उत्पीडनमा पहाडे की मधेशी ?

madheshi-leaders

मधेशी जनता सधैं पहाडेहरूको उत्पिडनमा परेको भन्छन् अहिले जनजाति आन्दोलन हाँक्ने नेतापनि । तिनको आन्दोलनमा त्यहि चर्चा गरिन्छ । मधेशी दल र तिनका नेताहरुलेपनि सधैं त्यहि दोहोर्‍याउँछन । पहाडेहरुबाट शासित हुनुपरेको, मधेशमाथि थिचोमिचो र अपहेलना गरिएको भन्छन् । अझ आर्थिक र सामाजिक रुपमा मधेशमाथि पहाडेहरुबाट शोषण गरिएको आरोपसमेत लगाउँछन । के साँच्चै मधेश पहाडभन्दा आर्थिक, सामाजिक् रुपमा शोषितनै हो त ? के मधेशी जनताको भन्दा अवशर पहाडी जनताको बढि छ ? शासन सत्तामा पहाडेहरूको हालिमुहाली र मधेशीहरूलाई बाहिर पारिएको हो ? मधेशी जनतामाथि उत्पिडन भयो, सामाजिक आर्थिक शोषण भयो भन्दै मधेशी दलले राजनीति त गरेकै थिए, किन जनजातिसमेत मुछिए ? 

आर्थिक रुपमा भन्ने हो भने मधेश भन्दा सयौं गुणा बढी पहाड पिडित छ । विकासका कुरा गर्ने हो भने पहाडलाई धेरै हेपिएको छ । मधेशमा जताततै स्कूल क्याम्पस छन् । मधेशका जनताले दुई पाईलामै शिक्षा लिन पाउँछन । पहाडमा अहिलेपनि धेरै वालवालिका स्कूल पुग्न नभ्याएर पढ्न जाँदैनन । प्राथमिक स्तरको पढाइ पूरा गरेपनि माध्यमिक बिद्यालयहरू निकै टाढा हुनाले तिनले बिद्यालय स्तरको पढाईपनि नसकी छोड्छन । उच्च शिक्षा लिन पहाडमा क्याम्पसनै छैनन् भन्दापनि हुन्छ । नेपालमा जति स्कूल र क्याम्पस छन् ती अधिकांश तराईमै छन् । त्यसैले शैक्षिक रुपमा पिडितपनि पहाडेनै हुन् ।

देशमा भएका कलकारखानापनि अधिकांश मधेशमै छन् । पहाडमा केही साना जलबिद्दुत कारखाना बाहेक केही छैन् । पहाडी भूबनोटले गर्दापनि सजिलो छैन् । क्रिषी प्रधान देशमा क्रिषी सित संवन्धित उध्योग, पशुपालन, फलफूल खेति गर्न सकेको भए सायद हुँदो हो पहाडमापनि । तर त्यसमा कुनै सरकारले ध्यान् दिन नसक्दा पहाडमा उध्योग र कलकारखाना केही छैन् । सिँचाईको असुबिधाले गर्दा भएको खेतबारीपनि बाँझै बस्छ । पहाडका मानिसलाई राम्रोसित दुई छाकपनि खान पुग्दैन । खानैको समस्यामा बस्ने ति आर्थिक रुपले बिपन्न छन् । आर्थिक रुपले बिपन्नहरू न शहरमा गएर शिक्षा लिन सक्छन् न त शहरको महँगो स्वास्थ्य सुबिधानै लिन । पहाडी भागमा स्वास्थ्य सुबिधापनि छैन् । स्वास्थ्य चौकीपनि नहुनाले झाडा पखालाकै औषधी नपाएर र सुत्केरी ब्यथाले मर्छन । एक गाग्री पानी लिन एक बिहान पुरै मार्नुपर्छ । वर्षदको बेला बाढीले तिनैको घर जग्गा बगाउँछ । अरुबेला खाने पानीसम्म हुन्न ।

भएका कलकारखाना र शिक्षाको प्रबन्ध मधेशमा भएपछि रोजगारीपनि मधेशमै हुने भयो । यातायातको असुबिधाको त झन् के कुरा गर्ने ? सदरमुकामसम्मपनि यातायात ब्यवस्था जोडिएको छैन् पहाडमा । पहाडमा त दिनभरि लगाएर पनि अस्पताल पुग्न नसकिने अवस्था छ । भएका स्वास्थ्य चौकीमापनि  चिकित्सक बस्दैनन । सरकारले तोकेको  औषधीपनि हुन्न । त्यसको निगरानी कसैले गर्दैन । दुई तीन दिन लगाएर पनि जिल्ला सदरमुकाम पुग्न नसकिने स्थिति अहिले पनि छ ।

