देख्नु भो भने खबर गर्नुस् है ?

image001फ्रान्सेली विश्व साईकल यात्री सँताल भालेराको ईमेल आयो।  दुई वर्ष अघिदेखि पेरिसमा भेटौला। गफ सफ गरौंला । दालभात तरकारी र नेपाली अचारले जिब्रो फड्कारौंला भन्दै आएकि थिईन । तर मेसो मिलाउन सकेकि थिईनन । दुई हप्ता अगाडि ‘लौन दाल भात तरकारी कसरि पकाउने हो लेखेर पठाइदेउ’ भन्दै ईमेल गरेकि थिईन । आ, पेरिस आउ न, म देखाएर, पकाएर अनि खुवाएरपनि पठाउँला भनेको थिएँ । लौ आउने भैछन् क्यारे । साईकलमा संसार घुमेकि यिनको गफपनि सुन्न पाइने भो भनेर खुब खुशि हुँदै हत्त न पत्त क्लिक गरें उनको ईमेलमा। ईमेलले खिस्सै पार्‍यो । एक १३ वर्षकि किशोरी हराएको खबर पो रहेछ । झन दुख पो लाग्यो ।

 

ईमेलमा लेखिएको रहेछ-क्रिपया तस्बिर हेर्नुहोस। उनकी आमाको आग्रह पढ्नुहोस र आफुलाई जानकारिमा भएका जतिलाई यो ईमेल पठाइदिनुहोस । यो आग्रह रहेछ आमा एलियान लब्रे को। हराउनेको नाम हो-आस्ले फ्लोर् (Ashley Flores)  यि किशोरी हराएको भएछ दुई हप्ता । कुन पापीले फकाएर वा जबर्जस्ति कहाँ पुर्‍यायो ? वा कतै डुबेर, लडेर केहि भयो । आमाको मन न हो बिचरी आफुले सक्ने सबै कोसिस गरिरहेकि रहिछिन। प्रहरीकहाँ रिपोर्ट। टिभी र रेडियोलाई जानकारी । यसरि हामी जस्तासँग पनि खबर फैलाईदिन भन्दै हारगुहार । आमाको आशा, सबैले विश्वभरिका आफ्ना सम्पर्कमा यो फोटो पठाइदिए एक न एक जनाले चिन्थ्यो कि । स्टेभन प्वाँ भन्ने ब्यक्तिको छोरी यसैगरि फेला परेकि थिइ रे । आफ्नीपनि यसैगरि फेला पर्छे कि ? मनको अन्तरकुन्तरबाट त्यसै आशा किन मर्थ्यो र ?

 

आमाको थप आग्रह-किशोरी फेला पर्ने संभावना अझै रहेको छ।  क्रिपया हामीलाई सहयोग गर्नुहोस । तपाईहरु मध्ये कसैले देखे वा जानकारिमा आए हामीलाई खबर गरिदिनुहोस । यो खबर अरुलाई पठाउन दुई सेकेण्डभन्दा लाग्दैन। क्रिपया सबैलाई पठाइदिनुहोस । यदि यो तपाईको बच्चा हुँदो हो त सबै सहयोगको आशा गर्नु हुने थिएन र !!! हेर्नुस त बिचरा आमाको आग्रह ! तपाईहरुलेपनि यो तस्बिर र अनुरोध क्रिपया सबैतिर खबर गरिदिनुहोस। कतै देखे सुनेमा तलको ईमेलमा खबर पठाएर सहयोग गर्नुस है त ?

 

[email protected]

हामी नेपालीहरु सम्पन्न देशमा कुनै नराम्रो हुन्न । असाध्यै सुरक्षित हुन्छ भन्ने ठान्छौं । तर यूरोपमा यस्ता किशोर ,किशोरी र वालवालिका प्रशस्तै हराउने गर्छन् । सामाजिक विमा, प्रहरी कार्यालय, ठुला सामूहिक निवास भवन लगायतका ठाउँमा निकै देखिन्छन् यसरि वालवालिका हराए भन्दै टाँसिएका पोस्टरहरु ।

तपाइँको प्रतिक्रिया