कट्टर हिन्दूको लोगो राख्ने सेना कसरी हुनसक्छ सबैको साझा ?

  • पूर्ण बहादुर विश्वकर्मा / नेदरल्याण्ड

nepal-army-logo

धर्म पनि एक प्रकारको राजनीति नै हो ।  जसरि राजनीतिमा जित्ने र हार्ने पक्ष हुन्छन त्यसै गरि धर्ममा बिजय हुने शक्ति भगवान कहलिन्छ भने हार्ने शक्ति राक्षस । आफ्नो शत्रुलाई परास्त गर्न साम, दाम, दण्ड, भेद सबै अस्त्र प्रयोग गरिन्छ । शिवजीको हतियार त्रिशुल । प्रायजसो हिन्दुको अचुक अस्त्रको रूपमा लिइन्छ । कुनैपनि राज्य सत्ता टिकाउनको लागि सैन्य शक्ति नै प्रमुख मानिन्छ । नेपालको सन्दर्भमा बहिर जे भनिए पनि सर्व साधारणले समेत बुझ्न सक्ने कुरा के हो भने अहिलेको नेपाली सेना राजा पृथ्वीनारायण शाहको पाला देखि अस्तित्वमा छ ।

नेपाललाई असली हहिन्दूस्तान बनाउने पनि राजा राजा पृथ्वी नारायण शाहनै हुन् । पृथ्वी नारायाण शाहले नेपाली भुमिलाई मात्र एकीकरण गरेका थिएनन कि उनले नेपालमा रहेका बिबिध जाति अन्तर्गतका बिबिध, धर्म, भाषा, संस्कृति, रहन सहनलाई समेत जबर्जस्ति हिन्दुकरण गरेर असली हिन्दुस्तान बनाएका थिए । असली हिन्दुस्तान बनाउने क्रममा कसैको नाक कान काटेका थिए भने कसैको जात काधिएको थियो ।  कसैलाई मृत्यूदण्ड दिएको थियो भने कसैलाई देस निकाला गरिएको थियो । अहिलेको हिन्दु धर्मको रक्षा गर्ने ठेक्का लिएको हिन्दुका सेना शिव सेनाको होस् चाहे नेपाली सेनाको नै किन नहोस ति दुवै सेनाले आफ्नो प्रतिक चिन्हमा त्रिशुल नै राखेका छन्  ।

बास्तवमा भन्नुपर्दा मैले कुनै पनि धर्मको कडा रूपमा बिरोध पनि गर्दिन । कुनैपनि धर्मको अन्धभक्त पनि होइन  । तर धर्मभित्र रहेका गलत कुराको खुलेर बिरोध गर्छु  । जस्तै हिन्दु धर्मले ब्याख्या गरेको पृथ्वीको उत्पत्ति, मानवको उत्पत्ति, स्वर्ग-नर्कको बयान, मानव-मानव बीच उच-निच, ब्राह्मण, क्षेत्रिय,बै स्य, शुद्र, जातिय विभेद, छुवाछुत लगाएतका पाखण्डीपनको बिरोध नै गर्छु  ।

नेपाली सेनामा गाजिरे मेरो एक जना भाईले त नेपाली सेनामा गरिने जातिय भेदभाव खप्न नसकेर जागिर नै छोडेको घटना मेरो मानसपटलमा अहिले पनि ताजा नै छ  । नेपाली सेनाको हरेक टुकडिमा हिन्दुको मन्दिर हुन्छ  । तर त्यो मन्दिरमा अहिलेसम्म दलित पुजारी बसेको मैले जानकारी पाएको छैन । नेपाली सेना भित्रको भारष्टचार र नाताबाद, कृपाबाद, फरियाबाद त बयान गरि साध्यनै छैन । किनकि सेनाको संरचना अहिलेपनि राणा र शाह पंचायतको पुरानो सामन्ती चिन्तनबाटमाथि उठ्न सकेको छैन ।

नेपाली सेनामा भर्ना हुनको लागि आरक्षित कोटामा पनि पहुचवाला दलित बाहेक सर्बसाधारण र सामान्य दलितको भर्ना ‘आकासको फल आँखा तरि मर’ जस्तै हुन्छ । खुला कोटामा प्रतिस्पर्धा गर्ने कुरा त फलामको चिउरा चपाउनु सरह नै हो ।

