नाम नफेर्दा बिप्लवलाई फाईदै फाइदा !
नेकपा-माओवादी केन्द्रीय समितिको आइतबारबाट चलेको बैठकमा कुनै चमत्कार भएमा सांगठनिक एकतासहित टुंगिएला । नत्र पार्टी फुट्ने करिब निश्चित जस्तै छ । नेकपा-माओवादी केन्द्रीय समितिको विस्तारित बैठकमै शुरुमै अध्यक्ष मोहन वैद्य र सचिव नेत्रविक्रम चन्द ‘बिप्लव’ को जुहारी चल्यो । अध्यक्ष वैद्य नयाँ जनवादी क्रान्तिको तयारी र पश्चगामी संविधानसभाको विघटनका लागि संघर्ष गर्दै पार्टीलाई क्रान्तिकारी अनुशासित र एकताबद्ध बनाउँ’ भन्ने कार्यदिशा नै लागू गर्नुपर्ने पक्षमा छन् । अर्थात् उनको पुरानै कार्यदिशा । सचिव चन्दले भने तत्काल विद्रोहमा जानुपर्ने अडानका साथ एकीकृत क्रान्तिको अवधारणा अघि सारिरहेका छन् । कुनै चमत्कार नभए अब नेत्रविक्रम चन्द र नेकपा-माओवादीबिच फुट हुन्छ । कर्यप्रणाली र नितिमा बिभाजन आएपनि दुबै पक्षले नाम भने उही नेकपा-माओवादीनै राख्ने छन् । बहुमत बैध्य पक्षतिर हुने भएपछि तिनले नेकपा-माओवादी वा माउ पार्टीकै नाम राख्नु स्वभाविक हो । फुटेर जानेले फरक् नाम रोज्नुपर्ने हो । तर चन्दले आफूहरू फुटेको नभै म्रिततुल्य हुन लागेको, दिशाहिन हुन लागेको, यथास्थितिवादमा फस्न लागेको पार्टीलाई रुपान्तरण गर्न खोजेकोले आफूहरूले पार्टी नछोड्ने बरु नयाँ योजनाले अगाडी बढाउने बताइसकेका छन् । यसमा उनको चलाखी छ । आफैंले यथास्थितिमा रहेको पार्टीकै नाम लिएर किन शसस्त्र बिद्रोहमा जान खोजे त बिप्लब ?
नयाँ पार्टी, थोरै कार्यकर्ता । केही देखाउने, जनताले पत्याउने काम गरेर शुरुमै देखाउन नसके विप्लवको पार्टीको चर्चा हुन्न । लोकप्रिय बन्नपनि सक्दैनन् । त्यसैले छोटो समयमै जनसमर्थन बटुलेर जनबिद्रोह गर्ने उनको योजना छ । त्यसकालागि नेकपा माओवादी, नेकपा-माओवादी लगायतका दलका क्रान्तिकारी कार्यकर्ता तान्नु छ । जनतालाई देखाउनुपनि छ ‘केही गर्ने भो’ भनेर् । त्यसैले आफूतिर आकर्षित गर्ने रणनीतिअनुरुप विप्लवले आफ्नो पहिलो चरणको संघर्षको कार्यक्रमनै ठोकठाकबाट शुरु गर्दै छन् । भ्रष्टाचारी, बेथिति, अराजकता, गुण्डागर्दीले जनता हैरान भएको उनलाई राम्रो थाहा छ । यसमा संलग्नलाई हान्न सके जनसमर्थन पाइन्छ भन्ने उनले बुझेका छन् । दलाल, फटाहा, भ्रस्टाचारीलाई डाङडुङ हान्न थालेपछि जनताले राहतको महसुस गर्छन् भन्ने बुझाईले त्यसो गर्न लागेका होलान् ।
दोस्रो संविधान सभाले संविधान कस्तो बनाउने भन्ने बहस तिब्र भैरहेकालेपनि त्यसलाई छायाँमा पार्नु, बिथल्नु छ बिप्लबले । किनभने यो संविधान सभाबाट जनपक्षिय संविधान बन्न सक्दैन भन्ने उनले सार्वजनिक गरिसकेकै छन् । कपिलवस्तुको गिवगढी जंगलमा उनले गरेको राष्ट्रिय भेलामा सर्वसाधारणलाई दु:ख दिने सबैलाई एक एक गरी कारबाही गर्ने बताएकाले काला व्यापारी, मिसावट गर्नेहरु, किसानका ठग, उपभोक्तालाई मर्कामा पार्नेहरु, देश ठगेका मन्त्री, सभासद, उच्च कर्मचारी, सुरक्षा निकायमा बसेर ठगेकाहरुलाई कारवाही गर्ने छन् । माओवादी शान्ति संझौतामा आएपछि महल ठड्याउने र महँगा गाडी चढ्ने, बिलासी जिवन बिताउनेपनि निकै छन् । तिसबैलाई निशाना लगाउने योजना छ बिप्लवको । कर छल्ने, कालो धन्दामा मेडिया चलाउने, समाजमा शान्ति भंग गराउने, रकम उठाएर खाने, ठग्ने सबैलाई नेकपा-माओवादी पार्टीकै नाममा धमाधम कारवाही गर्न थालेपछि के हुन्छ ?
