कहिलेबाट भिराइन्छ कामरेड हो गद्दारको बिल्ला ?
यतिखेर यदि कुनै पार्टी चरम संकटमा छ भने नेकपा-माओवादी छ । यदि कुनै पार्टी दिशाहिन छ भनेपनि त्यहि छ । अन्यौलपनि यसैमा छ । किनभने पहिचान सहितको संघियता, कति प्रदेश बनाउने ? कस्तो प्रदेश ? वा नेपालको संविधान बन्ने की नबन्ने ? बने कस्तो बन्ने ? कस्तो संविधान मान्य हुने ? मान्य नहुने संविधान आए पार्टीले गर्ने के ? अँहँ कुनै बिषयमा स्पष्ठ छैन, देशको सबैभन्दा सक्कली, क्रान्तिकारी दाबी गर्ने पार्टी । राष्ट्रियता र राष्ट्रिय अखण्डताका लागि सबैभन्दा चिन्तित भनेर दाबी गरेको पार्टी हो यो । तर भारतीय प्रधानमन्त्रीले हाकाहाकी नेपालको भूमिमा आएर नांगो राजनीतिक भाषण ठोक्दै हिँड्ने बताउँदापनि यो पार्टीले सशक्त आवाज उठाउन सकेको छैन् । भारतीय राजदूतले स्कूल उद्घाटन गर्दा बिज्ञप्ती जारी गरेरै बिरोध गर्ने यो पार्टीले भारतीय प्रधानमन्त्रीको खुला भाषणका संवन्धमा शसक्त विर्दोह गर्न सकेको छैन । ब्यक्ति विशेषका रुपमा बिरोध गरेपनि । त्योपनि स्पष्ठ रुपमा नेत्रबिक्रम चन्दाको धारणा मात्रै आएको देखिन्छ । वा चाहेरनै नऊठाएको हो ।
बरु यतिखेर देश र जनताको चिन्ता होईन । राष्ट्रिय मुद्दामा चिन्तन होईन की पार्टी कसरी जोगाउने ? अब के गर्ने ? नेताहरुकै अस्तित्व के हुने ? भूमिका कता पुग्ने ? यसैमा समग्र पार्टी रुमल्लिएको छ । नेताहरू गूटबन्दिका बिचमा चेपिएका छन् । कार्यकर्ता यता न उताका बनेका छन् । पार्टी संकटमा त छ नै, अब यसका कुन कुन नेताको बिजोग हुने हो ? यसको लेखाजोखापनि शुरु भएको छ ।
हतियार बिसाउने, शान्तिवार्तामा आउने र संविधान सभाको निर्वाचन गरेर राजतन्त्र फाल्ने निर्णय गरेको चुनवान बैठकदेखिनै असन्तुस्ट रहेको भनिएका नेत्रविक्रम चन्द अब जनबिद्रोहको पक्षमा उत्रिएको धेरैले अड्कल काटेका छन् । पार्टीमा जनबिद्रोहको लाइनका पक्षमा दह्रो वकालत गर्दै आएका उनले कार्यकर्ताहरूलाई जनबिद्रोहको पक्षमा गोलबन्द गर्दै लगेको सार्वजनिक भएको छ । उनी अब जोजो आउँछ उसलाई लिएर जाने । नआउनेलाई छोडेर जनबिद्रोहको लाईनमा पुगेको देखिन्छ । अर्थात् क्रान्तिको बाँकी भाग पूरा गर्ने ।
माओवादी चिरा पर्दापनि देव गुरुङ, मोहन बैध्य र राम बहादुर् थापा बादललाई बिप्लबलेनै घसारेर सशस्त्र जनयुद्दका पक्षमा ल्याएको चर्चा गरिन्छ । जनबिद्रोह गर्नका लागि क्रान्तिकारी लाइन समातेर छुट्टिएको भनिएपनि नेकपा-माओवादीले कुनै राजनीतिक भिन्नता देखाउन नसकेपछि बिप्लबले अब जति ढिलो गर्यो उति पार्टी सिद्दिने, यो वा त्यो नाम र बहानामा ड्यास माओवादीपनि बिघटनतिर लाग्ने वा माओवादीमा बिलय गराउँछन भन्ने सोचेर जोखिम लिन खोजेका हुन् ।
