हस्ताक्षर खेतिको तानातानमा जनजाति

janjati-signature

यतिखेर आदिवासी जनजातिका सभासदहरू तानातानमा परेका छन् । नेपाली कांग्रेस र एमाले मिलेपछि संविधान सभामा दुई तिहाइ पुग्छ । तर यदि ती दुबै दलका जनजाति सभासदले  पार्टी निर्देशन अनुसार मत दिएमा । तर एमाले र नेपाली कांग्रेसमा रहेका करिब ६० जना सभासदले जनजातिका मुद्दामा नेपाली कांग्रेस र एमालेले कडा निति लिए, पहिचानको मुद्दालाई संविधान नसमेटी मत नदिने बताएपछि कंग्रेस र एमाले झस्किए । एकिक्रित नेकपा माओवादीसहितको पहिचानको मुद्दा लिएर आन्दोलनरत दलहरू हौसिए । एमाले र नेपाली कांग्रेसमा रहेका करिब ६० जना जनजातिका सभासदले कांग्रेस एमालेको संविधान निर्मण मतदानमा मत नदिने बताएपछि अहिले जनजातिका सभासदहरू तानातानमा परेका छन् । दुबै पक्षले हस्ताक्षर लिने होडबाजी चलेको छ । सबै दलका जनजातिका मानिसहरूले सामूहिक छलफलमा हस्ताक्षर गर्ने । यता हस्ताक्षर दुरुपयोग गरेको आरोपसहितको बिज्ञप्तीमा भने ३४ जानाले मात्रै हस्ताक्षर गर्ने किन ? शंका अझै बाँकी छ । बाँकी २६ जना कता गए ? किन बिरोध गरेनन् ?

आदिवासी जनजाति महासंघले जनजातिको एजेण्डामाथी छलफल गर्न माघ ३ र ४ गते सबै दलमा रहेका जनजातिको संयुक्त बैठक गरेका थिए । आमन्त्रितहरूको हस्ताक्षर गरिएको थियो । त्यहि हस्ताक्षरलाई देखाउँदै एमाओवादी लगायतको मोर्चाले ‘ल एमालेमै रहेका ६० जना जनजातीले भोट दिन्नन् एमाले कांग्रेसलाई’ भनेर खुब प्रचार गरियो । हस्ताक्षर लिएर प्रचन्ड हिँडेका थिए । छलफलमा गरिएको हस्ताक्षरलाई अब जनजाति आन्दोलनले उठाएका मुद्दामा सहमत भएको भन्दै देखाइयो । त्यो सार्वजनिक भएको केही समय ‘त ल अब एमाले कांग्रेसले दुई तिहाईको दम्भ देखाएर संविधान बनाउन सक्दैनन् । अब झुक्छन’ भनेर खुब प्रचारपनि गरियो । तर लगत्तै अर्को बिज्ञप्ती आयो । एमाले र नेपाली कांग्रेसमा रहेका ३४ जनाको । उनीहरूले जनजातिको छलफलमा भएको आमन्त्रितहरूको बिज्ञप्तीलाईनै प्रचन्डले दुरुपयोग गरेको भन्दै । चौंतिस जनाले सामूहिक हस्ताक्षरनै गरेर आफ्नो हस्ताक्षर दुरुपयोग गरेको आरोप प्रचन्डलाई लगाएका छन् । फेरि प्रचन्ड नेत्रित्वको जनजातिहरूको आन्दोलनका पक्षधर हिस्स भए ।

एक्रिक्रित नेकपा माओवादीका नेताहरूले संविधान सभामै नेपाली कांग्रेस र एमालेको दुई तिहाइ नपुग्ने ठोकुवा गरेकालेपनि भित्र भित्रै जनजातिहरू तानातानमा पारेको बुझ्न सकिन्छ । उता नेकपा एमालेमापनि हस्ताक्षरको त्रास यथावत छ । नत्र एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘एमालेका सभासदहरू एमालेको निति र पार्टीबाट सभासद भएकाले कसैलाई एमालेको निति बिरुद्द जाने अधिकार नभएको भन्दै कडा शब्दमा बिरोध गरेकालेपनि जनजातिका सभासदहरू तानातानमै छन् भन्ने बुझ्न अप्ठेरो छैन् । एमाले र नेपाली कांग्रेस किन त्रासमा छन् भने यदि अअफ्नो दलभित्रका जनजातिले लत्तु छोडिदिए दुई तिहाइ पुग्दैन । त्यसो भएमा आफूले चाहेको जस्तो संविधान बन्दैन । त्यसैले उनीहरू आफ्ना सभासदहरूलाई जसरिपनि भड्किन नदिने पक्षमा छन् । त्यहि प्रयासमा छन् ।

तर उता प्रचन्ड नेत्रित्वको मोर्चा र जनजाति मोर्चापनि संविधान सभामै कांग्रेस एमालेको मतदान रोक्न चाहन्छन । त्यो भनेको जनजातिका सभासदहरूलाई मतदान गर्नबाट रोकिदिने । त्यसैकालागि उनीहरू सकेसम्मका उपायहरू अवलम्बन गरिरहेका छन् । यदि त्यसरी रोक्न सकियो भने संवैधानिक रुपमै जित हुन्छ । आन्दोलन् गर्नुनै परेन । एमाले कांग्रेसलाई हराउन, झुकाउन सकिन्छ । जनजाति आन्दोलनकर्मी र प्रचन्ड पक्षिय मोर्चा दुबैका लागि हारजितमा मुख्य भूमिका संविधान सभामा रहेका जनजातीहरूको रहेको छ । त्यसैले ती चौतर्फी तानातानमा परेका छन् । अबका केही दिनसममा तिमाथीको तानातान अझ बढ्ने छ । तिनको भूमिकाले कुनै पार्टी फुट्ने टुक्रिने, कारवाही भोग्ने, जनजाति आन्दोलनको दिशा र भूमिका के हुने भन्ने सम्मको प्रबहव देखिने छ ।

हामीलाई फेसबुक र ट्विटरमा पछ्याउनुस् 

https://www.facebook.com/nepalplus

https://twitter.com/nepalplus

फ्रान्सेली भाषा बोल्ने साथीहरु छन् भने फ्रान्सेली भाषाको लागि सिफारिस गर्नुस्

https://www.facebook.com/nepalplusenfr

https://twitter.com/nepalplus

तपाइँको प्रतिक्रिया