दलहरुलाई नदुखेको ताप्लेजुङ

  • मिङमा शेर्पा

mingma-sherpaताप्लेजुंगको त्यो दुखद घटना हिजो मात्र भएको होइन । बिगतमा पनि २, ३ पटक यस्तै बिशाल आगलागी भएर बिरेन्द्र चोक लगायातका स्थानहरु पुरै ध्वस्त बनेका थिए । त्यतिबेला पनि आगो निभाउन नसक्नुको प्रमुख समस्याको रुपमा त्यहाँ दमकलको अभाब थियो । आगो सल्केको सल्क्यै गरिरहेको थियो । स्थानीय जनता, प्रहरी,नेपाली सेनाहरु दमकलको आसा गर्ने गर्दथे । तर त्यहाँ नजिक कहिँ दमकल नभई सकेपछि सोच्नु सिवाय अरु केहि गर्न सकिन्न थियो । अनि आगोले झन् झन् उग्र रुप लिदै जान्थ्यो । अनि सबै जना रुँदै ,चिच्याउँदै त्यहि माथि भएको पाथिभरा देबीको प्राथना गर्दै बस्नु सिबाय अरु केहि सिप लाग्दैनथ्यो । यसरि बिगतमा पनि त्यस्ता दुखद अनि अप्रिय घटना घटक थिए । त्यति भैसकेपछि त त्यहाँका राजनैतिक दलका नेता, स्थानीय बुद्दिजिबि, जनताहरु अनि स्थानीय प्रसासनलाइ काउकुति लाग्नु पर्ने हो । ताप्लेजुंगमा पनि एउटा बारुण यन्त्र आवस्यक छ भनेर दिमाखमा उब्जनु पर्ने हो ।

तर त्यो दुखद घटना पुराना हुदै जाने क्रम संगै उनीहरुले भबिस्यमा आइपर्ने त्यस्ता बिपत्ति र समस्याको बारेमा अलिकति पनि सोच्नै सकेनन । उनीहरु त विभिन्न गुट उपगुट र झुण्डहरुमा समाहित भएर त्यहि झुण्डहरुको स्वार्थका निम्ति आफैभित्र जुङ्गाको लडाई मात्र लडिरहे । हुनसक्छ,  त्यस क्रममा कसैले ठुलै भाग प्राप्त गर्न सफल बने । तर ९९ प्रतिशत उही माछा माछा भ्यागुत्ता झैँ भए । समाजका अगुवाहरु त्यसरी नै कलह झगडा मै दिन रात, हप्ता, महिना बर्सौ वर्ष पार गर्दै आए । आखिर ति सबै केका लागि थियो त ? आखिर त्यत्रो समय त त्यसै खेर फाल्यौ नि होइन र ?

 

यदि त्यतिका धेरै समय हाम्रो ताप्लेजुंगको आर्थिक, भौतिक, सामाजिक, शैक्षिक बिकाशको निम्ति लगानी गरेको भए हामीले कमसेकम प्रगतिको धेरै खुड्किलो पार गर्ने थियौ नि होइन र ? कमसेकम हामीले थोरै मात्र ताप्लेजुंगको लागि आइपर्ने बिपत्ति र समस्याको बारेमा सोचेको भए हिजोको जस्तो बिपत्ति आउँदा त्यतिका धेरै क्षति त पुग्दैन थियो होला ।  कमि कमजोरी हामीले नै गरिराखेका छौ । त्यसबाट पाठ सिक्दै अब भबिस्यमा आइपर्ने त्यस्तो विपत्तिलाई न्यूनीकरण गर्ने बैकल्पिक उपायको बारेमा सोच्नु नितान्त आवश्यक छ ।  ताप्लेजुङ्गको बिकाशलाई सहि मार्गमा अघि बढाउन एउटा राम्रो योजनाको तर्जुमा गर्नु अति जरुरि देखिएको छ । यस संग संगै यस दुखद घडीमा पिडित परिवारहरुमा राज्यबाट उचित क्षति पूर्ति प्रदान गर्नका निम्ति पनि सरकार समक्ष हामी ताप्लेजुंगबासीले जोडदार माग गरौ । दुखेको घाउहरुमा मलम पट्टि गर्ने हेतुले हामी सबैले ति पिडित दुखि मनहरुलाई सहयोगको हातहरु फैलाउँ ।

तपाइँको प्रतिक्रिया