माओवादी स्रोतका अनुसार हुन त ड्यास माओवादीका अध्यक्ष मोहन बैध्य पनि सशस्त्र जनबिद्रोहकै पक्षमा छन् । तर उनमा एकखाले त्रास छ, अहिलेनै सशस्त्र बिद्रोहकोलागि अनुकूल परिस्थिती बनेको छ की छैन् ? पार्टी कमजोर भएका बेला त्यो अवस्था छ की छैन् ? दश वर्षे जनयुद्दबाट भर्खरै आएको पार्टीबाट जनताले धोका खाएका बेला तत्कालै जनताले साथ देलान की नदेलान अर्को सशस्त्र बिद्रोहलाई ? अहिलेनै सशत्र बिद्रोहको झण्डा उठाइहाल्दा ठूलो क्षति पो हुन्छ की ? बैध्य यहि दोधारमा रहेको बताइन्छ । उता बादल भने ठूलो जोखिम उठाउने पक्षमा छैनन् । मौका मिले माओवादीसितै एकिकरण गरेर जाने र प्रधानमन्त्री पड्काउने दाउमा रहेको बताइन्छ । माओवादीसित आन्तरिक लडाईले गर्दामात्रै बादल यता ड्यास माओवादीमा रहेको तर्क गर्नेपनि छन् । उनीमाथि पार्टीका लोभीपापीहरूलाई काँधमा बोकेर हिँड्ने गरेको आरोपपनि लागिरहेको छ । बादलबाट अब क्रान्तिका लागि झिँगोपनि मर्दैन भन्ने पक्षमा बिप्लब पक्ष पुगेको छ ।
सिपी गजुरेलपनि भाषण गर्ने । जनवादी क्रान्ति जनबादी क्रान्ति भनिरहने । सूख सुबिधा भोग गर्दै बस्ने । बास्तविक क्रान्तिका पक्षमा नलाग्ने । कार्यकर्ताका बीचमा आलोचित नेताका रुपमा लिईन्छ । देव गुरुङ् अली क्रान्तिकारी मानिन्छन । तर जातीय राजनिति, पहिचानसहितको संघियता र सशस्त्र बिद्रोह कुनैपनि पक्षमा उनको शसक्त भूमिका देखिएको छैन । पद्मरत्न तुलाधरले नेत्रित्व गरेको जनजाति आन्दोलनमा बधाई दिन पुग्छन उनी । तर वर्गिय मुक्ति नभएसम्म जातीय मुक्तिले जनताको बास्तविक मुक्ति हुन्नपनि भनिरहन्छन् । जातीय मुक्तिको आन्दोलनमा भूमिका नहुँदा बिरोधी देखिएला की ? त्यसैमा सक्रिय भए वर्गिय राजनितिबाट टाढा भएको भन्ने आरोप लाग्ला की ? देव गुरुङ्को भूमिका शसक्त हुन सकेको छैन् ।
पार्टीमा नेत्रित्व र आफू स्थापित हुनकालागी सिपी गजुरेल, देव गुरुङ् र बादलले नेत्रबिक्रम चन्दको नेत्रित्व र लाईन समातिहाल्ने अवस्थापनि देखिन्न । किनभने ती सबैले आफूलाई चन्द भन्दा पाका, जान्नेसुन्ने ठान्छन । चन्दा भने को कति पाको हो काम, निति र क्रान्तिकारी लाईनले निर्धारण गर्छ भनेर हाकै चुनौति दिन्छन् । बादल र चन्दको त झन् पार्टीमा तानातान भएको निकै पहिलेदेखि हो । बादल आफूलाई पाको थानेपनि चन्दले भने क्रान्तिकारी स्पिरिट नभएको भन्दै बादलको लाईन माओवादीसित मिल्ने ठान्छन् । बैध्य फेरि सकेसम्म बादल, देव गुरुङ् र चन्दलाई सम्हालेर लैजाने कोसिसमा छन् । मोहन बैध्यलाई तानेर भएपनि आफूसितै लैजाने । बैध्यलाई तान्न सके देव गुरुङपनि तानिन सक्ने बुझाई बिप्लवको देखिन्छ ।
