कार्यकर्ता जोगाउन बुढाहरूको देश दौडाहा

maoist-leadersनौलो जनवादी क्रान्ति गर्ने भन्दै नेकपा माओवादी फुटेर बैध्य अध्यक्ष बनेको नेकपा-माओवादी बन्यो । दश वर्षे जनयुद्दलाई समाप्त पारेको, जनयुद्दले स्थापित गरेका उपलब्धिहरूलाई प्रतिक्रियावादीका सामु सुम्पेको भन्दै नौलो जनवादी क्रान्ति पूरा गर्ने घोषणा गरेर नेकपा-माओवादी बनाए । तर पार्टी फुटेपछि त्यसको औचित्य कहिँकतै सावित गर्न सकेनन् । नेताहरू राजधानीमा बसिरहे । भाषणमा जनवादी क्रान्ति हाँकिरहे । तर कुनै भिन्नता देखाउन सकेनन् । संगठन बनाउन गाउँगाउँपनि गएनन । आन्तरिक समस्यामै अल्झिए । दिशाहिन बनिरहे ।

यतिखेर भने बैध्य माओवादीका बुढा कामरेडहरूलाई जिल्लातिर दौडिन भ्याइनभ्याई छ । मुख्य माओवादीबाट अलग हुँदा भन्दा बढि पिर, पिरलो र हतारमा ड्यास माओवादीका बुढा कामरेडहरू छन् । नेकपा-माओवादीलेपनि नौलो जनवादी क्रान्तिको बाँकी भाग पूरा नगर्ने, प्रचन्ड अध्यक्ष रहेको माओवादी र बैध्यको माओवादीबिच खासै अन्तर नरहको भन्दै बैध्यका चेला नेत्रविक्रम चन्द्ले नेकपा माओवादी गठन गरेपछि कार्यकर्ता जोगाउन हम्मे परेकाले देश दौडहामा लागेका हुन्, बुढा कामरेडहरू ।

खासगरी सुदूर पश्चिमका कार्यकर्ता ह्वार ह्वार्ती चन्दाको माओवादीतिर लागेपछि ड्यास माओवादीका बुढा कामरेड मोहन बैध्य आफैं त्यता लागेर कार्यकर्तासित रातारात भेटघाट गरेका छन् । उनले ‘बिप्लवको एकिक्रित कार्यदिशामा केही नयाँ छैन, पदको लागि मात्रै हो’ भन्दै थामथुम पार्ने कोसिस गरेका छन् । लामो समयसम्म राजधानी नछोडेका ड्यास माओवादीका उपाध्यक्ष सीपी गजुरेल कोचिला राज्यतिर गएर राजनीतिक भेटघात गर्ने, सम्झाउने गरिरहेका छन् । चन्द्रका सबैभन्दा आलोचक देखिएका ड्यास माओवादीका महासचिव रामबहादुर थापा ‘बादल’ भोजपुरा र सचिव देव गुरुङ तमुवान क्षेत्रमा पुगेका छन् । बादलले बिप्लवलाई पदको लागि बार्गेनिङ र दक्षिणपन्थी बिचलन लगायतका कटु गाली गरेर कार्यकर्ता जोगाउन खोजेका छन् । तर देव गुरुङ र बैध्यले भने चन्दले बाटो बिराएकाले पछि महसुस गरेर पार्टीमै फर्किने भन्दै नरम शैली अपनाएका छन् ।

माओवादीबाट फुटेर अलग पार्टी बनाएपछि अहिले क्रान्तिकारी धारका कार्यकर्ता जोगाउन मुश्किल परेको छ बैध्य माओवादीलाई । गाउँमा पुगेका नेतालाई ‘जनवादी क्रान्ति गर्ने भनेर पार्टी फुटाउनु भो, तर के गर्नु भो त फुटाएर ? फुटाउने बेला बोलेको कुरा त पूरा गर्नु भएन नी, अबपनि के भर ?’ भन्दै कार्यकर्ताले हैरान पार्ने गरेका छन् । उनीहरूले त्यस्ता कार्यकर्तालाई रोक्ने नयाँ जुक्ती निकालेका छन् ”हामी सबै माओवादीको एउटै कम्युनिष्ट केन्द्र बनाउने अभियानमा छौं । त्यसकालागि कोसिस गरिरहेका छौं र माओवादीलाईपनी प्रस्ताव गरेका छौं ।’

माओवादीबाट धोका पाएका, द्वन्दमा परेर क्षत बिक्षत भएका, परिवार गुमाएका र नौलो जनवादी क्रान्ति गर्नुपर्छ भन्ने द्रिढ मनस्थिती भएका पूर्व लडाकूहरूलाई चन्दले तत्कालै प्राथमिकतामा राखेर आफ्नो पार्टीतिर लाग्न पहल गरेका छन् । चन्दको नयाँ पार्टीका नेताले सोझै भन्ने गरेका छन् ‘बैध्य, बादल र सिपीहरूले जनवादी क्रान्ति गर्दैनन् । यो पार्टीमा बसिरहनुको औचित्यनै छैन । ब्यक्तिगत स्वार्थका लागि हो भने प्रचन्ड, बाबुरामतिर लाग्नुस् । देश र जनताको मुक्तिको लागि हो, जनवादी क्रान्ति गर्ने भन्ने हो भने हाम्रोतिर लाग्नुस् ।’

पूर्व लडाकूहरु, अनमिनद्वारा अयोग्य घोषणा गरेर हिँडेका जनसेना र क्रान्तिकारी धारका कार्यकर्ताहरू बिप्लवको पार्टीतिर लाग्न सक्ने त्रास बैध्य र प्रचन्ड दुबै पक्षलाई छ । यतिखेर संकट बैध्य माओवादीमा झन् तिब्र छ । नेता ठूला ठूला तर जनधारा गुम्दो छ । यहि अवस्था रहिरहे अधिकांश चन्दतिर लाग्ने र बाँकी कार्यकर्ता प्रचन्ड पक्षिय माओवादीतिर लाग्नसक्ने संभावना छ । आआफ्ना कार्यकर्तालाई चन्द पक्षिय पार्टीतिर जानबाट रोक्नकालागि प्रचन्ड र बैध्य पक्षबिच पार्टी एकताको जाल फ्याँकेका छन् । तर यी दुबै पार्टीबिच तत्काल एकता हुनपनि गाह्रो छ । एक त पार्टीको लाईन मिल्दैन । किनभने बैध्य माओवादी संविधान सभा बिरुद्द छ ।

अर्को पक्ष बादल, बैध्य र सिपी तिनतिर फर्केका नेता छन् । माओवादीसित यिनको आआफ्नै बेमेल र ईगो छ । त्योभन्दा ठूलो कारण त, प्रचन्ड पक्षिय माओवादी संविधान सभामा छ । अर्थात् यसले संसदिय धाराको नेत्रित्व गर्छ । बैध्य पक्ष त्यसैलाई बहिस्कार गरेर बसेको छ । तत्कालै केका आधारमा, के निहुँ पारेर एकता गर्ने सजिलो छैन् । त्यसैले तत्कालको निति भने एकै कम्युनिष्ट केन्द्र बन्दै छ, पार्टी एकता हुँदै छ भनेर कार्यकर्ताहरूलाई चन्दको पार्टीतिर जानबाट रोक्नुनै दुबैको उद्देश्य देखिन्छ ।

तपाइँको प्रतिक्रिया