नेपालका शत्रु भारतीय सत्ता र इसाईहरु
- दीर्घराज प्रसाई
दोस्रो विश्वयुद्धको बेला यहुदी विद्वान वैज्ञानिक एन्सटाइन्बाट निर्माण गरिएको अणुवमबाट जापानको हेरोशिमा र नागाशाकीमा अमेरिकाले ध्व्स्त बनाएको थियो । अमेरिकी राष्ट्रपति रुज्वेल्टले एन्सटाइन्सँग प्रभावित भएर– तपाई के माग्छौं भन्दा एन्सटाइन्ले – मलाई एउटा यहुदी राज्य चाहिन्छ, भनेर मागेकाले अमेरिकाको प्रयासबाट इजरायललाई यहुदी राज्य घोषण गराइयो । एन्सटाइन्लाई राष्ट्रपति बन्ने आग्रह गर्दा राष्ट्रपति हुन चाहेनन् । इजरायल–यहुदी राष्ट्रमा, सरस्वतीको चिन्हलाई यहुदीको चिन्ह बनाइयो । यो हिन्दुधर्मकै पे्ररणाको द्योतक हो । हामी नेपालीहरु विश्वको एकमात्र यहुदी राष्ट्रको सम्मान गछौं । तर इसाईहरु किन नेपालको विश्वको एक मात्र हिन्दुअधिराज्यको बिरुद्ध लागिपरेका छन् ? अमेरिकी न्यूज विकमा क्रिस्चियनमूलकी लीशा मिलरले मार्च १३ २०१० मा लेखेकी थिइन्– हामी सबै हिन्दु हौं । ऋग्वेद हिन्दुहरुको सबैभन्दा पुरानो ग्रन्थले भन्छ– सत्य एउटा छ । ॐ नैं एक सत्य हो । पुरातनवादी क्रिस्चियनहरु यस्तो कुरा बुझ्न र सुन्न चाहँदैनन ।
नेपालले प्राचीनकालदेखि नैं विश्वमा आफ्नो पहिचान दिएर उभिदै आएको राष्ट्र हो । नेपालको राष्ट्रिय झण्डा, हिन्दुअधिराज्य नेपालको पहिचान हो । नेपाल हिन्दु र बौद्धको आधिकारिक थलो हो । हिन्दुअधिराज्य भन्ने कुरा धर्मसँग मात्र संवन्धित नभएर यो नेपालको सुरक्षा अवधारणाभित्र पनि जोडिएको छ । नेपालको राष्ट्रियतालाई मज्बुतगर्दै आएका महत्वपूर्ण स्रोतमा हिन्दु तथा बौद्ध परम्परा नैं हो । धर्मनिरपेक्ष, गणतन्त्र र संघीयताको नारा माओवादी, कांग्रेस, एमाले र कुनै खाओवादीको एजेण्डा होइन । यो त भारत र अमेरिकी गुप्तचर संस्थाहरुको एजेण्डा हो । पैसा खाएर र पदको लागि नेपालमा पार्टीका दलाल नेताहरुले बोकेर हिडेका मात्र हुन् । तर ५, ७ जना देशद्रोही पार्टीका नेताहरुको कारणले नेपालमा क्रिस्चियनहरुको दाईं चलेको छ ।
२०६३ सालपछि नेपाललाई विदेशी भन्दा स्वदेशी किराहरुले खान लागेका छ । नेपाललाई चारवटा ठूल्ठूला रोगहरु– २०६२ मा १२ बुँदै सहमतिमा हस्ताक्षर गरेर नेपाललाई डुबाउन खोज्ने कम्युनिष्टहरु, करप्सन्, क्रिस्चियन र क्यान्सर यी ठूला रोग हुन् । यी ४ वटा रोगबाट नेपाल बाच्नको लागि यी रोगहरुलाई उन्मुलन गर्नै क्षमता हामी नेपालीहरुमा हुनपर्छ । यी रोगबाट हामी सुरक्षित हुन सकेनौं भने हामी र हाम्रो देशको अस्तित्व रहँदैन । नेपालको राष्ट्रियता, राजतन्त्र र प्रजातन्त्रको बीचमा सन्तुलन र समन्वयकासाथ सांस्कृतिक रुपले प्रवल हुनसकेमा युगयुगान्तरसम्म यसको अस्तित्व माथि कुनै खतरा आउँदैन ।
कांग्रेस, एमाले, माओवादीहरुले गलत बाटो समातेकाले नेपालको राष्ट्रियता र प्रजातन्त्र ओझेलमा परेकाछन् । भारतीय नेताले जे भन्यो त्यही कुराको पछि यहाँका नेताहरु लागे पछि यिनीहर कति देशद्रोही होलान् ? राष्ट्रका स्थापित मान्यताहरु धोस्त बनाउँदै आवश्कताभन्दा बढी स्वतन्त्रताको खोजीले गर्दा हामीले आफ्नो पहिचान नैं सिध्याउँदैछौं । आफूहरुका कारणले देशको यो हवीगत हुन पुगेको कुरा अलिकति पनि नेपालको पानी मरुवा नेताहरुले महसूस गरेका छैनन् ।
