यौन

picture_097

-दलु पुन, ईराक

 

 

यौन एक प्रकारको विधा हो ।  एक प्रकारको कला हो । तर यो कसैलाइ सिकाउनु पर्दैन । यो प्राकृतिक देन हो । भगवान को उपहार हो । किराकिरी, चराचुरी जनावर र मानिसलाइ नभई नहुने अति आवश्यक चीज हो यौन । तर मानिस बाहेक अरु प्राणीलाइ उपयुक्त याम चाहिन्छ । तर मानिसलाइ कुनै याम पर्खिरहनुपर्दैन । चाहिँदैन । गोप्यता भने चाहिन्छ ।

 

यौनको बारेमा धेरैले धेरै प्रकारको धारणा व्यक्त गरेका छन । गरिरहेकाछन । तर ती सबै धारणा सबै माथी लागू हुँदैन । अथवा कसैको धारणा सबैसँग मेल खाँदैन । यद्दपी यो चीज अत्यन्तै महत्वपूर्ण छ । यसमा जति आनन्द र मजा अरु कुनै चीजमा छैन । कुनै वस्तुमा छैन । कुनै खानामा छैन । कुनै काम गर्दा हुँदैन । कसैसँग बोल्दा, हिँड्दा, घुम्दा, खेल्दा यसमा जती मजा र आनन्द अरु कहीँ कतै हुँदैन । चाहे जसले जे भनोस यो मेरो आफ्नै धारणा हो । र मैले अघि भनीसकेको छु की यो प्राकृतिक देन हो । भगवानको उपहार हो । अनि  यसलाई हेर्ने र ग्रहण गर्ने मामिलामा धारणा फरक हुन सक्छ । यदि यो यौन भन्दा पनि मिठो स्वादिलो र आनन्दित अरु चीजमा, खानेकुरामा हुने भए शायद मानव जनसंख्यामा ठुलो कटौती हुने थियो । प्रजनन क्रियामा नै प्रश्न उठ्थ्यो । त्यसैले, यसलाइ सदुपयोग गर्नु अति आवश्यक न की दुरुपयोग ।

 

यौनमा स्त्री-पुरुष दुबै जनालाइ सही प्रकारको आनन्द आउनु (हुनु) पर्छ भन्ने मेरो मान्यता  छ । र दुबै जनालाइ सही प्रकार (बराबरी) को आनन्द हुनको लागी केही कुराहरुको ध्यान दिनुपर्छ । (१) सहमति (२) उपयुक्त स्थान (३) उपयुक्त समय (४) समस्या रहित । सहमति यसमा दुबै (स्त्री-पुरुष) जना पूर्णरूपले दिमागी हालतमा मंजूरी भए मात्रै यौन सम्पर्क गर्नुपर्छ । सहमति बिनाको यौन सम्पर्कलाइ बलात्कार मानिन्छ । उपयुक्त स्थान-यौन सम्पर्क गर्दा उपयुक्त स्थान हुनु अति जरुरी छ । यौन सम्पर्क गर्दा यस्तो स्थान होस जहाँ कसैले नदेखोस । कसैले थाहा नपाओस । कसैको सस्कृति र मान मर्यादामा खलल नपुगोस । उपयुक्त समय  यौन सम्पर्क गर्दा कहिले पनि हतारमा गर्नु हुँदैन र ख़ास गरेर महिलाले त्यसको लागी आफु तैयार छु की छैन भन्ने बुझ्नु पर्छ। समस्या रहित-यौन सम्पर्क पछि कुनै पनि समस्या आउँदैन भन्ने कुरामा ढुक्क हुनुपर्छ । जस्तै, गर्भधान नहोस । एक बाट अर्कोमा कुनै रोग नसरोस र कुनै समस्या नहोस ।

तपाइँको प्रतिक्रिया