बिप्लबका मान्छेलाई छक्काएर लगेपछि माओवादीमा भाँडभैलो
ड्यास माओवादीबाट छुट्टिएर नेकपा माओवादी गठन गरेका नेत्रबिक्रम चन्दको पार्टीमा जानबाट रोक्न ड्यास माओवादीले छक्काएर कार्यक्रममा लगेछ । भन्नेबेला बैचारिक प्रशिक्षण हो, संगठन, पार्टी र कम्युनिष्ट आन्दोलनबारे भनेछन । के भन्दा रैछन् त ड्यास माओवादीका महासचिव राम बहादुर् थापा बादलले । कम्युनिष्ट आन्दोलनको बैचारिक प्रशिक्षण सुन्न के भो र भन्दै बिप्लवका कार्यकर्तापनि गए । तर त्यो बैचारिक कार्यक्रम रहेनछ । बिप्लव समूहतिर जालान् भनेर् कार्यकर्तालाई अल्झाउन पो बैचारिक प्रशिक्षण भनिएको रहेछ । बैचारिक प्रशिक्षण भन्दै लगेर त ड्यास माओवादीको बिध्यार्थी संगठन क्रान्तिकारीको चितवन समितिमा नाम भटाभट राखेछन, बिप्लव समूहका बिध्यार्थीहरुलाइपनि ।
ए हामीलाई बैचारिक प्रशिक्षण हो भनेर् झुकाएर आफ्नो पार्टीको बिध्यार्थी संगठनमा जबर्जस्ती नाम घोषणा गर्ने ? त्यसपछि त बबण्डर मच्चाईहाले ‘ए हामीलाई झुकाएर तिमीहरूको संगठनमा जबर्जस्ति राख्ने ? मान्दैनौं यस्तो झुठो घोषणा ।’ यतिखेर यो घटनाले ड्यास माओवादीमै बबण्डर मच्चिएको छ । यता बिप्लव समूहमा भने खुशियाली ।
राम बहादुर् थापाले ड्यास माओवादीको क्रान्तिकारी बिध्यार्थी संगठन अखिल (क्रान्तिकारी) मा राखेका १४ जना बिध्यार्थीहरूले दस्तखत गरेरै बिरोध जनाएका छन् । उनीहरूले आफूहरूलाई बैचारिक प्रशिक्षण भन्दै लागेर कार्यक्रमको रुपरेखानै बदल्दै बिध्यार्थी संगठनको बन्दशत्र चलाएर अ आफूहरूको नामपनि जबर्जस्ती मुछेको आरोप लगाएका छन् । अखिल क्रान्तिकारी चितवन समितिमा राखेकोमा आपत्ती जनाउनेमा रमेश न्यौपाने, दिपक पोख्रेल, अनुज जोशी, रुपक पोख्रेल, सुसन चुतुने लगायत १४ जना छन् । उनीहरूले अखिल क्रान्तिकारी चितवनका बहुमत सदस्यहरू नेकपा माओवादी बिप्लव निकट अखिल (क्रान्तिकारी) मा रहेको दस्तखत सहितको बिज्ञप्ती जारी गरेरै स्पष्ठ पारेका छन् ।
यो घटनाले यतिखेर ड्यास माओवादीमै बबन्डर मच्चाएको छ । कसरी कसले झुठो कार्यक्रम आयोजना गर्यो जाँचबुझ गर्नुपर्छ भन्दै ड्यास माओवादी लागेको छ । किन लगेको ? किन ढाँटछल गरेको ? यसरी झुककएर राजनीति चल्छ र भन्दै ड्यास माओवादीकै बेइज्जत भएको चर्चा बिप्लव समूहमा चलेको छ । बिप्लव समूहमा भने खुशियाली छाएको छ । यस घटनाले आफ्नो साख बढेको र ड्यास माओवादीमा धक्का लागेको भन्दै उनीहरू खुशि बनेका छन् । ड्यास माओवादी र उसको बिध्यार्थी संगठनले भने यसबारेमा थपा स्पष्ठ पारिसकेको छैन ।





