आतंककारी मारिएपछि काँठमा दंगा, अहिले के छ अवस्था ?

la-manifestation-interdite-samedi-a-paris-a-degenere-dans-des-affrontements-entre-casseurs-et-forces-de-l-ordre-photo-afp

हिजो पेरिसको पोख्त द भाँसँ र सेन ए मार्नको एक औध्योगिक भवनमा आतंककारीहरू मारिएपछि साँझ पेरिसबाट साँढे सत्र किमी पारको सार्सेल भन्ने ठाउँमा हिंशात्मक दंगा भड्कियो । पेरिस क्षेत्रका सार्वजनिक क्षेत्रमा सभा र जुलुस निकाल्न निशेष गरिएपछि सार्सेलमा दंगा भड्किएको थियो । खासगरी प्यालेस्टाइन समर्थकहरूले सार्सेलमा प्रदर्शन गर्न खोजेपछि प्रहरीले त्यसमा निशेध गरेको थियो । त्यसपछि ठूलो संख्यामा प्रदर्शनकारीहरू सडकमा भेला भएका थिए । प्यालेस्टेनियन समर्थकहरूले त्यसको बिरोध गर्दै नारा जुलुस गर्दा प्रहरी र हुलदंगाकारीबिच केहिबेर भिडन्त भयो । प्रदर्शनकारीहरूले प्रशासनको निर्देशनको अबज्ञा गरेपछि प्रहरीले त्यसको बिरोध गर्दा दोहोरो भिडन्त भएको हो ।

जँदार्म र अन्य गरि प्रहरी निकायका १७ जाना घाइते भए ।  ४४ जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको फ्रान्सेली मेडियाहरूले जनाएका छन् । यसलाई फ्रान्सेली मुख्य मेडियाले उति स्थान दिएनन् ।  प्रधानमन्त्री मानुएल भालले यस्ता घटनाको बिरोध गर्दै भनेका छन् ‘यस्ता घटना स्विकार्य छैनन् । यस्तो प्रयासले आतंककारीले गरेको दुस्साहस र अपराधिक कामको समर्थन् गरेको ठहरिन्छ ।’

सार्सेल क्षेत्रलाई कतिपयले ‘लिटल जेरुसलेम’ अर्थात् सानो जेरुसलेमपनि भन्ने गर्छन् । किनभने यो क्षेत्रमा जुइफ धर्म मान्नेहरूको बाक्लो बस्ति छ । प्यालेस्टाईन समर्थकहरूले प्रदर्शन गर्ने योजना बनाएपछि सोहि ठाउँमा ईजरायली समर्थकहरुलेपनि प्रदर्शन गर्ने योजना बनाएका थिए । एकै ठाउँमा दुई प्रतिपक्षी वा शत्रु मानिनेहरूको प्रदर्शन हुने देखिएपछि सुरक्षा निकायले अप्रिय भिडन्त हुनसक्ने थानेरपनि बढी सतर्कता अपनाएको थियो ।

France-Sarcelles-Riots-HP

त्यसपछि प्यालेस्टाइनी समर्थकहरू सडकमा उत्रेर प्रहरी निशेधको बिरोध गर्न थाले । त्यसपछि प्रदर्शनकारीहरू शहरको मुख्य भागतिर प्रबेश गरे । सडकमा राखिएका फोहोरका कन्टेनरहरू घोप्ट्याए । कागज र फोहोरमा आगो लगाए । भत्काए । भाँच्ने र त्यो प्रहरीतिर मिल्काउन थाले । प्रहरीले साम्य पार्न खोज्यो । तर प्रदर्शनकारीहरूले हात हातमा फलामका डण्डी र भेटिएका ढुंगा मुढाले सुरक्षा नियायलाई हिर्काउन थाले । टिलीफोन बुथ फोडे । उता ईजरायलका समर्थकहरुलेपनि हात हातमा फलामका रड बोकेर प्रहरीतिर सोझ्याए । इजरायली समर्थक प्रदर्शनकारी मध्ये एक युवाले काँधमा ईजरायलको ठूलो झण्डा बोकेको देखिएको थियो । शहर पस्ने मूल्य द्वारमा करिब ३० जना इजरायली समर्थकहरू हातमा रड र ढुंगा बोकेर आक्रामक नारा लगाउँदै उभिएका थिए । साँझमा तिनले सार्सेलमा रहेको एक औषधी पसल फोडेर लुटे । त्यहाँका केही सामान लागे । फार्मेसीका अन्य बाक्साहरू सडकमा मिल्काउने, फोर्ने र आगो झोसिदिने गरे । अहिले यो क्षेत्र प्रहरी सुरक्षामा छ ।