यदि ती बिकल्पलेपनि काम नगरे तीनलाई एक्लै छोडेर हिँड्ने पक्षमा पुगेका छन् बिप्लव । नयाँ पार्टी, नयाँ जनसेना बनाउने उनको प्रयास छ । उनी यसैमा खटेका छन् । फेरि एकपटक जोखिम उठाउने हो, सशस्त्र बिद्रोहका पक्षमा त्यो जोखिम उठाउन सकिन्छ, त्यो परिस्थिती बन्दै छ । बिप्लबको यो बुझाईमा जो लाग्दैन ती कि पलायन हुन्छन् । की माओवादीतिर बिलय हुन्छन् । बाँकी नेताको बीचको बाटो छैन । अन्तत दुबै माओवादीका क्रान्तिकारी, जनवादी क्रान्तिका पक्षधर नेता आफूतिरै फर्किन्छन् भन्ने बिप्लबको बुझाई छ । यतिखेर दुबै माओवादीमा यदि कोहि निश्चिन्त र स्पष्ठ छ भने बिप्लब नै छन् । बाँकी नेताहरूको न निति स्पष्ठ छ । न कार्यदक्षता देखिन्छ । के गर्ने भन्नेमै ती रुमल्लिएका छन् । तर पार्टीका धेरैले बिप्लबको बिद्रोहलाई दुस्साहस भनिरहेका छन् ।
विप्लव समूहले जनबिद्रोहका पक्षमा भेला डाक्ने । कोसिस गर्ने, सकेसम्म पार्टीलाई मिलाएर लैजाने । नसके पार्टी फुटाएर जाने । पार्टी फुटाएपछि वैद्य नेतृत्वको नेकपा-माओवादी चरम संकटमा आउने र त्यो माओवादीतिर बिलय हुने मूल्यांकन बिप्लब पक्षले गरेको छ । यस्तो अवस्थामा माओवादीलेपनि उचित सम्मान नदिने बुझाई उनीहरूको छ । जे होस् अब ड्यास माओवादी फूटको संघारमा पुग्छ, अलिकति ढिलो वा चाँडो । त्यसपछि महान क्रान्तिकारी बनेर छुट्टिएका देव गुरुङ, मोहन बैध्य, सिपी गजुरेल, नेत्रबिक्रम चन्द र बादल लगायतका नेताहरू गद्दारका रुपमा बदलिएको आरोप सुन्न पाइने छ । एक पक्षले अर्कोलाई कारवाही गरेका बिज्ञप्तीलेपनि फेरि एक पटक मेडियाभरि छाउने छन् । बिप्लबको बिद्रोहको परिणती भन्दा पहिलेनै ड्यास माओवादीका केही नेता र पार्टीको हैशियत अस्तित्वकै लागि छटपटाएको देखिने छ । त्यसमा सबैभन्दा अग्र पंक्तिमा सिपी गजुरेल, मोहन बैध्य, देव गुरुङ् र राम बहादुर् थापा बादलनै पर्ने छन् ।
चुनवाङ प्रसंग
माओवादी जनयुद्द घुमधामले चलिरहेका बेला रुकुमको चुनवाङमा माओवादीकी बैठक बस्यो । त्यसैलाई माओवादीले चुनवाङ भेला, बैठक भनेर संवोधन गर्छन् । हो त्यहि भेलामा डा बाबुराम भट्टराईले प्रस्तुत गरेको संविधान सभाको निर्वाचन गराउने, राजतन्त्र फाल्ने र शान्तिवार्तामा गएर हतियार बिसाउने निर्णय पारित गरियो । यसपछी डा बाबुराम भट्टराईले राजनीतिक क्रान्ति पूरा भएको र आर्थिक क्रान्ति गर्न बाँकी रहेको बताउँदै आएका छन् । तर नेकपा-माओवादीका केही नेताले भने चुनवाङ बैठक धोका, गद्दारी र कमजोरी रहेको बताउँदै आएको छ । यसलाई सच्याउनुपर्ने माग तिनको थियो । चुनवाङ बैठकले त्यो निर्णय गर्दा तत्कालिन माओवादीका दुई उपाध्यक्ष मोहन बैध्य किरण र सिपी गजुरेल भारतीय जेलमा थिए । यिनै नेता जेलमा परेका बेला षडयन्त्रपूर्ण ढंगले त्यो निर्णय पारिद गरिएको आरोपपनि लाग्दै आएको छ ।
रुकुमको चुनवाङ देशकै पहिलो जातीय छुवाछूतमुक्त गाविस मानिन्छ । गाविसका कुनै पनि गैरदलितको घरमा दलित भनिएकाहरू बिनारोकतोक आवतजावत गर्ने, सँगै खाने र बस्ने गर्नथालेपछि चुनवाङलाई छुवाछूतमुक्त गाविस घोषणा गरिएको थियो । यो घोषणा गर्न रुकुमका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारी आफैं पुगेका हुन् । यो घोषणा गरेको चार वर्ष पुग्न लागेको छ ।





