पूजाको चीत्कार

  • आनन्दराम पौडेल

journalist-ananda-ram-paudel-32345आज नरहरि आचार्यजी बिहान अलि अबेलै उठे। शारदाजीले चियानास्ता तैयार गरिसक्नुभएछ । डाइनिङ टेबुलछेउको कुर्सी तानेर बसे । अगाडी राखिदिएको चिया खान बिर्सि एकोहोरिएको देखेर शारदाजीले अलि हकार्ने लवजमा भन्नुभयो, “हैन, आज के पर्यो ? ‘बलात्कारीलाइ दिने दण्डसजाय २ बर्ष घटाउन नरहरि आचार्यले प्रस्ताव गर् यो’ भनेर अनलाइन मेडियामा आएको खबरले तपाईंलाइ चिन्तित बनाएको होला ! ‘यो गलत हो । मेरो नरहरीले यस्तो प्रस्ताव गर्नैसक्दैन’ भनेर मैले नै खण्डन गरिदिइसकें । पत्रकारहरुको त कामै यही हो । हल्ला नगरी बस्नै सक्दैनन् । उनीहरुले बाहिर जति हल्ला गर्छन् त्यति तपाईंले चिन्ता लिएर खानबस्नै छाडिदिने हो र ?

तपाईंको चिया सेलाइसक्यो । कस्ले के भन्छ त्यस्को पछि नलाग्नुहोस् । खुरुक्क चियानास्ता लिनोस् ।” शारदाजीको मायालु डाँट नरहरिजीलाइ रमाइलो लाग्यो । शारदाजीतिर फर्केर मुसुक्क हाँसे, आज्ञाकारी बालकले झैं कपाकप नास्ता खाए र आरामले चिया पिउन थाले । चिया पिउँदै सोच्नथाले, “यो शारदा सधैं साहित्यमा चुर्लुम्म डुबिरहेकी हुन्छे । साहित्यिक संसारमै रमिरहेका मान्छे यो कठोर दुनिञाको प्रपञ्चभन्दा अलि परै हुन्छन् । यस्लाइ के थाहा, बिद्यमान ऐनमा सामुहिक बलात्कार गर्नेलाइ दिने दण्डसजायँ बढी भयो भन्ने लागेर मैले नै २ बर्ष घटाउने प्रस्ताव राखि विधेयक संसदमा पेश गरिसकेको छु । जुन दिन यो सत्यसँग साक्षात्कार हुनेछ त्यस दिन यो डङरङ्गै पर्नेछ ।” यो सोच्दै नरहरिजीले शारदाजीतिर एक नजर लगाए । चियाको अन्तिम घुट्को पिए । सरासर अध्ययन कोठामा गए । कुर्सी तानेर झ्यालनिर बसे, र सोचमग्न भए । सोचे, “शारदालगायत यो दुनिञालाइ जति ढाँटछल गरेपनि आफ्नै आत्मालाइ ठग्न नसकिने रहेछ ।

न्यायपालिका र न्यायप्रणालिभित्र हामीले भित्र्याएका रछानहरु पूजा बोहोराको केसले खोतलखातल भएर बाहिर आउने स्थिति बनेको छ । पूजा बोहोरालाइ पाशविक बलात्कार गर्ने अपराधीको पक्षमा फैसला गर्ने  पुनरावेदन अदालत, महेन्द्रनगरका न्यायाधीशहरु दुबैजना पार्टीका झोले नै हुन् । रमेशप्रसाद राजभण्डारीजी एमाले जिल्ला अध्यक्ष तथा गत सम्बिधान सभा प्युठानको निर्वाचनमा एमाले पार्टीको उम्मेदवार हुनुहुन्थ्यो । अर्का न्यायाधीश नरबहादुर शाहीजी नेपाली कांग्रेसका सकृय कार्यकर्ता हुन् । हुम्लाका सभासद जीवन शाहीका भाइ हुन् । पार्टीको सेवा गरेबापत पार्टीनेताहरुले कृपापुर्वक न्यायाधीश बनाइदिएका हुन् । कटुसत्य के देखिएको छभने जिल्ला अदालतमा न्याय पर्नेगरी फैसला भैरहेका छनभने पुनरावेदनका न्यायाधीशहरुले न्यायको हत्या गरिरहेका छन् ।

स्याङ्जाकी महिला पत्रकारलाइ बलात्कार गर्ने टेलिकमका अधिकृत यादव घिमिरेलाइ पोखराका जिल्ला न्यायाधीश हरिकुमार पोखरेलले ६ बर्ष कैद र डेढ लाख रूपैञा जरिवाना गर्ने फैसला गरेको थियो । यस्मा पनि पुनरावेदन अदालत पोखराका न्यायाधीशहरु ओम सुवेदी र खेमराज शर्माले न्यायको हत्या गरिदिएका थिए । दीपकराज जोशीजी पुनरावेदन (सायद महेन्द्रनगरमा) न्यायाधीश हुँदा एउटा बलात्कारीलाइ छाड्न आफैं कारागार पुगेर ठाडो आदेश गरेको सम्म सुनेको थिएँ । पुनरावेदन तहका न्यायाधीशहरुबाटै न्यायको हत्या किन भैरहेछ भन्ने सवाल उठिरहेको छ । प्रष्टै छ, न्यायपरीषदले पुरावेदन अदालतमा पार्टीका झोलेहरु भरिदिएकाले यो घीनलाग्दो स्थिति उत्पन्न भएको हो ।” खत्रक्क आवाजले नरहरिजीको तन्द्रा भङ्ग गर्यो । शारदाजीले एउटा पुस्तक निकालेर निक्लन लाग्नुभएको रहेछ। शारदाजीले हतारहतार नरहरिजीतिर एक नजर फ्याँक्नुभयो । केही बुझ्न खोजेजस्तो गरी एक टक हेर्नुभयो । तर, हतार भएर होला केही नबोली हिंडिहाल्नुभयो ।

