एक्काइसौं शताब्दीका आडम्बरी कम्युनिष्ट
पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई एक्काइशौं शताब्दीका आडम्बरी, ढोंगी कम्युनिष्ट हुन् । धर्म अफीमको नशा हो भन्ने भौतिकवादी सिद्दान्त सिरोपर गर्दै आएका उनले धर्मलाई महत्व दिँदै आएका छन् । कम्युनिष्ट आचरण, सिद्दान्त र निति बिरुद्द उनले पुरेतहरू राखेर हालै आफ्नी बुवाको चौरासी पूजा गराए । उनकी पत्नी कम्युनिष्ट नेत्री हिशिला यमीलेपनि त्यसमा साथ दिईन । बाबुराम भट्टराई कुनै धक नमानी, कम्युनिष्ट आदर्श र सिद्दान्तलाई ख्याल नराखी गजधम्म परेर जग्गेमा बसे । पुरेतहरूले भने अनुसारको धार्मिक कर्म लुरुलुरु गर्दै बुवाको चौरासी पूजा गरे । उनको नयाँ शैलिको कम्युनिष्ट आदर्श, बुझाई र परिवर्तन हेर्न गाउँलेहरूको भिड लाग्यो ।
कम्युनिष्टहरू धर्म अफीमको नशा हो भन्छन् । धर्मकर्ममा बिश्वास र आस्था राख्दैनन । राख्नुहुन्न । धर्म गर्ने मानिस कम्युनिष्ट नेता बन्न सक्दैन, बन्नुहुन्न । बरु कम्युनिष्ट नेताले धर्मकर्मको बिरोध गर्छन् । मन्दिर निर्माणको प्रतिरोध गर्छन् । जनयुद्दका बेला डा बाबुराम भट्टराईलेपनि आफ्ना कार्यकर्तालाई त्यसै गर्न लगाए । मन्दिरका पूजारीका टुप्पी काटियो । मन्दिरबाट खेदियो । मन्दिर प्रवेशमा रोक लगाउने र नयाँ मन्दिर बनाउन निषेध गरियो । मन्दिरको धर्मकर्म अबरुद्द पारियो । धर्मले बिभाजन ल्याउँछ । धर्मले बर्गिय हितका मुद्दालाई ओझेलमा पार्छ, धार्मिक द्वन्द र हिंसा बढाउँछ भनेर बर्गिय हितलाई मुख्य मान्ने कम्युनिष्ट सिद्दान्त बोकेका भट्टराई आफैं धार्मिक कर्ममा लागेर आडम्बरी बने ।
आफूले जुन सिद्दान्त अपनायो त्यसमा हिँड्न नसक्नु आडम्बर हो । आफ्ना कार्यकर्तालाई धार्मिक क्रियाकलापको घोर बिरोध र प्रतिबाद गर्न लगाएर आफैंले त्यसको उल्लंघन गर्नु बेइमानी हो । कम्युनिष्ट पार्टीको निति मान्ने, कम्युनिष्ट पार्टीको झण्डामुनी बस्ने, त्यसैका नाममा पद ओगट्ने तर त्यसैका नितिहरूलाई अनादार गरेर भट्टराई एक्कैशौं शताब्दीका ढोंकी कम्युनिष्ट बनेका छन् । आफैं नेत्रित्वमा बसेर धार्मिक क्रियाकलापलाई बढावा दिनु कार्यकर्तालाई दिग्भ्रमित पार्नु हो । कम्युनिष्ट निति, लोकप्रियता र आदर्शलाई अलोकप्रिय बनाउन खोजेका हुन् भट्टराईले ! यसअघी माओवादी शान्ति वार्तामा आएका बेलापनी उनले आफ्ना बाबु आमालाई मनकामना मन्दिर दर्शन् गराउन लागेका थिए । त्योबेलापनि उनको आलोचना भएको थियो । जे होस, डा भट्टराई एक्काइशौं शताब्दीका आडम्बदी, ढोंगी र नयाँ शैलीका धार्मिक कम्युनिष्ट हुन् !





