जनजाति र खस जातिबिच भौतिक द्वन्द भए नेपाल नरहने खतरा
- कुमार लिङदेन मिराक
रास्ट्रिय दैनिक पत्रिका र टिभीमा हामी लिम्बूवानहरूलाई कहिल्यै मौका दिइँदैन । जबकी हामी त्यहि मंगोल रेस र आर्यन रेशलाइ कसरि साथ साथ, मित्रताका साथ पचासौ हजार बर्ष अघि लान सकिन्छ भनेर बोल्न चाहन्छौं । तरपनि हामीलाई ति मिडियाहरुमा कहिल्यै आफ्नो कुरा राख्न दिँदैनन ।
नेपालको सन्दर्भमा मुख्यतया मंगोल र आर्यन रेश लाइ मिलाएर लान सक्नुपर्दछ । यो दुइटा रेशलाइ सँगसँगै लान सक्ने सुत्र, सिद्दान्त, संरचना र कला खोजिनुपर्छ भनेर मैले भन्दै आएको हो । यो दुइटा रेशलाइ मिलाएर लान सक्ने सिद्दान्त, नेतृत्व नै सफल हुनेछ आगामी दिनको नेपाली राजनीतिमा । कथमकदाचित यो दुइटा रेश बिच भौतिक द्वन्द शुरु भयो भने नेपाल भन्ने देश पनि रहने छैन । यो नेपाली समाजको तितो यथार्थ हो । यो तितो सत्यलाई एकात्मकबादको नेतृत्व गरिरहेको एमाले, कांग्रेस र जातीय मुक्ति (पहिचान सहितको संघीयता) को आन्दोलन हाकिरहेका हामीहरुले पनि बुझ्नु पर्दछ ।
नेपालको सन्दर्भमा कुनैपनि जात प्रधान शत्रु हुनै सक्दैन । सिंहदरबारमा केन्द्रित रहेको एकात्मक राज्य व्यवस्था नै नेपाली जनता वा नेपाली आन्दोलन / क्रान्तिको प्रमुख शत्रु हो । लिम्बुवानको अधिकांश डकुमेन्टहरुमा (त्यसमा पनि पूर्व हामी सम्बद्द पार्टीको डकुमेन्टमा) ब्रामणबाद भन्ने शब्द लेखिएको छैन । हामीले एकात्मकवादी हाम्रो प्रधान शत्रु हो भनेका छौं । बाहुन क्षेत्रीलाइ किन गालि गर्नु जबकी लिम्बु भित्रकै केहि साथीहरु नारायणहिटीमा ज्ञानेन्द्रलाइ फर्काउने देखि, यदि शुशिल र ओलीले लिम्बुवान दिएभने उनीहरुलाई कांग्रेस र एमालेको अध्यक्ष्य पदबाट हटाएर आफुहरु कांग्रेस र एमालेको अध्यक्ष बनेर भएपनि लिम्बुवान कुनै हालतमा नदिने सोचका साथ उफ्रिरहेका केहि लिम्बुहरु नै छन् । अनि सकि गो नि । बाहुनलाइ किन गालि गर्नु ? सबै लिम्बु राम्रो हुने सबै बाहुन नराम्रो हुने त्यो हुनै सक्दैन । सबै बाहुन राम्रो हुने अनि सबै आदिबासी नराम्रो हुने त्यो हुनै सक्दैन | मुख्य कुरा कसले सहि बिचार लिएको छ भन्ने नै हो । अझ त्यो भन्दा बढि त जात जातमा फाटो ल्याएर समाज फुटाउने एकात्मक संरचनालाई ध्वस्त गर्ने बिचार नै प्रमुख कुरा हो ।