जुइफहरूले फ्रान्स छोड्ने

फ्रान्समा असुरक्षाको महसुस गर्दै जुइफ समूदायले फ्रान्स छोड्ने चर्चा चलेको छा । इल द फँस क्षेत्रका जुइफ समूदायका प्रतिनिधि फ्रँक सेर्लातीले आज फ्रान्सेली मेडियासित कुरा गर्दै त्यस्तो बताए । मुस्लीमा समूदायको अनुपातमा आफ्नो जुइफ समूदायको संख्या न्युन रहेको, आफूहरूले कहिल्यै हिंसा र दंगा नगरेको, फ्रान्सको भाषा, संस्क्रिती र समूदायसित घुलमेल भएर बसेको, सरकारी नियमलाई पूर्ण पालना गरेर बस्दापनि उचित सुरक्षा नभएको भन्दै जुइफहरूले अब फ्रान्स छोड्ने बताएका हुन् । उनीहरू फ्रान्स भन्दा क्यानडा, अमेरिका र इजरायमा सुरक्षा भएको बताउँदा ती मुलुक जाने बताए ।  फ्रान्सको कूल जनसंख्याको करिब दश प्रतिशत मुस्लिम समूदाय छ भने जुइफहरूको एक प्रतिशत मात्रै । जुइफहरुमाथि मुसलवानहरूले सधैं आक्रमण गर्दै आएकाले आफ्नो समूदायले फ्रान्समा असुरक्षित महसुस गरेकोपनि उनले बताए ।

फ्रान्सेली भावना

फ्रान्समा अहिले अधिकांश मानिसहरू त्रसित छन् । केटाकेटी शैक्षित क्षेत्रमा पठाउन डराएका छन् । रेस्टुरेन्टमा खानेको संख्या घटेको छ । सार्वजनिक स्थलमा मानिसहरूको संख्या न्युन छछा । दुई ठाउँका आतंककारीहरू मारिएपछी अन्यत्रपनी हमला हुनसक्ने भएएले गर्दा फ्रान्सेलीहरूले असुरक्षित महसुस गरेका छन् । ठूला सुपर्मार्केटमा सामान् किन्न जान डराएर केहिले रेस्टुरेन्टबाटै घरमा खाना मगाउँदै खाएकापनि छन् । सडरमा मानिसहरू कम हिँडेका छन् । सार्वजनिक यातायात चढ्नैपनि मानिसहरू डराएका छन् । तर दुई ठाउँका आतंककारीहरू मारिएपछि केहिले सरकारले सुरक्षा गर्छ भन्ने विश्वासपनि गरेका छन् ।

तर फ्रान्समा धेरै आप्रवाशीहरू छिरेको, कट्टरपन्थीहरू धेरै स्थापित भएको र त्यसलाई बेलैमा सतर्कता अपनाएर सुरक्षा बलियो बानाउन नसकेको भन्दै सरकारप्रती असन्तोस बढेको देखिएको छ । तर फ्रान्सेली प्रधानमन्त्री र राष्ट्रपती दुबैले फ्रान्सका जनता र स्वतन्त्रता, सुरक्षा बिरुद्द लडाईँ घोषणा गरेकाले फ्रान्सले सबै उपाय अबलम्बन गरेर सबै नागरिकको सुरक्षा सुनिश्चित गर्ने बताएका छन् । सरकारले सुरक्षा ब्यवस्था अत्यन्तै कडा पारेको छ । सार्वजनिक स्थल, ऐतिहासिक थलो, सुरक्षा, सुपरमार्केट, स्कूल र विश्व बिध्यालय, धार्मिक स्थल लगायतका महत्वपूर्ण स्थलमा सुरक्षा ब्यवस्था कडा छ ।

एक मिनेटमै आतंककारी मारिए

पेरिसबाट ५५ किमी टाढा रहेको सेन ए मार्न क्षेत्रको दामार्ताँ अँ गोयल भन्ने ठाउँमा सार्ली एब्दो पत्रीकामा हमला गर्ने काउची दाजुभाई लुकेको पत्तो लाग्यो । तत्कालै सयौं सुरक्षाकर्मी देखिए । हातहतियारले सुसज्जित तर आवाज ननिस्किने र एकै ठाउँ उडेकै अवस्थामा अडीइरहन सक्ने पाँच हेलोकोप्टर तैनाथ गरिए । सेना, नगर प्रहरी, राष्ट्रिय प्रहरी र कमाण्डो फोर्स तैनाथ गरेर ति बसेको घर घेराबन्दी गरियो । तिनलाई आत्मसमर्पण गर्न भनियो । तर मानेनन् । त्यसपछि अपरेशनको तयारि हुँदै गर्दा दिउँसो साँढे एक बजे फेरि पेरिसको पूर्वी  क्षेत्रमा पर्ने पोख्त द भाँसेनमा एक जना आतंककारीले केही सर्वसाधारणलाई हातहतियार देखाएर सुपरमार्केटभित्र केही सर्वसाधारणलाई बन्धक बनाएको खबर फैलियो ।