गत साल बाग्लुङ्गमा नेपाली सेनाको भर्ना खुल्यो । मेरो छोरा लगायत गाउँका केहि युवाहरु नेपाली सेनामा भर्ना हुन गएको अवसरमा म पनि गएको थिएँ । सेनाभित्र भर्नामा निस्पक्षता हुन्छ भन्ने कुरा पनि यहि आँखाले देख्यो । भोग्यो पनि । म बाहिर बसेर हेरिरहेको थिएँ । मेरो छोरा निश्चित अबधि भित्र दौडेर आउँदापनि तिम्रो सकियो भनेर भित्र पस्न दिएन । मेरो छोरा भन्दा पछि आउने केहि युवाहरुलाई फेरी भित्र पस्न दिईयो । सेनाको लिखित परिक्षामा सामेल हुन दौडाइमा आउनु पर्छ । तर दौडाईमा फेल हुने मध्यमा केहि युवा भोलिपल्ट लिखित परिक्षामा सामेल भएका र के कसरि सामेल हुन दीयो भनेर सोध्दा ‘हाम्रो मान्छे भित्र छ । उ ठुलो पोस्टमा छ । त्यसैको भनसुनलेगर्दा परिक्षामा सामेल हुन पाइयो भनेको सुन्दा सेना भित्रको निस्पक्षता पनि छर्लंगै भयो । तत्कालै एक जना महिला शान्तिकुमारी बिश्वकर्माको त सेना भित्र भएको पक्षपात र भाई बन्धु गरेको बारेमा पत्रिकामा उनको भनाइ सहितको समाचार पनि बाहिर आएको थियो ।

हिन्दु धर्मको भरोसामा बाँचेका नेपाली सेनाको पनि के को दोष र ? हिन्दु धर्म भनकै छल-छाम र तिकडमबाट उत्पत्ति भएको र चलेको धर्म न हो । नेपाली सेनाको आनी बानि र ब्यबहार पनि नजिकबाट सात्क्षात्कार गर्ने मौका मिल्यो । मेरो आडैमा दुई जना नेपाली सेनाका जवानहरुले सुर्ती खाने सवालमा एक जनाले सुर्ती माग्दै थियो । अर्कोले भन्यो ‘कि साले दमै कामीले जस्तो मग्छस ।’ मलाई लाग्यो, अहिलेपनि नेपाली सेना भित्र रहने हरेक व्यक्तिले आफ्नो दिमागमा जातिय विभेदको कुटुरो बोकेरै बसिरहेका छन् । खुलेआम सार्बजनिक स्थलमा त्यसरी निच भन्दा निच स्तरको अभिव्यक्ति दिने नेपाली सेनाको दिमागमा यो पनि रहेनछ कि नेपाली सेना सबैको साझा हो ।

नेपाली सेनाको बर्तमान संरचना भनेको पहाडिया हिन्दु सामन्ती उच्च खस जातिय ब्राह्मणबादी चिन्तनले ग्रसित मानिसहरुको झुण्ड हो । जहाँ सुबिचारले होइन कुविचारले ग्रसित मानिसहरुले मात्र कब्जा जमाई रहेकाछन् ।

राज्यको प्रमुख अंगको रूपमा रहने सेना जहिलेसम्म । एक धर्म, एक मात्र जातिको साँघुरो सोच र चिन्तनबाट बाहिर आउन त्यो बेलासममा सबैको साझा सेना बन्न सक्दैन । नेपाली  सेनाको आफ्नो लोगोमा हिन्दुको अस्त्र त्रिशुल हटाउन नसक्ने र हिन्दुको पर्व शिवारात्रिलाई आफ्नो दिवसको रूपमा मनाउने सेना कसरि समग्र नेपालीको हुन सक्छ ? राष्ट्र धर्म निरपेक्ष भैसक्दा पनि राज्यको प्रमुख शक्ति नेपाली सेना राज्यको सुरक्षा भन्दापनि हिन्दु धर्मको बचाउ अभियानमा लागेकोले नेपाली सेनालाईपनि पुनसंरचनामा लैजानु आवस्यक छ । धर्म भनेको नितान्त व्यक्तिगत मामिला हो । आजकै दिनदेखि राज्यको ध्यान जाओस कि नेपाली सेनाले खाने गरेको तलव भता, रासन पानिमा केवल सामन्ती ब्राह्मणबादी चिन्तन बोकेका पाखण्डीहरुको मात्र लगानी छैन ।

नेपाली सेनाको रसद पानी समग्र नेपालीहरु सबै, जात, जाति भाषा, धर्म, वर्ण, लिङ्गका मानिसहरुको खुन र पसिनाको लगानी छ । नेपाली सेनामा सम्पूर्ण नेपालीहरुको लगानी छ भने सम्पूर्ण नेपालीको साझा हो भन्ने संदेश दिन सकोस । नेपालको कुनै न कुनै रूपमा परिबर्तानकारी इतिहास बोकेको एतिहासिक दिन चाहे त्यो नालापानिको लादेको दिन होस् वा फागुन १ गते जनयुद्ध दिबस होस । वा फागुन ७ गते प्राजातान्त्र दिवस किन नहोस् । यस्तै यस्तै समग्र नेपालीको साझा दिन पारेर सेना दिवस मनाउने नयाँ सोच र बिचार आओस । राज्य संचालकहरुको पनि यस तर्फ ध्यान जाओस । यहि कामना !

तपाइँको प्रतिक्रिया