संविधान राजनीति : कांग्रेस एमालेलाई नभै नहुने, माओवादी मधेशी दल बनाउनै नचाहने

constitution

संविधान संविधान भनेर जतिसुकै कुर्लिएपनि संविधान किन बनेन भनेर नेताहरू जानकार छन् । गाह्रो भो, नेताहरू उपस्थित् भएनन् छलफलमा भनेपनि झुक्किएर, नभ्याएर होईन । जानिजानी हो । संविधान ढिलो भएको कारनपनि छलफलका लागि नेताहरू ब्यस्त भएर होइन् । त्यसो गर्नु योजनानै हो । संविधान बन्नै नसक्नेपनि होइन, बन्छ । तर नेताहरुनै बनाउन चाहँदैनन् । संविधान यहि हालतमा बन्न सक्दैन, तर केही नेतालाई जसरिपनि, कागजको खोस्टो जस्तो भएपनि नभैभएको छैन् । जसलाई संविधान अहिले बनाउनुनै छैन् उसले आलटाल गरिरहेको छ । जसलाई जनता सार्वभौमसम्पन्न हुने वा जनताले चाहे जस्तो संविधान बनोस् नबनोस मतलबै छैन, तर बन्नु चाहिँ परेको छ । हो, ति नेता जसरिपनि संविधान बनाउन चाहन्छन । बास्त्वमा संविधान बन्नु र नबन्नुमा मुख्या त एमाले, कांग्रेस, माओवादी र मधेशी दलका आआफ्नै भित्रि स्वार्थले हो । के हुन् त ति स्वार्थ ?

अघिल्लो पटक एकिक्रित नेकपा (माओवादी) सहित् पहिचान पक्षधरहरूको बहुमत थियो, संविधान सभामा । पहिचानका पक्षधरले चाहेको भए मतदानका आधारमा संविधान बन्ने थियो । पहिचानसहितको संघियताका पक्षमा बहुमत पुग्ने थियो । अघिल्लो संविधान सभामा माओवादीपनि पहिलो दल बनेको थियो । तर एमाले र कांग्रेसले यदि प्रक्रियागत रुपमा अर्थात् मतदानबाट संविधान बनाए त्यो मान्य नहुने । दलहरुबिच द्वन्द हुने भन्दै बिरोध गरे । संविधानका अन्तर्वस्तुमा सहमाती जुटाउन, छलफल गर्न खोज्दा त्यस्ता बैठकमा उपस्थित् नै भएनन् । उपस्थित हुँदापनि आलटाल गरेर टारिदिए । प्रक्रियालाई सकेसम्म ढिलो र सुस्त बनाएर समय गुजार्न खोजे । संविधानका अन्तर्वस्तुमा वा कस्तो शासकिय स्वरुप बनाउने भन्ने मूलभूत बिषयमा सहमति हुनै सकेन । संविधान नबनोस भनेर कांग्रेस र एमालेले टार्नुसम्म टारिदिए ।

संविधान बन्यो भने पहिचानसहितको संघियताका पक्षमा बन्ने निश्चित थियो । त्यो एमाले र नेपाली कांग्रेसले चाहँदैनथिए । यदि त्यसरी संविधान बनेको भए पहिचान पक्षधरको हात माथी पर्ने थियो । माओवादीले संविधान बनाएको जस लिने थियो । माओवादीको नेत्रित्वमा संविधान बनेको भए एमाले र अकंग्रेसको लोकप्रियता घट्ने पक्का थियो । संविधान बनेपछिको निर्वाचनमा एमाले र कांग्रेस बढारिने थिए । त्यो बुझेर कांग्रेस र एमालेले जसरिपनि पहिलो संविधान सभालाई टार्न खोजेका थिए । तर त्यो टारेको अपजसपनी माओवादीकै काँधमा चाहन्थे । उसैलाई सरकारमा रहन दिएर त्यो अपजसको भारि बोकाउन उनीहरू सफल भए । त्यसमा माओवादी लगायतका पहिचान पक्षधरहरूले ध्यान् दिनै सकेनन् र उनीहरू चुके । एमाओवादी सहित पहिचान पक्षधरहरूको बहुमत हुँदापनि संविधान बनाउन नसकेको अपजस मुख्यगरी माओवादी र पहिचानवादीले लिनुपर्‍यो ।

माओवादीको सरकारका प्रधानमन्त्री डा बाबुराम भट्टराईलेनै संविधान सभा भंग गरेको घोषणा गरिदिएर अपजस लिन तयार भए । यद्दपी उनले प्रतिपक्षी दलहरूलाई आरोप लगाए, संविधान नबन्नुमा । तर मुख्य दोष उनैको थियो । दोस्रो संविधान सभाको परिणामलेपनि देखाइदियो, पहिलो संविधान सभा संविधान नबनी भंग हुनुमा को दोषी थियो भन्ने । जनताले माओवादीलाई तेस्रो दलमा मिल्काइदिए । संविधान नबनाउनुमा जनतालेमाओवादीलाई मुख्य दोषी देखे । कांग्रेस प्रमुख दल र एमाले दोस्रो दल बन्यो । तबमात्रै माओवादीले बुझ्यो, ओहो संविधान नबनेको मुख्या दोषी त जनताले हामीलाई पो मूल्यांकन गरे । कांग्रेस र एमालेकालागिपनी यो ठूलो ह्सिक्षा बनिदियो । यदि सरकारमा बसेर संविधान बनाउन सकिएन भने जनताले ठेगान लगाउने रहेछन् ।

