कुर्सी फोडाफोडमा तिस दलभित्रै चलखेल

MG_0201

हिजो राती संविधान सभा हलमा कुर्सी हानाहान । माइक भाँचाभाँच । भागभाग । ज्यानै जोगाउन गाह्रो भो कतिलाई । कति घाईते भए । संविधान सभाको तेस्रो ठूलो दल माओवादी । पहिलो संविधान सभामा जनताले पहिलो पार्टी बनाइदिएका । दोस्रो संविधान सभामा तेस्रो हुन पुग्यो । त्यसको चोट पक्कै हुँदो हो । उसले आफूलाई फेरि पुरानो मत, गुमेको शक्ति र जनमतको विश्वास कसरी जित्ने भनेर लाग्नुपर्ने हो । तर संविधान सभामै मारमुंग्रीमा उत्रिएर किन बदनाम हुने बाटो लियो । त्यसको पछाडि माओवादी नेत्रित्वको तिस दलिय मोर्चाकै हात र उक्साइ पो रहेछ । किन होला उक्साएको ? के स्वार्थले ?

संविधान त बन्छ बन्छ । एमाले र नेपाली कांग्रेसले दुई तिहाईबाट संविधान बनाए द्वन्द हुन्छ भनेपनि नैतीक रुपमा लामो आन्दोलन् गर्न ३० दलिय मोर्चालाई गाह्रो छ । संसदिय परम्पराको मान्यता अनुसार । ढिलो चाँडो चुनावमा जानै पर्छ । त्यो चुनावमा प्रतिस्पर्धा कोसित हुन्छ त ? माओवादीको एमाले र नेपाली कांग्रेस । पहिचानको भोट भने आफ्नै नेत्रित्वमा रहेको ३० दलिय मोर्चाकै चुनावी क्षेत्रबाट तान्नु पर्छ ।

बाँकी माओवादीले पहिचानको मुद्दा लिएर आन्दोलनमा सहकार्य गरेका दलहरू संघिय समाजवादी पार्टी, मधेशी अनेक दल र लिम्बूवान पार्टी नेपाल बिच अर्को टक्कर पर्छ । किनभने यी सबैको नारा फेरिपनि पहिचानसहितको संघिय नेपाल हो । संघिय समाजवादी पार्टी, मधेशी दल र लिम्बूवान पार्टी नेपालले कांग्रेस र एमालेसित एक त प्रतिस्पर्धानै गर्न सक्दैनन् ।  बिचमा कुनै कारणबस कुनै दल नाटकिय रुपमा देखिए मात्रै हो, नत्र आगामी चुनावमा मुख्य टक्कर पर्नेपनि यिनै ३० दलिय मोर्चाका बिचमा हो,माओवादीको नेपाली कांग्रेस र एमालेसित बाहेक । यी ३० दलबिच लिम्बूवान पार्टे नेपालको भने प्रतिस्पर्धा हुने देखिन्न । लिम्बूवान पार्टीको राजनीति क्षेत्रिय हो । अर्थात् लिम्बूवान राज्यको । उनीहरू अन्य दलभन्दा (पहिचानको आन्दोलनमा लागेका मध्ये) बढी भद्र, स्पष्ठ र हालसम्म सैयमितपनि छन् । प्रस्टपनि छन् । मधेशी दलहरूले झैं पहाडे खेद भन्दै जात्रिय सद्भाव र द्वन्द निम्तिन दिएको देखिएकोपनि छैन । यिनीहरू अहिले सम्म लिम्बुवानमा बलियापनि छन् । त्यसैले लिम्बूवान पार्टी नेपालसित खासै प्रतिस्पर्धा यी ३० दलिय मोर्चाका कसैसितपनि नहोला ।

बाँकी दल मध्येपनि अली ठूलाको ध्याउन्न र स्वार्थ माओवादीभन्दा अगाडी बढ्ने । नेपाल परिवार दल, नेपाल जनता दल जस्ता संसदमा एक जना मात्रै प्रतिनिधि हुनेको दाउ तिन चार प्रतिनिधि हुने फोरमा नेपाल, सद्भावना पार्टी, तमलोपा जस्ता ६, ७ सिटहुनेसित हुन्छ । सात आठ सिट हुनेको दाउ भनेको माओवादीलाई कसरी खसाउने र पहिचानको मुद्द्दा आफूले बलियोसित समातेर माओवादी भन्दा माथी उक्लिने ।

गए रातीको कुर्सी हानाहानमै यो निति, अक्किल र स्वार्थले काम गरेछ । मधेशी दलपनि निस्किए हानाहानमा निस्किन त । ३० दलिय मोर्चाका अरुपनि देखिए । उपेन्द्र यादव लगायत तमलोपा, सद्भावनाका नेताहरू पछि पछि लाग्ने । तर माओवादी सभासदहरूलाई चाहिँ ‘कहाँ छोड्नुहुन्छ’ भन्दै उक्साउने गरेका रहेछन् । माओवादी सभासद, नेताहरूलाई अगाडी लगाउने र साफूहरू प्राय पछाडी बस्ने गर्दा रहेछन् । तराईमै जन्मे हुर्केका, माओवादीका तर्फबाट मधेशमा संगठन बनाउन बसेका माओवादीका सचेतक गिरिराज मणी पौडेलले यहि सत्यता बुझेर माओवादी सभासदहरूलाई रोक्न, उत्तेजित नबन्न हात हल्लाउँदै छेक्ने प्रयास गरेका रहेछन् । तर उक्सेका नेताले उनको भावना बुझेनछन् । त्यहाँ पोख्रेलले चर्केर भनिहाल्नपनि मिलेन । ति हौसिँदै कुर्सी हान्न पुगे । गत संविधान सभाको निर्वाचनमा भाग नलिएकाले लिम्बूवान पार्टी नेपाल र सडक आन्दोलनमा हातेमालो गरेको बैध्य माओवादीका एक जनापनि प्रतिनिधि नभएकाले यसैपनि बचे ।

स्रोतका अनुसार अब मधेशी दलहरूले हामीलाई माओवादीले प्रयोग गर्यो । माओवादीलेनै कुर्सी हानाहानको नेत्रित्व गरेको हो । ‘देख्नु भएन अगाडी को थियो ?’ भन्दै संविधान सभा भित्रको कुर्सी हानाहानको दोष माओवादीमाथिनै थोपर्ने संभावना छ । अहिले भैरहेको सडक आन्दोलनमापनि ३० दलिय मोर्चा भित्र यहि योजनाले भित्र भित्रै काम गरिरहेको छ । राजेन्द्र  महतो, विजय गच्छदार लगायतका मधेशी दलका नेताहरूको राजादेखि कांग्रेससम्मलाई प्रयोग गर्ने र स्वार्थ सकिएपछी लात्त हान्ने, सत्ताका लागि मरिमेट्ने, सत्ता र चुनावका लागि जेपनि अपनाउने, जस्तो नितिपनि लिने बिगतको अनुभवलेपनि त्यसो गरेका नहोलान् भन्न सकिन्न ।

तपाइँको प्रतिक्रिया