धमाधम पार्टीका नेता, सुरक्षा अधिकारी, उच्च प्रशासक, मन्त्री, सभासद र बयपारीहरू कारवाहीमा पार्न थालेपछि एक खालको सन्सनी उत्पन्न हुन्छ । सरकार कारवाहीमा नउत्री सुखै छैन् । हान्नेहरू त छापामार शैलीमा हानेर बेपत्ता हुन्छन् । कार्यकर्ता र पार्टीनै भूमिगत भएपछि हान्यो भाग्यो । तिनलाई पक्राउ गर्न सजिलो हुन्न । पर्छन पक्राउ पर्नेमा बैध्य बाका कार्यकर्ता । तिनलाई पक्राउ गर्ने, यातना दिने, केरकार गर्ने । हैरान पार्छ । बैध्य बाको पार्टीले स्पष्ठिकरण दिँदै हैरान हुन्छ । हरेक पटकाको जनकारवाहीमा पहिलो निशाना यहि पार्टीका कार्यकर्ता हुन्छन् । किनभने बक्तब्य, बिज्ञप्ती र पर्चासमेत नेकपा-माओवादीकै नाममा छापिन्छन् । सरकारले समात्दै कारवाही गर्दै गर्छ । दमनमा परेपछि कार्यकर्ता वाध्य भएर बिप्लबतिरै लाग्छन् । बैध्य बा को पार्टीले की त नाम फेर्नुपर्यो् । क्रान्ति क्रान्ति भन्दै बसेका कार्यकर्तापनि बिप्लवतिरै लाग्छन् । क्रान्तिकारी कार्यकर्ता सबैतिरबाट बिप्लवतिर आउँछन । क्रान्तिकारी साहस नभएका, लोभी, डुलमुले, नाम मात्रका कम्युनिष्टहरू उता नेकपा माओवादीतिर लाग्छन् । बैध्यबाको पार्टीका बिस्तारै बिलिन जस्तो हुन्छन् । यसरी बिप्लव पक्ष पार्टी नाम नफेर्ने निर्णयमा पुगेको छ, तत्कालकालागि ।
उनीहरूले यसलाई २०५२ सालको नेकपा एकताकेन्द्रसित दाँजेर हेरेका छन् । नेकपा एकता केन्द्रबाट फुटेर नेकपा माओवादी बन्दै जनयुद्द शुरु गरेपछि निकै लामो समयसम्म एकताकेन्द्रका कार्यकर्ताले यस्तै दमन, धरपकड र सास्ती ब्यहोर्नुपरेको थियो । जनकारवाही र प्रतिकारमा माओवादीका कार्यकर्ता जान्थे । ती कारवाहीमा उत्रिएर लुकिहाल्थे । पक्राउ पर्नेमा एकताकेन्द्रका हुन्थे । बिप्लवले अब बैध्य बा र आफ्नो पार्टीबिचपनि यहि अवस्थाको श्रीजना हुने देखेका छन् । यसले अन्तत आफ्नो पार्टीलाई फाइदा हुने आँकलन गरेका छन् । पार्टी बैध्य बाले यथावत राखेपनि फाइदा । बैध्य बा पक्षले नेकपा-माओवादी छोडेर अर्को पार्टी गठन गरेपनि फाईदा ! यो त भयो उनीहरूको योजना र सोच । तर अवस्था के यस्तै होला ? जनकारवाहीमा उत्रिएपछि गलत् तत्वहरूले घुसपैठ गरेर दुरुपयोग गर्ने, बदनामा गर्ने र फाईदा लिने गर्न नसक्लान् ?