अझ बझाङ, कालिकोट, मुगु जस्ता बिकट ठाउँमा त सरकारको उपस्थिती कुनै क्षेत्रमापनि छैन् । चिनसित सीमा जोडिएका क्षेत्रका जनताले त कहीले कसको सरकार बन्यो भन्नेसम्म मेसो पाउँदैनन । तिनलाई त्यसमा सरोकारपनि हुन्न । मधेश वा तराईमा भएको यातायात, स्वास्थ्य, उध्योगधन्दा र शिक्षाको पहुँचले गर्दा पहाडको तुलनामा तराईका जनता बढि सम्पन्न र बढि लाभान्वित छन् । यो यथार्थता देख्दादेख्दै यदि कसैले मधेश पिडित छ, मधेश आन्तरिक उपनिबेश जस्तो हो भन्छ भने त्यो उसको आरोपबाहेक केही होईन । उसका खोटी आँखा र गलत् बुझाई हुन् । बरु पिडित छन् भने पहाडको उच्च भागमा बस्ने जनजातिहरू बढि पिडित छन् । किनभने पहाडी भागमापनि अली उचाईतिर बाहुन क्षेत्रीभन्दा बढि जनजातिकै बाहुल्यता छ । आर्थिक सामाजिक र अन्य अवशरका हिसाबले पछाडीपनि  त्यहि क्षेत्र परेको छ ।

पक्कैपनि मधेश पिडित छ । यो अपहेलित छ । तर पहाडेबाट नभएर मधेशीबाटै अपहेलित छ । मुख्यरुपले मधेशी नेताबाटै यो पिडित छ । जय प्रकाश गुप्ता, बिजय कुमार गच्छदार, राजेन्द्र महतो जस्ता मधेशी नेता कति वर्ष भयो सरकारमा गएको ? ति पन्चायती कालदेखि सत्ता स्वार्थमा केन्द्रित छन् । राजाका पालादेखि लोभ्याएर, घुर्क्याएर, चाकरी गरेर, आदर्श त्यागेर ती सरकारमा महत्वपूर्ण पद लिईरहेका छन् । भ्रस्ट छन् । मधेशी जनतालाई शोषण गरेर, तिनका नाममा राजनीति गरेर अकूत सम्पत्ति जोडेका छन् ।

२०४६ सालपछिपनि ति पटक पटक सरकारमा पुगे । गणतन्त्र आएपछि फेरि दल फेरेर, राजनितिक संगठन अलग बनाएर, नयाँ रुप फेरेर ती सरकारमै गए । पछिल्लो समय मधेश राजनीतिका नाममा फेरि ति पटक पटक सरकारमा गएका छन् । र हरेक पटक ती सरकारमा जाँदा महत्वपूर्ण मन्त्रालय लिने गरेका छन् । तर तिनको ध्येय के बन्ने गरेको छ ? मधेशी जनतालाई देखाएर तिनैलाई लुट्ने । मधेशी जनताको नाममा पदमा पुग्ने । मधेशी जनतालाई फुटाएर राज गर्ने । मधेशीका नाममा दल फेरिफेरि राजनिती गर्ने । मधेशीको हितकालागि सिन्कोसम्म नभाँच्ने ।

मधेशी जनता हेर्दा आवरणमा भारतीय जस्तो लाग्ने । खानपिन, केही पर्व र संस्क्रिती भारतीयसित मिल्ने हुनाले मधेशीका नाममा केही मात्रमा हेपिने गरेका भने पक्कै हून् । त्यसलाई राज्यले नियन्त्रण गर्न सक्छ । कानुन दह्रो बनाएर कार्यान्वयन गर्न सक्छ । तर दुई दशकसम्म  सरकारमा पुगेका कुनैपनि मधेशी नेताले त्यसकोलागी प्रयासनै गरेनन । आवाजपनि  उठाएनन् । किन ? मधेश उनीहरूको मुक्तिको ध्येय होईन । त्यो भोट बैंक हो । राजनीतिक स्वार्थ पूरा गर्ने माध्यम र थलो मात्रै हो ।

