अर्को १२ बुँदे मार्फत् संविधान लेख्ने दिल्लीको तयारी, प्रतिरोध गर्न उठ !
- भरत दहाल
नेपाललाई घेराबन्दी गर्न सकिने गरी संविधानका अन्तर्वस्तुहरुमा विमति राख्न लगाएर आफ्ना एजेन्टहरुलाई भिडाउँदै आएको दिल्लीले यसैलाई बहाना बनाएर फेरि अर्को १२ बुँदै जस्तै संझौता गराउने तयारीलाई तिब्र बनाएको छ । आज ०७१ साल पुष २४ गते बिहान उपत्यका रेडियोबाट प्रशारित ‘वाणी बहस’ कार्यक्रममा नेपाल विज्ञका रुपमा परिचित तथा भारतको नेपाल नीति निर्माण समुहमा संलग्न भारतका पूर्व मेजर जनरल अशोक मेहताले स्पष्ट रुपमा ‘बाहिरबाट संविधान विज्ञहरुलाई ल्याएर उनीहरुको मध्यस्थतामा संविधान जारी गर्नुपर्ने’ कुरा उठाएका छन् । अशोक मेहताले बाह्य संलग्नता विना संविधान जारी हुनै नसक्ने कुराको दाबि पनि गरेका छन् । मेहताले यी विषय प्रष्ट रुपमा राखेका छन्–
१. संविधानका विषयवस्तुबारे थर्ड पार्टी (तेश्रो पक्ष) लाई बोलाएर संझौता गर्नुपर्छ । यहाँका मानिसहरुबाट मात्र सहमति हुँदैन ।
२. भारतले आफ्नो हितका लागि नेपालमा हस्तक्षेप गर्छ । नेपालमा स्थिरताका लागि भारतको पनि सहमति चाहिन्छ ।
३. एमाओवादी र मधेशवादीहरु क्रान्तिकारी शक्ति हुन् । तिनीहरुको कुरा नमानेर संविधान जारी गर्दा राम्रो हुँदैन ।
४. नेपालको समस्यामा चीनको मध्यस्थता हुन सक्दैन, किनभने त्यो लोकतन्त्र विरोधि देश हो ।
सबै नेपालीहरुलाई थाहा हुनु पर्छ कि भारतले सँधैभरि आफ्ना एजेन्टहरुलाई समस्याका रुपमा प्रस्तुत गरेर नेपालका शासकहरुसंग विभिन्न प्रकारका संझौता र आन्तरीक लेनदेनमा वार्गेनिङ गर्दै आएको छ । ‘१२ बुँदे’को सर्तका रुपमा कार्यान्वयन गरिएको नागरीकता ऐन यसको सबैभन्दा खतरनाक उदाहरण हो । अब त्यहि इतिहासको पुनरावृति गराउन खोजिंदैछ । अशोक मेहताको कुराका आधारमा हेर्ने हो भने भारतलार्इ मध्यस्थकर्ताका रुपमा संविधान लेख्न नदिने हो भने नेपालमा संविधान बन्दैन । एमाओवादी र मधेशवादी गुटहरुको मागलाई सामेल नगरीकन संविधान जारी गरे पनि त्यसले समस्याको समाधान गर्दैन ।
भारतीय सत्ताले पटक पटक गर्दै आएको यस्तो अपराधिक कर्मको व्यापक रुपमा पर्दाफास नहुँदा र त्यसका एजेन्टहरुले गर्ने अपराधहरुका विरुद्धमा नियमित अभियान नचलाउँदा यो अवस्थामा कुनै सुधार आएको छैन । आफ्ना हातहरु चल्ने जति नेपालीहरु छौं, सबैले नियमित रुपमा भारतीय सत्ता र त्यसका एजेन्टहरुका विरुद्धमा कलम चलाउँ । मिर्जा दिलसाद वेग, जमीम साह, फैजान अहमद र मदन भण्डारीको हत्या गर्ने, राजा वीरेन्द्रको हत्याको योजना बनाउने र नेपालको भूमि लुटेर खाने भारतीय विस्तारवादका अपराधहरु जनताको बीचमा व्यापक रुपमा लैजाउँ । भारतीय सत्ताबाट आश्रय, हतियार, तालिम, पैसा लिएर हजारौं नेपालीहरुको हत्याको माध्यम बनेको एमाओवादी नेतृत्वको हत्यारा चरित्र व्यापक रुपमा सतहमा ल्याउँ र तिनीहरुको शिकार भएका नेपालीहरुलाई हिसाब किताब चुक्ता गर्ने संकल्पका निम्ति प्ररणा दिउँ ।
दिल्लीले नेता बनाएका बिहारीहरुको आततायी चरित्र पूर्णतः नेपाल र नेपाली विरुद्ध केन्द्रीत छ । तिनीहरुले भारतबाट भाडाका रुपमा पठाईएका अपराधिहरुको सहयोगमा २०६४ सालमा तराईमा सैयौं नेपालीहरुको सामुहिक हत्या गरेका छन्, वस्तीहरुमा आगो लगाएर उजाड बनाएका छन्, हजाराैंलार्इ विस्थापित गरेका छन् र सैयौं चेलीहरुमाथि पाशविक रुपले बलात्कार गरेका छन् । यी सबै मुद्दाहरु जनतालाई स्मरण गराउँ । रौतहटको गौरमा २९ जना माओवादीहरुको सामुहिक रुपमा हत्या गर्ने हत्याराहरुलाई दण्डीत गर्ने कुरालाई अगाडि बढाउँ ।
नेपालको संकटको समाधानको एकमात्र समाधान दिल्लीका दलालहरुको अन्त्य हो । नेपालीहरु लाटो भएर बस्नु हुँदैन । यीनीहरुसंग वारपार नहुँदासम्म नेपालले स्थिरता पाउने छैन भन्ने तथ्य प्रष्ट छ । दिल्लीको दबाबमा यहाँ नेपालीहरुमाथि गरिएका अपराधहरुलाई दबाउने, चर्चामा आउन नदिने र आफ्ना एजेन्टहरुका केहि कामलाई बढाई चढाई गरेर प्रचार गरिरहने षडयन्त्र हुँदै आएको छ । यो षडयन्त्रलाई तत्काल रोक्नु पर्छ । अब हामीले वीरेन्द्रदेखिका हत्याकाण्डहरू र अन्य अपराधहरूलार्इ व्यापक रूपमा उठाउनु पर्दछ ।
(यो लेख दहालको ब्लगबाट लिएको हो ।)