त्यसपछि सुरक्षाकर्मीले मेसो पाए, यि दुई घटना एक अर्कामा संवन्धित हुन सक्छ । दँमार्ताँ अँ गोयल भन्ने ठाउँमा रहेको छपाई कारखानाको एक भवनमा लुकेर बसेकाहरूको अपरेशन हुने भनेपछि हजारौं सुरक्षाकर्मी र पत्रकारहरू परिचालित भए । सुरक्षाकर्मी, नगरपालिका र संरोकारवाला प्रशासनिक अधिकारिलाई मेडियाहरूले सोधे -कारवाही कहिले हुन्छ ? अधिकारिहरूले ‘तयारी हुँदै गरेको’ जवाफ दिए । तर कारण तयारिको रहेनछ । पोख्त द भाँसेनमा केही सर्वसाधारणलाई बन्धक बनाउने आतंककारीकोपनि सूचना लिने र कारवाही गरे एकैसाथ गर्ने योजना रहेछ ।

त्यहि योजना अनुसार सुरक्षाकर्मीले दुबैतिरका आतंककारीसित संपर्क गरे । तर तिनले आत्मसमर्पण गर्न अस्विकार गरे । तिनको केहि माग छ की भनेरपनि सोधपुछ गरियो । उनीहरु मर्नकालागि तयार रहेको बताए । प्रहरीलाई खाबर गरिदिन आग्रसममा गरे बी एफ एमा टिभीमा फोन गरेर । त्यसपछि सवा पाँच बजेतिर एकैसाथ हमला गरियो । यता दँमार्ताँ अँ गोयलमा ड्वाङड्वाङ फिसिसिसिसिसिसिसिस गरेको सुनिएको थियो । आगोको मुस्लो देखियो, गोली वर्षाएको घरबाट । त्यो करिब एक मिनेटपनि लागेन । आतंककारी दाजुभाईनै मारिए । उता पोख्त द भाँसेनमा उलिवाली भन्ने आतंककारीले धेरैलाई बन्धक बनाएका थिए । सर्वसाधारणलाई अगाडी राखेर आफू तिनको पछाडी लुकेका ।

ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ भए । सुपरमार्केटको ढोकाबाट सुरक्षाकर्मीले ड्वाङ ड्वाङ फिफिसिसिसिसिसी गर्दै हान्दा आगोको ज्वाला देखियो । तत्कालै केही मानिस रुँदै ढोकाबाट निस्किए । केही सेकेन्ड रोक्दै गोली वर्षाउँदा रोकेको समयमा बन्धकहरू बाहिर निस्किएको देखियो । एक जनाले काखमा बच्चा बोकेर भागेको देखियो । केही टाउकोमा बुर्का लगाएका महिलापनि भाग्दै थिए । आतंककारीका सहयोगी महिलालाई कब्जामा लिए । त्यहाँ आतंकाकारी उलिवालीसहित् तिन जना मारिए । दुई जना साधारणको अनाहकमा ज्यान गयो, आतंककारीलाई मार्न खोज्दा । दुई प्रहरी गम्भीर र अन्य दुई घाइते भए । राष्ट्रपतीले त्यहाँ चार जना मारिएको बताएका थिए साँझ । तर मेडियाहरूले भने पाँच जना मारिएको बताएका थिए । यसरी केही मिनेटमै दुबैतिरका आतंककारी मारिए ।

फ्रन्समा हिंसात्मक क्रियाकलापमा सहभागी हुनेको संख्या -१२००

मारिनेहरू संख्या

सार्ली एब्दो साप्ताहिक कार्यालय – १२ जना

दमार्ताँ अँ गोयल (सेन ए मार्न) – २ आतंककारी दाजुभाई

पोख्त द भाँसेल – एक जना आतंककारी र  उनले बन्धक बनाएका सर्वसाधारण दुई
जम्मा – १७ जना ।

संवन्धित समाचार र लेख

यसरी लिँदै छन् हमलाकारीलाई नियन्त्रणमा

पेरिसका हमलाकारी फेला पारेको दाबी

कता गए आतंककारी ? के भैरहेछ फ्रान्समा ?

पेरिसको चार्ली मेडियामा हमला, नौ पत्रकारसहित एघार मारिए

तपाइँको प्रतिक्रिया