अवसरको ढोका र चुनौतीको पहाड सामु उभिएको बिप्लव निति
- गोपाल तामाङ
नेता नेत्रविक्रम चन्द (कमरेड बिप्लव) अहिले आफूलाई जतिसुकै क्रान्तिकारी रुपमा प्रस्तुत गरे पनि आखिर उनको पनि अन्तिम बिन्दु भनेको प्रचण्ड बाबुराम जस्तै सुधारबादी कम्युनिस्ट हुनु हो । तर पनि बैध्यसँग छुटेर अपुरो क्रान्ति पुरा गर्न नेतृत्व गर्छु भन्ने उनको साहसलाई श्रमजिवि उत्पिडित जनताले सम्मान गर्नैपर्छ । मुख र दस्तावेजमा मात्र सिमित रहने हैन . प्रत्यक्ष जनताको जीवनमा परिवर्तन आउने क्रान्ति गरेर व्यबहारमै पुष्ठि गरेर देखाउन सकुन् मेरो शुभकामना छ बिप्लबलाई ।
अहिले विश्वमा कम्युनिस्टहरु असफल हुँदै गइरहेको अवस्था छा । नेपालको नक्कली कम्युनिस्ट नेताहरुको क्रान्ति पनि देखिसकेको अवस्थामा आम जनताको तहमा रहेको क्रान्तिकारी तप्कालाइ नेत्रित्व दिन अझैपनि कोहि सक्कली कम्युनिस्ट नेतृत्व जन्मिन्छ कि भन्ने आसा हुन सक्छ । त्यो हुनु स्वभाविक पनि हो । राजनीतिमा नेतृत्व, नेता सबै गलत नै हुन्छ भन्ने छैन । त्यसैले अझैपनि असल नेता र नेतृत्व नेपाली धर्तिमा जन्मिन्छ कि भन्ने आसा हामी सबै नेपालीको हुनुपर्छ ।
कम्युनिस्ट र लोकतन्त्रबादिले जतिसुकै ठूला दर्शनका कुरा गरे पनि ती दर्शनहरु व्यबहारमा लागू गरेर देश र जनताको हित गरेको आजसम्म नेपालीहरुले महसुस गर्न पाएका छैनन् । त्यसैले पार्टीहरु फुट्ने र जुट्ने क्रमसँग जनतालाइ खासै चासो नहुन सक्छ । तर नयाँ पार्टीले साच्चै जनताका समस्याहरुलाई हल गर्ने व्यबहार प्रस्तुत गर्न सकेमा मुलधारको राजनीतिमा प्रवेश पाउन बेर लाग्ने छैन किनकी जनता भन्दा ठूलो शक्ति राजनितीमा अरु केही हुँदैन ।
काङ्ग्रेसले प्रजातन्त्रमा समाजबाद जोडेर प्रजातान्त्रिक समाजवाद भने । एमालेले आफुलाइ बहुदलिय ब्यबस्था स्विकार्ने कम्युनिस्ट भन्दै जनताको बहुदलीय जनबाद भन्यो । दश बर्ष जनयुद्ध गरेर आएको माओवादीपनि पहिले त आफुलई निकै खाँटी कम्युनिस्टको रुपमा प्रस्तुत गर्थ्यो । अन्तत: उनिहरु पनि बहुदल स्विकारेर लुसुक्क सिहदरबार छिरे । पछिल्लो चरणमा संघीयतासंग समाजवाद जोडेर संघीयता सहितको समाजवाद भन्ने नयाँ सिद्धान्त बोकेको संघीय समाजबादि पार्टी जन्मियो । काङ्ग्रेस एमालेले धेरै पटक सरकार चलाए । तर जनता र देशको हित गर्नै चाहेन । पछिल्लो चरणमा एमाओबादीले दुई पटक सरकार चलायो। तर उनिहरुले पनि जनतालाइ हेरेनन् । संघीय समाजबादी पार्टीले पनि खासै प्रभावकारी कदम चाल्न नसकेकोले अहिले जनताको नजरमा परिक्षणमा रहेको छ । यी पार्टीहरुको सिद्दान्त जे जस्तै भएपनि व्यबहारमा आम जनताको समस्या कसैले हल गर्न सकेको छैन । यस्तो अवस्थामा बिप्लवले नेतृत्व गर्न लागेको नयाँ पार्टीले यदि जनता र देशको हितको पक्षमा राम्रा कदम चाल्न सकेमा परिवर्तनकारी जनताहरु उनको पार्टीमा अवस्य गोलबद्द हुनेछन् ।
