको बाहुल्य रहेपनि पूर्वका जनजातिको क्षेत्रभन्दा अझ बिपन्न रहेपनि कुनै पार्टीले विशेष ध्यान नदिएको । त्यहाँको धरातलिय यथार्थमा आफू राम्रोसित भिजेको । जनक्रान्तिका लागि उनले सबैभन्दा अनूकुल र उर्वर भूमी त्यसैलाई देखेको बताइन्छ ।
तर धेरै कार्यकर्तामा माओवादी घटकहरुबिच एकता भैदिए हुन्थ्यो । माओवादीहरुबिच एकता भए निकाश दिन सक्थ्यो । एमाले र नेपाली कांग्रेसले पेलेको माओवादी फुटेकाले हो । यि एक भएभने फेरी केही गर्न सक्छन् भन्ने आशा देखिन्छ । जनतामापनि माओवादीहरु एकता भैदिए हुन्थ्यो भन्ने भाव देखिएकाले उनी एकता बिरोधी देखिन चाहँदैनन् ।
तर माओवादीहरुबिच अहिले चलिरहेको एकता फुसको घर जस्तो हो भन्ने जनता र कार्यकर्ताले बुझेका छैनन् । बिप्लवको पार्टी एकिक्रित क्रान्ति गर्ने, अब संविधान सभा धोका हो । यसमा बसेर पार्टी झन झन बिग्रिन्छ र क्रान्तिकारी धारनै सखाप हुन्छ भनेर एकिक्रित क्रान्ति गर्न भन्दै अलग भएको हो । तर पार्टी एकता प्रचन्ड र बाबुराम, बैध्य र मातृका यादवहरु यो मान्यतामा सहमत भएर गर्दैनन । उता संविधान सभामा फर्किनेगरी बिप्लवले गर्दैनन् । त्यसैले एकताका नाममा एकलकाँटे नबन्न, जनता र कार्यकर्ताको भावना नमार्न, एकता बिरोधी नदेखिन मात्रै उनको दल एकता बार्तामा सामेल भैरहेको छ । एकता हुँदै हुन्न भन्ने बुझ्दाबुझ्दैपनि । त्यसैले उनले दोस्रो तेस्रो दर्जाका नेतालाई एकताका गफमा सामेल हुने जिम्मा दिएर उनी गाउँ छिरेका हुन् । संगठन बनाउन । एकदमै महत्वपूर्ण बहस, कार्यकर्ता प्रशिक्षण र पार्टीका महत्वपूर्ण बैठक बाहेक उनी मुख्यतथा गाउँतिरै केन्द्रित भएका छन् ।




