बैध्यलाई छोडेर युरोपका समर्थक बिप्लवतिर

Baidhya-N-Biplab

‘बुढा हुन् ईमान्दार छन् । कम्युनिष्ट आदर्शका सबैभन्दा ठूला ज्ञाता हुन् । जनयुद्दमाथि धोका दिएर, जनयुद्दले स्थापित गरेका माग जति छोडेर जनतालाई धोका दिए भन्दै प्रचन्डलाई सराप्दै हिँडेका बुढा । यिनले गरिखान्छन् । यिनको भर छ’ भन्दै माओवादी पार्टी बिभाजित हुँदा मोहन बैध्य ‘किरण’ तिर लागेका युरोपका उनका समर्थक यतिखेर उनैलाई छोडेर बिप्लब तिर लागेका छन् ।

युरोपका बिभिन्न मुलुकमा रहेका राजनीतिक संगठनहरूले हिजो साँझ सामूहिक प्रेस बिज्ञप्तीनै जारी गरेर बैध्य माओवादीसित आफ्नो मोह र संलग्नता  भंग  भएको घोषणा गरेका हुन् । बिज्ञप्तीमा हालसालै नेत्र बिक्रम चन्दले नेत्रित्व गरेको नेकपा माओवादीलाई समर्थन् गर्ने जनाएका मात्रै छैनन् की ‘मुलुकमा अधिकारविहिन वर्ग र समुदायहरुलाई अधिकार सम्पन्न तुल्याउने कार्यभार सहित सम्पन्न नेपाली जनयुद्धलाई जनयुद्धका प्रमुख नेतृत्वहरु प्रचण्ड वावुरामहरुलेनै विषर्जन गराएको, वर्ग दुश्मन सामु आत्मसमर्पण गरेको र सर्वहारा वर्गप्रति गद्धारी गरेको’ आरोपसमेत लगाएका छन् ।

satetement

त्यहि विचलनको विरुद्ध नेता किरणको नेतृत्वमा क्रान्तिकारीहरु फेरी जुटेर संगठित बनेपनि आन्दोलनको रुपधारण गरि नेपालमा नयाँ  जनवादी क्रान्तिको कार्ययोजना ल्याउन नसकेपछि निरन्तर क्रान्तिको अनिवार्य आवस्यकतालाई आत्मसात गर्दै नेपालमा नयाँ जनवादी क्रान्ति पुरा गर्नका लागि विप्लवको नेतृत्वमा नेकपा माओवादी गठन भएको बिज्ञप्तीमा उठाएका छन् ।  बिप्लवको नेत्रित्वले नेपालको मौलिकतामा एकिकृत क्रान्तिको खाका सहित आवस्यक परेमा प्रतिरोध संघर्षमा जाने कुरालाई सार्वजनिक गरेको उल्लेख गर्दै आफूहरूले उनको नेत्रित्वलाई समर्थन गरेको बिज्ञप्तीमा उल्लेख छ  ।

अत्यन्त्यै छोटो समयमानै बिप्लवको नेत्रित्वले आफुलाई एक वैकल्पिक राजनैतिक शक्तिको रुपमा स्थापना गरिसकेको दाबीपनि उनीहरूको छ । बिज्ञप्तीमा भनिएको छ “यो नेपाली जनताको आशा र भरोसाको शक्ति बनेको छ । त्यसैले हामी युरोप स्थित प्रगतिशील संगठनहरु नेकपा माओवादीलाई नेपाली जनताको पक्षमा दृढ रहेर संघर्षशील रहन र क्रान्तिकारी हस्तक्षेपको सिद्धान्तमार्फत नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने मार्गमा अविचलित रहेर अगाडि बढ्न  आग्रह गर्दछौं । नेपाली मुक्तिकामी जनताको संघर्षमा हाम्रो ऐक्यवद्धता निरन्तर रहने प्रतिवद्धता जाहेर गर्दछौं ।”

त्यसरी समर्थन् गर्नेमा नेपाली जनप्रगतिशील मोर्चाको सिंगो युरोप समितिनै लागेको छ । त्यसका संयोजक विष्णु भुजेल, नेपाली जनजाति सरोकार मन्चका संयोजक रामबहादुर गुरुङ,   नेपाली जनप्रगतिशील मोर्चा, बेल्जियमका अध्यक्ष प्रेम पाठक, नेपाली जनप्रगतिशील मोर्चा, जर्मनीका अध्यक्ष भक्त प्रधान, नेपाली जनप्रगतिशील मन्च, स्पेनका अध्यक्ष इश्वर शर्मा,  नेपाली जनप्रगतिशील मोर्चा,  इटालीका महासचिव विष्णु शर्मा,  नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा, जर्मनीका संयोजक गंगालाल श्रेष्ठ,  नेपाली जनप्रगतिशील मोर्चा, पोर्चुगलका संयोजक  इन्द्र न्यौपाने,  नेपाली जनजाती सरोकार मञ्च,  वेल्जियमका अध्यक्ष, वदन योङ्गहाङ्ग र नेपाली जनप्रगतिशील मोर्चा, अष्ट्रियाका संयोजक वुद्धि तामाङ्ग छन् ।