मधेशी जनतामा छुवाछुत छ । कथित माथिल्ला जातले तल्लो जातका मधेशीलाई हेर्प्छन । निरिह, गरिव र कमजोरलाई बोक्सीको आरोपमा यातना दिने र बिहेमा दाईजो प्रथाले आक्रान्त छ । बरु मधेशमा जातिय, वर्गिय बिभेद चरम छ । यो कुनै एक जाता वा पहाडेले गरेको होईन । यो राज्य प्रणाली, सामाजिक र सांस्क्रितिक प्रथासित संवन्धित छ । राज्य संरचना र शासनसत्तासित संवन्ध छ । मुख्यरुपमा वर्गिय बिभेदको पीडा छ मधेशी जनतामा । मधेशी जनता चनाखा रहे, यसमा परिवर्तन् आयो र सचेत बने भने तिनका नाममा लुट्न, राजनीति गर्न र आजिवन पदमा पुग्न पाइन्न भनेर तीनलाई यथावत राख्न खोज्ने स्वयं मधेशी पार्टी र मधेशी नेतानै हून् । त्यसैले मधेशी जनताका दुस्मन् मधेशी नेतानै हून् । पटक पटक सरकारमा जाँदापनि तीनले कहिल्यै मधेशी जनताको हितकालागि काम गरेनन् । मधेशी जनताकालागि बोलेनन । मधेशी जनताको मुक्तिकालागी भनेर आन्दोलन गरेनन् । तिनको आन्दोलन् सधैं सत्ता केन्द्रित रह्यो । मधेशी नेता र दलबाट मधेशी जनता कहिल्यैपनि प्राथमिकतामा परेनन् ।

मधेश कहिल्यैपनि मधेशी नेताकालागी वर्गिय मुक्ति, राजनीतिक मुक्तिको थलो बनेन । सरकारसित मधेशीको हितकालागि प्रतिरोध गर्ने थलो बनेन । बरु बार्गेनिङ गरेर, धम्क्याएर र घुक्र्याएर पद र सुविधा आर्जन गर्ने थलो बनिराख्यो । भारतबाट आएर अड्डा जमाएर बस्ने, लुट्ने, मधेशी नेतालाई सत्तामा पुर्या्उन चुनाव जिताउने कुख्यात अपराधीहरुको अखडा बनिराख्यो । तिनको जोडमा राजनीति फस्टायो । राजनितिनै अपराधिक र सत्ता केन्द्रित उद्देश्यले प्रेरित भैराख्यो । पछिल्लो समयमा फस्टाएको पहिचानको राजनीति भन्ने नारापनि त्यसैको नीम्ति हो । मधेशी पहिचानको राजनीति मधेशी जनतालाई अधिकार सम्पन्न बनाउन, मधेशी जनताको हितका लागि होईन । सत्ताको भर्‍याङ हो । मधेसमा वर्गिय राजनितिबाट लोकप्रिय बनेका, उठेका नेताहरू क्रमश पलाएन भएर गूट उपगूटमा बाँडिनु । सत्ताकालागी मोलमोलाई गरिरहनु । खासै नितिमा भिन्नता नभएकाबिचमा मधेशी जनताको नाममा एक दर्जन भन्दा बढी संगठन देखिनु, भारतिय संस्थापन पक्षको खुलेर चाकरी गर्नु त्यसैको प्रमाण हो ।

नेपालमा मधेशी त्यस्तो वर्ग हो जसले नेपाली सेनामा सामुहिक उपस्थिती पाउँछ । मधेशी जनताकै तर्फबाट देशको राष्ट्रपती र उपराष्ट्रपती भएका छन् । मन्त्री पदमा (निती निर्माण तहमा) मधेशीहरूले जति महत्वपूर्ण पद पहाडेहरूले पाएकै छैनन् । रोजगार, स्वास्थ्य, शिक्षा, यातायात हरेक क्षेत्रमा मधेशको पहुँच पहाडेको भन्दा बढि छ । मधेशले बढि सुबिधा लिएको छ । अनि कसरी हुन्छ मधेश पिडित ? कसरी मधेशी जनता पहाडेबाट पिडित ?  त्यसैले पहाडेबाट मधेशीहरू पिडित भए भन्नेहरू झुटको खेति गरिरहेका छन् । मधेशी जनताको नाममा झूठको खेति गरेर राजनीतिक स्वार्थ पूरा गर्ने दुस्साहस मात्रै गरिरहेका छन् । मधेशलाई बिना तर्क, बिना सहि मूल्यांकन उचालेर मधेशी र पहाडेलाई जुधाएर स्वार्थ पूरा गर्ने दाउ मात्रै हो तिनको ।

तपाइँको प्रतिक्रिया