तराईमा एक मधेश एक प्रदेश अमेरिकामा थारुहट मागे जस्तो
- मनोज थारु
नेपालको दक्षिणी भू-भाग थरूहट तराईलाई ‘मधेस’ नामाकरण गरेपछि नेपालमा विभिन्न जटिल समस्यहरू सिर्जना हुँदै आएको छ । नेपाल सरकारले थारू सामुदायको पहिचान, अस्तिव, संमक्षण सम्बर्द्धन गर्नुको सट्टा थरूहट भूमिलाई ‘मधेस’ घोषणा गरी उनीहरूको राजनीतिक, सामाजिक, सांस्कृतिकसँगै जातीय खल्बाउने खतरा र चुनौतीहरू दिँदै आएको छ । थारू सामुदायको सोझोपनको नजायज फाइदा उठाउँदै उनीहरूको अस्तित्व संकटमा पार्ने दुस्साहस प्रयास गरिरहेको छ ।
नेपालको खुला सीमानको कारण भारतीयहरू अनियन्त्रित रूपले नेपाल आउने कार्य दिनप्रति दिन बढ्दो छ । उनीहरू अवैधानिक रूपले नेपाल प्रवेश गरी विभिन्न बहानमा नागरिकताको पहाल गर्ने गर्छन् । तर नेपाल सरकारको लपरबाही तथा मधेसीहरूको चतुराईले यो काम सफल हुनुको सथै पूर्णरुपले निरान्तरता पनि पइरहेको छ । यसरी नागरिकता हातमा परिसकेपछि थारूहरू मधेसी हुन तथा तराई मधेस हो भनेर दाबी गर्छन् । तसर्थ नेपाल सरकारले नागरिकता सम्बन्धी नीतिलाई कडा बनाउनुको सथै विभिन्न बहानामा दिइने नागरिकताजस्तो संवेदनशील क्षेत्रलाई बन्द गर्नुपर्छ ।
‘एक मधेस एक प्रदेश’ को माग उठान गरी मधेस आन्दोलन चर्काएका मधेसी दालहरू अहिले देशको उच्च पदमा रमाइरहेको छन् । भनिन्छ, पहडियाहरू पढेर अगडि बढ्छ, बजीहरू बजेर अगडि बढ्छ, जुन कुरा सत्य हो पहाडिया पढेर र बजी बजेर आफ्नो अधिकार पइसकेका छन् । तर थारूहरू पढनु र बज्नु दुवै कार्यमा पछाडि हुँदा फलस्वरूप आज उनीहरूको अस्तित्व सामाप्त पर्दै उनीहरूमाथि मधेसीको बिल्ला लगाइएको छ ।
पदीय अकाङ्क्षा, सत्ता स्वार्थको खेलमा पटकपटक विभाजित बन्दै आएको मधेसी दलहरू ‘एक मधेस एक प्रदेशको’ नाराबाट एक इन्च पनि पछाडि हाटेका छैनन् । हुँदै नभएको मधेस शब्दलाई उठान गरी मधेस प्रदेशको माग गर्नु कतिको उपयुक्त होला। मधेसको नाममा राजनीति गर्ने सत्ता स्वार्थी मधेसी दलहरूको मागप्रति कडा अपत्ति र विरोध गर्छु ।
मधेसीहरूले तराईमा मधेस माग्नु भनेको थारूहरूले अमेरिकामा गएर थरूहट माग्नु बराबर हो । तसर्थ थारूहरूलाई मधेसी भन्नुको अर्थ अमेरिकमा गएर अमेरिकनलाई थारू भन्नु बराबर हो। त्यसैले रातारात तराई प्रवेश गरेका मधेसीहरूले तराईमा मधेस माग्दा योभन्दा लज्मरदो कुरा केही हुँदैन । बुझेर पनि बुझ पचाउने मधेसी नेताहरूको रबैया हेर्दा अच्चमा लाग्छा। एउटा समान्य उदाहरणको लागि, घोडालाई गधासँग तुल्ना गर्न मिल्दैन । घोडा भनेको घोडा नै हो र गधा भनेको गधा नै हो । तसर्थ थारू र मधेसीबीच जमीन र आकाशबीचको फरक छ । त्यसैले अज्ञनता र अनुभिज्ञताको स्याउस्याऊ इबोल भाइरस परेको मधेसी नेताहरूको दिमागमा घोडा र गधा एउटै होइनन् भनेर कहिले बुझ्ने होलान् ।
यदि तराईमा बसेकै आधारमा थारूहरू मधेसी हुन् भने तराईमा घर भएका प्रचण्ड, माधव नेपाल, सुशील कोइराला, सुजाता कोइराला पनि मधेसी हुनुपर्ने हो । तराईमा बसोबस गर्ने गुरूङ, मगर, लिम्बु, नेवार, क्षेत्रीहरु आदि जाति पनि मधेसी हुनुपर्ने हो होइन र ।
सत्ताधरी शोषकहरू, स्वार्थीहरू तथा तराई विरोधीहरू, थरूहट तराई बन्न नदिन एउटा राणनट्ठती रचेका छन्। तराईको विकास नचाहने र थारू सामुदायको धर्म, भाषा, सांस्कृति, चाडपर्व, रीतिरिवाज, भेषभुषाभन्दा फरक फरक ढंगले प्रस्तुत हुने र थारूहरू मधेसी हुन भन्ने तथा थारू सामुदायको पुर्खाहरूले रचेको इतिहासलाई नै गलत भन्ने मनोकंतले आफूले आफूलाई एकदमै जान्ने, बुझ्ने, विद्धान, ठान्छन् होला। तसर्थ ‘मधेस प्रदेशको’ माग राखी तराईलाई बन्धक बनाउन चाहने मधेसी दलको मागप्रति घोर भर्त्सना र विरोध गर्दछु ।
(यो लेख थारुहटबाट लिईएको हो)