सामूहिक बिज्ञप्तीमा नदेखिएपनि नेदरल्याण्ड्सबाट समेत बिप्लवकै समर्थनमा सहमति जाहेर गरिएको छ । पहिले बैध्य समूहको नेत्रित्वलाई समर्थन् गरेका नेदरल्याण्ड्स निवासी पूर्ण बहादुर् विश्वकर्माले त्यस्तो सहमति देखाउँदै  आफ्नो फेसबूकमा लेखेका छन् “हालसालै पुनर्गठित क. नेत्र बिक्रम चन्द (विप्लव) ले नेतृत्व गरेको पार्टी नेकपा माओबादिले लिएको नीति, कार्यक्रम र युरोप स्थित उल्लेखित नेपाली संगठनहरुले जारि गरेको सयुंक्त प्रेस बिज्ञप्ति प्रति ऎक्यबद्धता जाहेर गर्दछु ।”

युरोपस्थित बिभिन्न संगठनहरूले बिप्लवका पक्षमा जारी गरेको प्रेस बिज्ञप्ती यस्तो छ

युरोपस्थित नेपाली प्रगतिशील संगठनहरुको संयुक्त प्रेश विज्ञप्ति

नयांजनवादी क्रान्तिको कार्यभार पुरा नगरेसम्म नेपाली जनताको मुक्ति सम्भव छैन नेपाललाई अर्धसामन्ती तथा नवऔपनिवेशिक अवस्थावाट मुक्त गरी स्वाधीन र सार्वभौम राष्ट्र निर्माण गर्ने लक्षका साथ सम्पन्न दश वर्षे नेपाली जनयुद्ध र विविध खाले जनआन्दोलनको फलस्वरुप प्राप्त उपलव्धीहरु विभिन्न वहानामा खोसिने क्रममा छन् ।

प्रतिकृयावादीहरु ,दक्षिणपन्थी संषोधनावदी शक्तिहरु कथित दोस्रो संविधान सभाको नौटंकी मंचन मार्फत मुलुकमा प्रतिक्रान्ति लादेर नेपाली जनतालाई शोषण र उत्पिडनमा राखिराख्ने गृहकार्यमा जुटिरहेका छन् ।

मुलुकमा अधिकारविहिन वर्ग र समुदायहरुलाई अधिकार सम्पन्न तुल्याउने कार्यभार सहित सम्पन्न नेपाली जनयुद्धलाई जनयुद्धका प्रमुख नेतृत्वहरु प्रचण्ड वावुरामहरुलेनै विषर्जन गराए , उनीहरुले वर्ग दुश्मन सामु आत्मसमर्पण गरे , सर्वहारा वर्गप्रति गद्धारी गरे । यो विचलनको विरुद्ध क किरणको नेतृत्वमा क्रान्तिकारीहरु फेरी जुटे,संगठित वने तर त्यसले पनि आन्दोलनको रुपधारण गर्न सकेन । यसले पनि नेपालमा नयांजनवादी क्रान्तिको कार्ययोजना ल्याउन सकेन । निरन्तर क्रान्तिको अनिवार्य आवस्यकतालाई आत्मसात गर्दै नेपालमा नयांजनवादी क्रान्ति पुरा गर्नका लागि क विप्लवको नेतृत्वमा नेकपा माओवादी गठन भएको र यसले नेपालको मौलिकतामा एकिकृत क्रान्तिको खाका सहित आवस्यक परेमा प्रतिरोध संघर्षमा जाने कुरालाई सार्वजनिक गरेको छ ।

अत्यन्त्यै छोटो समयमानै यसले आफुलाई एक वैकल्पिक राजनैतिक शक्तिको रुपमा स्थापना गरिसकेको छ ।यो नेपाली जनताको आशा र भरोषाको शक्ति वनेको छ । त्यसैले हामी युरोप स्थित निम्न प्रगतिशील संगठनहरु नेकपा माओवादीलाई नेपाली जनताको पक्षमा दृढ रहेर संघर्षशील रहन र क्रान्तिकारी हस्तक्षेपको सिद्धान्तमार्फत नयांजनवादी क्रान्ति सम्पन्न गर्ने मार्गमा अविचलित रहेर अगाडि वढ्न आग्रह गर्दछौं । नेपाली मुक्तिकामी जनताको संघर्षमा हाम्रो ऐक्यवद्धता निरन्तर रहने प्रतिवद्धता जाहेर गर्दछौं ।

  • विष्णु भुजेल – संयोजक, नेपाली जनप्रगतिशील, मोर्चा युरोप
  • राम बहादुर गुरुङ्ग – संयोजक, नेपाली जनजाति सरोकार मन्च, युरोप
  • प्रेम पाठक- अध्यक्ष, नेपाली जनप्रगतिशील मोर्चा, बेल्जियम
  • भक्त प्रधान- संयोजक, नेपाली जनप्रगतिशील मोर्चा, जर्मनी
  • इश्वर शर्मा – अध्यक्ष, नेपाली जनप्रगतिशील मन्च, स्पेन
  • विष्णु शर्मा – महासचिव, नेपाली जनप्रगतिशील मोर्चा, इटाली
  • गंगालाल श्रेष्ठ -अध्यक्ष, नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा, जर्मनी
  • इन्द्र न्यौपाने -संयोजक, नेपाली जनप्रगतिशील मोर्चा, पोर्चुगल
  • वदन योङ्गहाङ्ग – अध्यक्ष, नेपाली जनजाती सरोकार मञ्च, वेल्जियम
  • वुद्धि तामाङ्ग – संयोजक, नेपाली जनप्रगतिशील मोर्चा, अष्ट्रिया

२९ डिसेम्वर २०७१

तपाइँको प्रतिक्रिया