एक मधेश एक प्रदेश मान्नुभन्दा लाठी, बूट र गोली खान तयार
बाईस दलमा लागेर एक मधेश एक प्रदेशको माग चलाइरहँदा त्यस भित्रका अन्य दलले त केही बोलेनन् । बरु त्यसैलाई चुपचप सहिरहे । साथ दिईरहे । थारुहरु भने २२ दलको पहिचानवाला आन्दोलनमा मिसिएनन् । २२ दले मोर्चामा थारुहरू थिएनन् । तर गत साता मधेशी जनअधिकार फोरमलेनै तराईमा एक मधेश एक प्रदेशको खाका लिखित रुपमा पेश गर्यो तब थारुहरू झस्किए । आफ्नै पहिचान मधेशीहरूले मेटाइदिन खोजेको सहन सकेनन् । त्यसैले एक मधेश एक प्रदेशका बिरुद्द थारुहरू अहिले आक्रोशित बनेका छन् । खासगरि अअफ्नो पहिचानकालागी थारुहट अभियान मार्फत् लडिरहेका थारुहरू झस्किनु स्वभाविक हो । तिनले त्यसको तिब्र बिरोध गरेका छन् । फोरम अध्यक्ष उपेन्द्र यादवले एक मधेश एक प्रदेशको खाका सार्वजनिक गरेपछि त्यसका बिरुद्द ठाहरूले बिरोधका कार्यक्रमहरू गर्न थालेका छन् । त्यसको बिरोध मधेशी क्षेत्रकै थारुहरुबाट हुन थालेको छ ।
थारु कम्युनिटी डटकममा वाराका थारु पहिचानका अभियन्ता ओम किशोर चौधरीले भारतबाट आएर बस्न दिएका मधेशीहरुलेनै अहिले आएर थारुहरूको अस्तित्व मेटाइदिन खोजेको आरोप लगाएका छन् । तराईका धेरै थारुहरूले तराईको सम्पूर्ण भागका मुलवाशी आफूहरूलाई मान्छन । हिजो भारतको बिहार, मध्यप्रदेश अनि विभिन्न ठाउँबाट नेपालको तराईमा काम गर्न आएका अहिलेका नेपालको मधेशीहरुलाई तराईका मुख्य बासिन्दा तथा तराईका आदिवासी जनजाती थारुले बिहान बेलुकाको छाक टार्न काम, रात बिताउनका लागि बस्ने बास, परिवारको जीवन यापन गर्नका लागि आफ्नो खेत दिएर एउटा बाच्ने अधिकार दिएको ठान्छन् । तर अहिले जसले बास दियो तिनै थारुहरूको पहिचान, अधिकार र थारु समूदायकै पहिचान मेट्ने एक मधेश एक प्रदेश बनाउन खोजेको आक्रोश उनीहरूको छ । वाराक थारु अधिकार अभियन्ता राजकिशोर चौधरी भन्छन् ‘खवरदार मधेशी नेता हो, तराईलाई थारुबाट खोस्ने सपना देख्न छोड । याद गर, यदि थारुहरुले तिमीहरुलाई तराईमा बाँच्ने अनि बस्ने अधिकार दिन सक्छ भने त्यो अधिकार खोस्न पनि सक्छ ।’
मधेशी दलहरूको एक मधेश एक प्रदेशका बिरुद्द थाहरुहरुको पहिचानकालागि कार्यरत अन्य संघसंस्थापनि उत्रिएका छन् । थारु कल्याणकारिणी सभा थारुहरूको पहिचानकालागि लडिरहेको अर्को संस्था हो । उसलेपनि तराईमा एक प्रदेश कुनै हालतमा नमान्ने अडान दोहोर्याइसकेको छ । थारु कल्याणकारिणी सभाका अध्यक्ष धनिराम चौधरीले संघीयताको सबालमा पहाडमा जति प्रदेश बनाइन्छ, त्यति नै प्रदेश तराईमापनि बनाइनुपर्ने अडान राख्दै आएका छन् । उता नागरिक पार्टी नेपालका अध्यक्ष राजकुमार लेखिले त तराईमा एक मधेश एक प्रदेश बनेमा कुनै हालतमा नमान्ने । त्यो मान्नुभन्दा गोली, प्रहरीको लाठी र बुट खाएर आन्दोलनमा उत्रने घोषणा पटक पटक गरेका छन् । उनको तर्क छ ‘यदि पाँच प्रदेश पहाडमा बन्छ भने तराईमा पनि पाँच प्रदेश नै बन्नुपर्छ । पहाडमा पाँच प्रदेश बनाएर तराईमा दुई प्रदेश बनाउनु वा मधेस प्रदेश बनाउनु विभेद हो । २२ दलले बुझ्नुपर्छ, हामी आफ्नो अधिकारको लागि लडिरहेका छौं । हामी कुनै हालतमा उनीहरुको राजनीतिक कमैया बन्न चाहँदैनौं ।’
२२ दलमा रहेका मध्ये मधेशी दलहरूले एक मधेश एक प्रदेशको माग उठाइरहेका छन् । अहिले त झन् लिखित रुपमै सार्वजनिक गरिसके । त्यसमा संविधान सभाको तेस्रो ठूलो दल एकिक्रित नेकपा माओवादीपनि छ । पहिचानको मुद्दा उचाल्ने यो सायद मुख्य दल हो । पहिचानकै लागि लागेको अर्को दल छ, संघिय समाजवादी पार्टी नेपाल । पूर्वी नेपालमा लिम्बूवान राज्यको पहिचान सहित प्रभावकारी आन्दोलन् चलाईरहेको लिम्बूवान पार्टी नेपालपनि पछिल्लो समयमा यहि २२ दलिय मोर्चामा मिसिन पुगेको छ । तर पहिचानकालागि लडिरहेका यी सबैले दलले थारुहरूको पहिचान मेट्ने एक मधेश एक प्रदेशमा सहमति गर्दै हिँडेका छन् । अन्य जनजातिको पहिचानकालागिपनि आवाज उठाउनुपर्नेमा आफ्नो पहिचानकालागि लड्नेहरुनै थारुहरूको पहिचान मेटाउन उद्दतहरुलाई च्यापेर हिँडेका छन् । ती थारुहरूको पहिचानका बारेमा भने बोल्दैनन । ती दलले आफ्ना स्वार्थकालागि मधेशी दलको एक मधेश एक प्रदेशलाई च्यापेर हिँडुन् । थारुहरूको पहिचानका पक्षमा बोलुन् वा नबोलुन् । थारुहरू भने एक मधेश एक प्रदेशका बिरुद्द मान्ने पक्षमा छैनन् ।