हामीले लिम्बुवान आन्दोलनको शुरु देखि नै भन्दै आएका हौ – लिम्बुवान आन्दोलन चलिरहेको बेला विष्णु भट्टराइ, दिल केशर थापा क्षेत्री, अशोक घिमिरे, संगम खनाल, दिपक खनालहरुले पनि लिम्बुवानको समर्थनमा एकात्मक सिंहदरबारलाइ एक ढुंगा प्रहार गर्छौ भनेमा के गर्ने ? ए, ए, तिमीहरुको ढुंगा अछुत हुन्छ । तिमीहरुले ढुंगा हान्न पाउँदैन भन्ने हो त ? त्यो सय प्रतिशत अराजनैतिक सोच हुन्छ । त्यो गलत सोच हुन्छ ।
एकात्मक सिहदरबारको बिरुद्धमा र अरुण सप्तकोशी पूर्वका नौ जिल्ला लिम्बुवानको पक्षमा जो जो उभिन्छन ति सबै लिम्बुवानी हुन् । लिम्बुवानको बिरोध गर्ने केहि शोषक सामन्ती लिम्बुहरु एकात्मक सिंहदरबारियाहरू हुन् । आफ्नो लिम्बुवानलाइ धोका दिने यी एकात्मक सिंहदरबारिया लिम्बुहरुले एकदिन रगतको आसु बगाउने छन् । काँचो कागजमा लेखेर राखे हुन्छ । हेर्दै जानु होला, यिनीहरुको चिहानको हड्डी निकालेर भएपनि मातृभूमिले यिनीहरुलाई दण्ड दिने छ । यो कुनै भावुकतामा लेखिएको बाक्यहरु होईनन । यो इतिहासले प्रमाणित गर्नेवाला सत्यहरु हुन् ।
नौ जिल्लामा लिम्बुवानको आन्दोलन अघि बढाउने हो । जो जो यस आन्दोलनमा आउँछन ति सबै मित्र शक्तिहरु हुन् । जो आन्दोलनको बिपक्षमा भौतिक रुपमा उभिन्छ त्यो लिम्बुवान बिरोधि हो । लिम्बुवान आन्दोलनको बिरुद्धमा भौतिक रुपमा उभिने जो कोहि वा बाबु / आमा नै भए पनि लिम्बुवानले साहसका साथ प्रतिरोध गरेर अघि बढ्नुपर्छ । कतिपय समुदाय बिरोधमा पनि नउत्रने समर्थनमा पनि नउत्रने हुन्छ । राजनीतिमा यो पनि अवस्था आउँछ । त्यसलाई मौन समर्थनको अवस्था भनिन्छ | मौन समर्थन गर्नु पनि ठुलो कुरा हो । लिम्बुवान आन्दोलनमा बाहुन क्षेत्री समुदायले मौन समर्थं गरिरहेको छ । लिम्बुवान आन्दोलन र क्षेत्री, बाहुन समुदाय बिच कुनै शत्रुता वा खाडल छैन । शत्रुता नभएको समुदायहरु बिच त कुनै क्षण पनि मित्रता गासीहालिंन्छ नि ।
यता लिम्बुवानको आन्दोलन मात्र चर्किएको, उता खशान, तमुवान, मगरात, ताम्सालिंग, नेवा, खम्बुवान, थरुहट, शेर्पा आदिको आन्दोलन त्यति चर्कन नसकेकोले गर्दा लिम्बुवान मात्र छ कि क्या हो जस्तो लाग्दोरहेछ । लिम्बुवान सँग सँगै खस / आर्यहरुको ऐतिहासिक भूमि कर्णाली तिर खशानको आन्दोलन पनि उठेको भए झापा, मोरंगको क्षेत्री बाहुनलाइ पनि लाग्थ्यो होला – खसान जस्तै त हो नि लिम्बुवान । उता ऐतिहासिक पृष्ठभूमिको खसान मागिएको छ यता ऐतिहासिक पृष्ठभूमिको लिम्बुवान मागिएको छ ।
(लिङदेन लिम्बूवान राष्ट्रिय पार्टी नेपालका प्रमुख हुन् । यी बिचार उनले सामाजिक सञ्जालमा ब्यक्त गरेका हुन् )