शारदाजी हिंडेपछि नरहरिजीलाइ एकाग्र भएर चिन्तनमन्थन गर्न झन् सहज भयो । पुन न्यायपालिका र न्यायप्रणालिमै केन्द्रित भए । सोचे, “नेपाल बारका पूर्वमहासचिव माधवकुमार बस्नेतजीले न्यायपरीषदलाइ ‘अन्धगर्त’ (ब्ल्याक होल) भन्ने गर्नुहुन्छ । सम्बिधान, कानुन, योग्यता, क्षमता, स्वच्छता, गुनासा, उजुरी सबै त्यहाँ पुगेपछि बेपत्ता हुन्छन् । र, स्वेच्छाचारिता, नातावाद, कृपावाद, आफ्नोवाद, अकर्मण्यता र पार्टीभागबण्डा मात्र त्यहाँबाट उत्पादित भैरहेछन् । सधैं यस्तै कृयाकलापमात्र भैरहने यो संस्था क्रमशः निजी कम्पनीमा रुपान्तर भैसककोले यस्लाइ ‘अन्धगर्त’ (ब्ल्याक होल) भन्नेगरेका ह्वौं भन्नुहुन्छ माधव बस्नेतजी ।

त्यस्तै, काशीराज दाहालजीले भन्नुभएको घटना पनि घीनलाग्दो नै भन्नुपर्छ । उहाँ प्रशासकीय अदालतको अध्यक्ष हुँदा ‘विचौलिया’ भनेर निकै चर्चित वकीलसाहेबले ‘काशीराजजीलाइ दिनुपर्छ’ भनेर आफ्नो पक्षसँग ठूलै रकम लिनुभएछ । त्यो पक्षले हार्यो । ‘काशीराजले पैसा खाएर पनि मुद्दा हराइदियो’ भनेर ती विचौलिया वकीलले आफैंले हल्ला फैलाएछन् । त्यो हल्ला सुनेर काशीराजजीले त्यो पक्ष (वादी\प्रतिवादी) लाइ बोलाएछन् । आफ्नो नाम वेचेर ती चर्चित् ‘विचौलिया’ ले पैसा खाएको तथ्य प्रष्ट भयो । वकीलको आवरणमा विचौलियाको काम गर्ने ती चर्चित ‘विचौलिया’ लाइ बोलाएर सातो लिएछन् । काशीराजजीले हप्काएको लगत्तै ती ‘विचौलिया’ लाइ न्यायपरीषदले पुनरावेदन अदालतको माननीय न्यायाधीश बनाइदिएछ ।”

सोच्दासोच्दै समय धेरै वितेछ । चीसोपनि बढेछ । किचेनमा गएर एक कप कफी बनाए । कफी लिएर डाइनिङ टेबुलमा बसे । र, न्यायपरीषदमै केन्द्रित रहेर चिन्तनमन्थन गर्नथाले । सोचे, “२२ बर्षअघि तारानाथ रानाभाटजी न्याय, कानुन मन्त्री हुनुहुन्थ्यो । उहाँले शुरुमै यति घीनलाग्दो तवरले थिति भाँडिदिनुभयो कि न्यायपरीषद त्यसपछि तङ्ग्रिएर ट्र्याकमा आउनै सकेन । ‘कांग्रेस पार्टीका झोलेहरुलाइ न्यायाधीश बनाउन सहमत नभएसम्म म न्यायपरीषदको बैठकमा आउँदैआउँन्न’ भनेर अड्डी कस्नुभयो । धेरैपटक बैठक बस्यो, उहाँले यही घीनलाग्दो अडान लिएर जिद्दी गरिरहनुभयो । गोपाल पराजुली, दीपकराज जोशी, मोहनप्रकाश सिटौला, विश्वनाथ जोशी र गिरीशचन्द्र लाल लाइ पुनरावेदन अदालतको न्यायाधीश बनाएरै छाड्नुभयो । विगतको मात्र के कुरा गर्नु ? म आफैंले पनि न्यायपरीषदको त्यही घीनलाग्दो परम्परालाइ निरन्तरता मात्र दिइन, झन् मलजल गरें । ६ महिनाअघि सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त गर्दा ८ जनामध्ये ६ जनाको बारेमा धेरै डरलाग्दा तथ्यहरु सामुन्ने आएकै हो । तिनीहरुको बिषयमा आएका तथ्यप्रमाणहरु हेर्दा ६ जना नै डुङडुङ्ति गन्हाएका थिए । त्यस्मध्ये ३ जना त खुङ्खार नै रहेछन भन्ने वुझिन्थ्यो । तैपनि, भोलि हाम्रो पार्टीका मान्छेलाइ मुद्दामा जोगाइदिनेछन् भनेर कोशीस गरेरै नियुक्त गराएँ ।”

न्यायपालिकाको इतिहासमै कालो धब्बा बनेर रहने यी कुकृत्यहरु मेरो पालामा शुरु भएका होइनन् क्यार ! नेपालमा बुद्धिजीवी, नागरिक समाज सबै बिकेका छन् । सुक्रिबिक्रि भैसकेका बुद्धिजिविहरुले यस्ता बिषयमा आवाज उठाउने छैनन् । मैले मात्र किन टाउको दुखाउने ? यहाँ आइपुगेर चिन्तनमन्थन तुरे, र न्यायपरिषदमै जान भनेर हिंडे ।

तपाइँको प्रतिक्रिया