हो यहि स्वार्थ देखेका, अघिल्लो संविधान सभामा आफ्नो स्वार्थ पूरा गरेका एमाले र नेपाली कांग्रेसले जसरिपनि संविधान बनाएर जस लिन खोजेका छन् । आफूले संविधान बनाएर देखाइदिने । “अघिल्लो संविधान सभामा माओवादी र मधेशी दल, पहिचानबादीको बहुमत हुँदापनि बनाउन सकेनन् । पहिचानबादीले करकर गरेर हुन्छ ? खै त आफ्नो बहुमत हुँदा संविधान बनाउन सकेको ?” भनेर नंग्याउने । संविधान बनाएर निर्वाचनपनि आफ्नै नेत्रित्वमा गराउने । नयाँ संविधान बनाउन सके त्यसको जस लिएर फेरि निर्वाचन जित्न सकिन्छ भन्ने योजनामा एमाले र नेपाली कांग्रेस छन् । त्यसैले उनीहरू जस्तोसुकै होस् संविधान बनाउन चाहन्छन । हामीले संविधान बनायौं भनेर देखाउनैकालागिपनि उनीहरु आंशिंक रुपको संविधान घोषणा गर्न हतारिएका छन् । उनीहरुलाई जनताका पक्षमा पूर्ण संविधान बनोस् भन्नेसित सरोकार छैन । संविधान बनाएको जस आफूले लिनुछ ।

बिगत्को संविधान सभामा धोका खाएर शिक्षा लिएका एकिक्रित नेकपा (माओवादी) र मधेशी दलपनी किन सहजै एमाले र नेपाली कांग्रेसको नेत्रित्वको सरकारलाई संविधान बनाएको जस दिन चाहन्थे ? प्रचन्ड जस्ता चतुर नेताले यति नबुझ्ने कुरै छैन् । अघिल्लो संविधान सभाबाट संविधान नबनेको अपजस लिनुपरेकाले प्रचण्डपनि त्यसको बदला कांग्रेस र एमालेसित लिन चाहन्छन । अर्थात्, ‘हामीलाईमात्रै दोष दिएका थियौ त तिमीहरुलेपनि त बनाउन सकेनौ नी” भनेर एकातिर जनतालाई देखाउन चाहन्छन भने अर्कोतिर कांग्रेस र एमालेलाई असफल सिद्द गराउन चाहन्छन । मधेशी दलहरू झन् दोस्रो संविधान सभामा खुम्चिएका छन् । उनीहरुको जनाधार घटेकै छ । कांग्रेस एमालेले संविधान बनाएर निर्वाचनमा जाँदा अर्को पटक झन पत्तासाफ हुने डर छ । मधेशको बचेखुचेको प्रभावपनि सिद्दिने भय छ । त्यसैले मधेशी दलहरुलेपनि कांग्रेस र एमालेलाई संविधान बनाएको जसदिन चाहने प्रश्नै रहेन ।

यहि बुझेर एकिर्कित नेकपा (माओवादी), मधेशी दल र केही अन्य पहिचानवादी दलहरू तत्काल संविधान नबनाउने पक्षमा छन् । जनतालाई देखाउन छलफलमा भाग लिने । मतभेद देखाउने । आलटाल गर्ने । पहिचानकै पक्षमा अडान राख्ने । तर संविधान बनेको जस नेपाली कांग्रेस र एमालेलाई सकेसम्म नदिने । कि त आफ्नै एजेण्डामा बनेमा त्यसको जस लिने । त्यसो गर्न सके आफ्ना एजेण्डामा संविधान बन्छ । कांग्रेस एमाले खुम्चिन्छन्, आफ्नो जित हुन्छ । उता यो स्वार्थ बुझेका कांग्रेस र एमाले जसरिपनि संविधानको एक पन्ना भएपनि सार्वजनिक गरेर ‘संविधान हामीले बनायौं, संविधान बनाउन हामी सफल भयौं’ भन्ने देखाउन चाहन्छन । सतहमा जे जे देखिएपनि संविधान बन्नु र नबन्नुको मुख्य स्वार्थ यहि हो ।

यो स्वार्थ बुझेका नेकपा माओवादी (बिप्लव पक्ष) भने युद्दस्तरमा संगठन बिस्तारमा लागेको छ । उसले बुझेको छ, संविधान बन्दै बन्दैन । बनिहालेमा पनि जनताले खोजेजस्तो, जनताको बास्तविक मुक्ति हुने खालको संविधान बन्दैन । अन्तत आन्दोलनकै बलमा फेरि अर्को संविधान नबनिहुन्न वा फेरि क्रान्ति नगरि संभव छैन् भन्दै उ संगठन बिस्तारमा लागेको छ । दलहरू आन्तरिक संसदिय मारमुंग्रीमा ब्यस्त भएका बेला संगठन बिस्तार गर्ने मौका यहि हो भन्ने उसले सोचेको छ ।

तपाइँको प्रतिक्रिया