बाहुनबाट सपथ खाएर लिम्बूवान पार्टी घोषणा

limbuwan-party-nepal-1

नामनै लिम्बूवान पार्टी नेपाल । लिम्बूहरूको पार्टी भनेर झट्ट लागिहाल्छ । छन पनि लिम्बुहरुनै छन्, यो पार्टीमा । त्यो किनपनि हो भने लिम्बूवान भनेर चिनिएको कोशी नदी भन्दा पूर्वका नौ जिल्ला समेटेर यो पार्टी बनेको छ जहाँ लिम्बुहरुकै बहुमत छ । यो पार्टी बनेकै लिम्बूवान पहिचानसहितको प्रदेशका लागि हो । तर संघिय लिम्बूवान राज्यपरिषद सहित चार पार्टीको एकिकरण भयो । ति चार पार्टीका नेताको पहिलो केन्द्रियस्तरको बैठकमा सबै लिम्बूवान नेताहरूले बाहुनसित सपथ खाएर चकित पारिदिए । ‘लिम्बूहरूको पार्टी हो यो । बाहुन, छेत्रीलाई पाखा लगाउँछन् । अन्य जात जातिकालाई छेउ पर्नपनि दिँदैनन यी लिम्बूहरूले । लिम्बूवान राज्य भयो भने लिम्बुबाहेक सबैलाई लिम्बूवान क्षेत्रबाट लघार्छन् । हो यस्तो भन्नेहरूलाई  चुनौती दिएका छन्, बाहुनकै मुखबाट सपथ खाएर ।

limbuwan-party-nepal-3

लिम्बुवानमा आन्दोलन् गरिरहेका भुरेटाकुरे पाँच पार्टी समायोजन भएर सिंगो पार्टी बनाए, संघीय लिम्बुवान पार्टी, नेपाल । यसको पहिलो केन्द्रीय बैठक गरियो । लिम्बूवान कार्यकर्ता, समाजसेवी, स्थानिय पत्रकार, स्थानिय कार्यकर्ता र नेता उपस्थित थिए त्यहाँ । एकता गरेका सानासाना पार्टीका अध्यक्ष तथा शीर्ष नेताहरुलाई पदीय सपथ गराउनुपर्‍यो । उनीहरूले पार्टीमा ज्येष्ठताका आधारमा नेत्र ढकाल जो एकिक्रित भएको पार्टीका केन्द्रिय सचिवालय सदस्यपनि थिए, उनैबाट सपथ खाए । लिम्बूवान पार्टी नेपालका नेताहरू लहरै उभिए । उनले उभिएर सपथ पढे र नेताहरूले भटाभट उनबाट सपथ लिए । दमकको रेडक्रस भवनमा पुष ८ गते भएको थियो यो कार्यक्रम ।

limbuwan-party-nepal-2

अध्यक्ष, सर्बमान्य, सर्बोच्च नेतालाई ढकालले सपथ ग्रहण गराएपछी बल्ल पार्टी अध्यक्ष कुमार लिङदेन मिराकको पालो आयो । उनले उपाध्यक्ष, महासचिब, सचिब, सहसचिव र अन्य केन्द्रिय सदस्यहरूलाई सपथ ग्रहण गराए । लिम्बूवान जातीय राज्य हो भन्नेहरूलाई यो उदाहरण र लिम्बूवान पार्टी नेपालको कामले झापड दिएको उनीहरूले बताएका छन् ।

संघीय लिम्बुवान पार्टी नेपाल, को एकीकरणपछि उनीहरूले पहिलो पटका चार दिने ऐतिहासिक केन्द्रिय बैठक गरेका थिए । सपथग्रहण अन्तिम दिन थियो । संघिय लिम्बूवान पार्टी, नेपालका प्रवास कमिटीहरू विश्वका १८ राष्ट्रमा गठन भएको बताइएको छ । प्रवास कमिटीहरूलाई परिचालन र सक्रिय बनाउने गरि बिधान संशोधन सार्वजनिक गर्ने तयारिसमेत भएको बुझिएको छ ।

तलका संवन्धित लेख रचनापनि हेर्नुस्

‘छ सात वर्षमै लिम्बुवानलाई सम्पन्न स्वायत्त राज्य बनाउँछौं’ कुमार लिङदेन

संघियताको बहस र नयाँ संविधानलाई दुई भारी दाउरा

लिम्बुवान एकताको प्रश्न र यथार्थता

किन चाहियो लिम्बुवान राज्यनै ?

जनजाति र खस जातिबिच भौतिक द्वन्द भए नेपाल नरहने खतरा

भएभरका लिम्बू मात्रै राखेर कसरी भयो समावेशी पार्टी ?

नेपाल  ठप्प पार्ने यस्ता फुच्चे पो ?

यी बालबालिकाले बुझेरै खोजेका हुन् लिम्बुवान राज्य ?

तपाइँको प्रतिक्रिया