जय नेपाल शब्दको किन दुरुपयोग ?

  • पूर्ण बहादुर विश्वकर्मा / नेदरल्याण्ड

purna-bkचितवनमा आयोजित एक कार्यक्रममा बर्तमान प्रधानमन्त्रि अर्थात नेपाली काँग्रेसका सभापति शुशिल कोइरालाले एनेकपा माओबादीका अध्यक्ष, प्रमुख प्रतिपक्षि दलका नेता अर्थात पूर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सँग “जय नेपाल” भनौं की नभनौं भनेर अनुमति मागे । प्रचण्डले अनुमति दिए पछि बल्ल तिन पटकसम्म “जय नेपाल,जय नेपाल, जय नेपाल” भने । यो सुन्दा केहि कुरा बोल्न मन लाग्यो । अहिले प्राय नेपाली काँग्रेसमा आबद्ध नेता कार्यकर्ता र नेपाल प्रहरीको पेवा जस्तै मानिने यो “जय नेपाल” शब्दको उत्पत्ति हुँदा नेपाली काँग्रेस र कम्युनिष्ट नेपालमा जन्मे कै थिएनन् । “जय नेपाल” शब्द कांग्रेस कम्युनिष्ट दुबैको पेवा होइन । यो समग्र नेपालीको साझा सम्मानित अभिबादन हो ।  

बिक्रम सम्बत १९९७ सालका महान शहिद भन्दा पनि जेठो छ यो “जय नेपाल” भन्ने शब्द । हामी नेपालीहरुको बानी सारमा भन्दा पनि रुपमा लडाई गर्ने ।  अर्थात शब्दको भाव र त्यसको अर्थ त्यसले पार्ने असरमा भन्दापनि पहिले शब्दमा नै लडाई लड्ने ।  “जय नेपाल” शब्दको पहिलो प्रयोग गर्ने व्यती बिक्रम सम्बत १९९७ का महान सहिद शुक्रराज शास्त्री जोशीका बाबु माधब राज जोशी हुन् । उनि त्यत्ति बेलानै अहिलेका कम्युनिष्ट भन्दा पनि उदार र क्रान्तिकारी विचारका थिए । उनले सुर्यलाई एक सिक्का र पशुपतिलाई एक ढुंगाको रुपमा चित्रित गरेकै कारण उनलाई तत्कालिन राजगुरु अर्थात बडागुरु प्रयागराज पाण्डेले त्रिशुलले घोचेर रगताम्य बनाए । उनलाई शख्त घाइते बनाई सजाए स्वरूप दैनिक पशुपतिमा दर्शन गर्न जानुपर्ने नियम लगाइयो । ति महान विचारका बाबु माधब राज जोशीको प्रभावले उनका छोरा शुक्रराज शास्त्री जोशी तत्कालिन प्रजापरिषदका एक  सदस्य बनि अन्धकार र गरिबीको चपेटामा जकडिएको समाज र तानाशाही जाहानियाँ राणा शासनको बिरुद्धमा मात्र लागेनन देश र जनताको लागि आफ्नो प्राण नै आहुति दिए ।

अहिले महान शहिद र सम्मानित शब्दलाई समेत तेरो र मेरो भनि भाग-बण्डा गर्नु, यो तेरो पेवा, यो मेरो पेवा भनेर महान शहिद र साझा  अभिबादन “जय नेपाल” जस्तो सम्मानित शब्दलाई खण्डित गर्नु खोज्नु, साँघुरो र संकिर्ण दृष्टिले हेर्नु, बास्तबिकतालाई बुझ्न नसक्नु हो । यो अहिले देशको अर्को समस्या हो । नेपाली कांग्रेसको जन्म बिक्रम सम्बत २००६ सालमा भएको हो ।  बिक्रम सम्बत २००३ सालमा जन्मेको नेपाली प्रजातान्त्रिक काँग्रेस र बिक्रम सम्बत २००४ सालमा जन्मेको नेपाली राष्ट्रिय काँग्रेसको एकीकरण पछि बिक्रम सम्बत २००६ सालमा स्थापना भएको नेपाली काँग्रेस र नेपाली कम्युनिष्ट पार्टी भन्दा धेरै जेठो “जय नेपाल” अभिवादनलाई कसैले मेरो र तेरो भनेर भागबण्डा गर्न खोज्छ भने त्यो भन्दा मूर्ख्याइँ अरु केहि हुन सक्दैन ।

हरेक पार्टीका नेताले आफ्नो कार्यकर्तालाई सहि र बास्तबिक शिक्षा र राजनीतिक प्रशिक्षण दिन नसक्नुको परिणाम अहिले देश र जनताले यो नियति भोग्नु परिरहेको छ । त्यसैको परिणाम स्वरूप अहिले बिबेकको राजनीतिले भन्दा दम्भको राजनीतिले राज गरिरहेको छ । यसो हुनुमा नेपालमा अस्तित्वमा रहेका सबै दलको धेरै थोरै जिम्मेवारी छ । बेलैमा सुधार्न नसके कार्यकार्ता बिबेकशील होइन डन, गुण्डा, लाठे, भाटे बन्ने कुरा निश्चित छ । सबैलाई हेक्का रहोस् ।

तपाइँको प्रतिक्रिया