२०६३ सालको आन्दोलनले विभाजन र विखण्डनकारी कुराले विकरालरुप लिएको छ । यस्ता आपराधीक क्रियाकलापबाट संसारमा कुनै देशका नेताहरु सुरक्षित भएका छैनन् । जनताबाट मारिन्छन् । प्रजातन्त्रको मुखुण्डो लाउदैमा प्रजातन्त्रवादी हुन सक्तैन । प्रजातन्त्रमा त चरित्र हुन्छ, जिम्मेवारी हुन्छ, सहिष्णुताको सर्वोच्च स्थान हुन्छ । तर नेपालमा राजनीतिक दलका नेताहरुका भष्ट्र र गैरजिम्मेवार व्यवहारले देशको अवस्था अत्यन्त नाँजुक भएको छ । राजनीतिक दलभित्र नेतृत्व गर्ने व्यक्ति खराव भएपछि सबै त्यस्तै हुँदोरहेछन् । आलुको थुप्रोमा कुहिएको आलु पर्न गयो भने सबै आलु कुहिन जान्छ भनेको जस्तो हाम्रो देशको राजनीतिक व्यवस्था भित्र पनि त्यस्तै भइरहेकोछ । राष्ट्रको लागि यो अतिनै दु:खलाग्दो कुरा हो ।
नेपालको सार्वभौंम स्वतन्त्रता एवं मौलिकताको कुरालाई बुझेर देशको जिम्मेवारी लिन खोज्ने यहाँका जानिवकारहरुले त्यसअनुसारको व्यवहार गर्न नसकेकाले गर्दा आज हामी नेपालीहरु साह्रै पीडित भएका छौं । नेपालमा अहिले आएर अनेकौं विचार, अन्यौल, निरर्थक वहशहरु र राजनीतिक वादविवादले गर्दा हामीहरुले हाम्रो अस्मिता खुस्किरहेकोनैं थाहा पाउन सकेका छैनौ । २०४६ सालको आन्दोलनबाट प्राप्त गरेको बहुदलीय व्यवस्थाकोनैं सत्तासीन कांग्रेस, एमाले, राप्रपा र सद्भावना पार्टीका गैरजिम्मेवारहरुबाट धज्जी उडाइयो । संसदीय प्रजातन्त्रलाई सुढृडिकरण गर्दै अगाडि बढनु पर्नेमा चरम कुशासनको कारणले माओवादी बिद्रोह जन्मियो । हाम्रो जस्तो समस्याग्रस्त सानो देशभित्र हत्या, लुट, आगजनी जस्तो आपराधिक क्रियाकलापले राष्ट्रको अधोगति भइरहेको अवस्थामा कांग्रेस, एमाले र माओवादीलाई भारतीय नेताहरुले बोकेर नेपालको अस्तित्व र पहिचान समाप्त गराउन अग्रसर गरायो । त्यही अराजक विचार अहिले स्थापित भएर नेपालमा अराजकत्ता संस्थागत हुनपुगेको छ । यसमा १७ औं हजार नेपाली नागरिकहरुको प्रयोजनहीन हत्या, हजारौंको अङ्गभङ्ग, अरबौं सम्पत्तिको क्षति पुर्याएका माओवादीहरुले जवाफ दिनु पर्छ ।
२०५९ पछि राजाबाट शासनभार ग्रहण गरिएको अवस्था केही समयको लागि मात्र थियो । तर विदेशीको इशारामा नेपालका पदलुप्त, लोभी दलका नेताहरुले बिदेशीको शरणमा पुगेर तक्षशीलाका राजा आम्दीले बीनासर्त सिकेन्दरलाई सत्ता बुझाएको जस्तो गरेर भारतको शरणमा पुगेकाले त्यसको परिणाम सारा नेपालीहरुले भोग्दैछौं । वहुदलीय व्यवस्थानैं चल्न नसक्ने होइन यो देशमा । काम चाहीं नगर्ने मात्र खोचे थापेर विदेशीको चासोमा संविधान मात्र फेर्दैमा के देशले निकाश पाउँछ ? २०४७ सालको संविधानका के के त्रुटी थिए र संविधानसभाको यत्रो हाहाकार ? देशमा आगो लगाएर नयाँ नेपालको धमास दिनेहरुको प्वाँख उम्रिनलागेको कमिलाको जस्तो छ । देश डुब्न लाग्दा विदेशीहरुले के के भन्लान् भन्ने कुरामा चासो राख्ने होइन । आफ्नो देशलाई कसरी बचाउने भन्ने कुरा हामी नेपालीहरुको अधिकार भित्रको कुरा हो । अवका दिनमा नेपालको राष्ट्रियता र प्रजातन्त्रलाई खतराबाट बचाउन राजा समेतको उपस्थितिमा सम्पूर्ण देशभक्त शक्ति एकभएर सशक्त हुन सक्नुपर्छ । यसो भएपछि सारा देशद्रोही अपराधी र विदेशीहरु सबै लखेटिन्छन् । अनि मात्र नेपाल सुन्दर शान्त, विशाल शाकार हुन्छ ।