कार्यकर्तालाई समाजबादको परिभाषा घोकाएर मात्र जनताको जीवनमा परिवर्तन आउने हैन रहेछ भन्ने बुझेर व्यबहारमा समाजवाद प्रस्तुत गर्न सकोस भन्ने सुभकामना दिन चहान्छु कमरेड बिप्लबलाई । दर्शनका किताबका ठेलिहरुमा समाजवादको परिभाषा जेभएपनि गरिब किसानलाई दुई छाक खान र शरिर ढाक्ने एक सरो कपडा उपलब्ध गराउन सक्नु नै समाजवाद हो । देशमा रोजगार सृजना गरेर बेरोजगारी समस्या हल गर्न सक्नु, सुकुम्बासी समस्याको उचित ब्यबस्थापन गर्नु, अनाथ बालबालिकाहरुलाई खाने बस्ने र शिक्षा लिने अवसर दिलाउनु समाजवाद हो । त्यस्तै वृद्ध, अपाङ्गको हितमा काम गर्नु, समग्रमा जनतालाइ अपरिहार्य शिक्षा, स्वास्थ, रोजगार, यातायात उपलब्ध गराउन सक्ने ब्यबस्था निर्माण गरेर देशलाई बिकासको उचाइमा लान सक्नु नै समाजबाद हो ।
बिप्लबले भ्रष्टाचारीदेखि लुटपाट र गुन्डागर्दी गर्ने, समाजमा अराजक गतिबिधी गर्ने सबैलाई कारवाही गर्ने सूची तयार पारेर कारवाही सुरु गर्ने भनेको कुरालाइ व्यबहारमा लागू गरेर देखाउन सकेमा सबैको हित हुनेछ । नेपाल यस्तै गतिविधिहरुबाट अक्रान्त भएको देश हो । अहिले नेपालमा उठिरहेको पहिचान सहितको संघिय ब्यवस्थाको मुद्दा पनि माथी उल्लेख गरे जस्तै देश र जनताको हितको निमित्त हो । त्यति मात्र नभएर आजसम्म एउटै जाती, एउटै बर्ग, एउटै भाषा र एउटै धर्मले एकलौटी आफ्नो स्वार्थ अनुरुप चलाइरहेको सत्तामा हरेक बर्ग, जातजाती, भाषा, धर्म, लिङ्ग, क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्नको लागि हो ।
आजसम्म काङ्ग्रेस एमालेको बोली, सिद्दान्त र व्यबहार हेर्दा पहिचान सहितको संघीयताको लागि जनताले सडकमै आएर निर्नायक आन्दोलन गर्नुपर्ने देखिएको छ । तर आन्दोलन निर्णायक हुन सक्ला कि नसक्ला भनिहाल्न सक्ने स्थिति छैन । यस्तो अवस्थामा बैध्यबाट अलग हुन लागेको बिप्लब अवसरको ढोका र चुनौतीको पहाड सामु उभिएको छ । सम्झौता बिहिन आदिवासी जनजाती राष्ट्रिय आन्दोलन र २२ दलिय मोर्चाले गर्ने आन्दोलन शुरु हुनै लागेको अवस्थामा सम्बिधानसभा र नयाँ सम्बिधान निर्माण बारे बिप्लबको निष्कर्ष र उनले प्रस्तुत गरेको कार्यदिशा कतिको सहि साबित हुन सक्ला ? त्यो त भोलिको दिनहरुमा देखिँदै जानेछ । तर आजसम्म नेपाल र नेपालीको अवस्था हेर्दा अझै धेरै बिप्लबहरु जन्मिनु पर्ने देखिन्छ ।
कोकोले छोडे बैध्यको पार्टी ?
चक्रपथ डट कमले उल्लेख गरेको छ- विप्लव समूहका एक नेताका अनुसार केन्द्रीय समितिका ७२ जनाले पार्टी छाडेका हुन् । माओवादीको १ सय ५१ सदस्यीय केन्द्रीय समितिका ४३ जना पूर्ण केन्द्रीय सदस्यमध्ये १४ जना र २९ जना वैकल्पिक केन्द्रीय सदस्यले विप्लवसंगै पार्टी छाडेको ती नेताले दावी गरे । तर यसमा थपघट हुन सक्ने छ ।
नेत्रविक्रम चन्द विप्लव
खड्गबहादुर विश्वकर्मा
ईश्वरी प्रसाद दाहाल
अनिल शर्मा विरही
जयपुरी घर्ती
सन्तोष वुढा मगर
चिरन पुन
हर्कबहादुर शाही
सरला रेग्मी
उमा भुजेल
पदम राई
वावुराम नेपाली
लक्ष्मण पन्त
भरत वम