माओवादीहरुले नेपालका हजारौं जनता, सैनिक र प्रहरीहरुको प्रयोजनहीन हत्या, अङ्गभङ्ग र बिस्थापित गराएर राष्ट्रका थुप्रै भौतिक पूर्वधारहरु ध्वस्त गरेर धर्मनिरपेक्ष, गणतन्त्र र संघीयताको आडमा राष्ट्रघात गर्न खोज्दैछन् ? राष्ट्रका मूल्य मान्यता र पहिचानहरु तोडेर कस्तो राष्ट्रियता हो माओवादीको ? वास्तवमा राष्ट्रियता भन्ने माओवादीको देखाउने दाँत मात्र हुन् । उनीहरुको असली रुप त विश्वको एकमात्र हिन्दुअधिराज्य समाप्त गरी यो क्षेत्रलाई इसाईकरण गर्न नेपाललाई टुक्रयाउनु नैं हो । यसरी नेपाललाई समाप्त गर्ने कुकर्ममा माओवादीहरु नलागुन् । यसरी यो पूण्यभूमिलाई डुबाउन खोजेर कोही पनि बाँच्न सक्तैन ।
हिन्दुधर्मको दाँजोमा संसारका कुनै पनि धर्म उदार र सहिष्णु छैनन् भने नेपालले चाहीं आफ्नो पहिचान गुमाउँदै धर्मनिरपेक्षता र जातीय आधारको संघीयताको बाटो अपनाउनु पर्ने यो कस्तो राजनीति हो माओवादीको ? युगयुगदेखिका स्थापित मान्यताहरु तोडेर नेपाल टिक्न सक्तैन भन्ने कुरा माओवादीहरुमा किन बुझ्दैनन् ? विदेशी हस्तक्षपबाट मुक्त भएर सम्पूर्ण नेपाली जातिहरुलाई एकताको सुत्रमा आवद्ध गराएर राष्ट्रनिर्माणमा सहभागी गराउने कुरामा माओवादीहरु किन अगाडि नआएर कृत्रिम कुरामा जनतालाई भाँडिरहेका छन् ? अव माओवादीहरु आफ्नो कुरामा सचेत र रचनात्मक हुन सकेनन् भने उनीहरु हरक्षेत्रबाट घृणाका पात्र बन्नेछन् ।
नेपालको विशेषता हो कि यो देश र जनताको संरक्षण र अभिभावकीय शक्तिको रुपमा राजसंस्थालाई एक अपरिहार्य खम्बाको रुपमा लिइन्छ । हामी कोही पनि अधिनायकवादी राजसंस्था चहादैनौं । राजा र जनताको समष्टिगत एकता नैं नेपालको विशेषता हो । तर गणतन्त्र र धर्मनिरपेक्षको समर्थन गरेर देशभित्र आतंक निम्त्याउने काम नगरौं । राष्ट्रियता भन्ने कुरा ओरालो लाग्न थाल्यो भने सम्हाल्न नैं गाह्रो हुन्छ । किनकि भाँडन र भत्काउन सजिलो हुन्छ, बनाउन सजिलो हुँदैन । हाम्रा मान्यताहरु सिद्धिएपछि नेपालीको अस्तित्व पनि सिद्धिनेछ । दुई ठूला राष्ट्रहरुको च्यापोमा परेको यो सानो देशमा नेपालीहरुलाई राष्ट्रियताको डोरीले कस्न सक्ने आधिकारिक स्रोत नैं राजसंस्था हो । त्यसलाई विस्थापित गरेर हामी टिक्न सक्तैनौं ।
वास्तवमा नेपालको राजसंस्था भारत होस् वा चीनको एक मित्र शक्ति हो जस्ले फ्रि तिब्बतमा नियन्त्रण गर्छ र भारतमा पनि आतंकवादको बिरुद्ध पर्खालको काम गर्छ । नेपालमा २०४७ सालको संविधानले काम गर्दागर्दै किन भारतको इशारामा संविधानसभाबाट संविधान बनाउने अनर्गल कुरामा लागियो । संविधानसभा भनेको संविधान बनाउन ल्याइएको होइन । यहीका नेताहरुलाई हातमा लिएर यिनीहरु मार्फत नैं नेपाललाई तहस–नहस गरेर कब्जा गर्ने भारतको रणनिती हो । त्यसैले संविधानसभाबाट संविधान बन्छ भन्ने हावामा नलागौं ।
संविधानसभाबाट संविधान बन्दैन । अतः नेपाल र यसक्षेत्रको नैं शान्ति–सुव्यवस्था कायम गर्न हामी र राजनीतिक दलभित्र र बाहिरका सम्पूर्ण राष्ट्रवादीहरु लगायत सेना, प्रहरी, अदालत लगायत राज्यका विभिन्न अंगहरु सशक्त बनेर २०४७ सालको संविधान कार्यान्वयन् गरेर राजाको उपस्थितिमा विवादरहित राजनीतिक व्यक्तिको नेतृत्वमा सर्वपक्षीय मंत्रिपरिषदको गठन गरेर सबैको सहमतिमा राष्ट्र बचाउने बाटो खोजियोस् ।




