देश साँस्कृतिक द्वन्दको दिशातिर
- भरत दहाल
शान्ति प्रकृया र राज्य पुनर्स्ंरचनाको बहानाममा नेपालमा विदेशीहरूले जे खेल सुरू गरेका थिए, अब देश त्यहि द्वन्दको दिशामा अग्रसर भएको छ । यसलार्इ अभिव्यक्त गर्ने पात्रहरू जोसुकै होउन र अभिव्यिक्ति जुनसुकै कोणबाट आएको होस्, यथार्थता के हो भने अब देश सभ्यताको लडार्इंतिर अग्रसर हुन्छ । यो नेपालको मात्र होइन, विश्व प्रवृतिका रूपमा देखापरेको छ । आतंकवाद, मानव अधिकार, स्वतंत्र मिडीया, वैयक्तिक स्वतंत्रता, प्रजातन्त्र जस्ता साम्राज्यवादी जार्गनहरू दुनियाँलार्इ दिग्भ्रमित पार्न त्यसको उद्योगबाट उत्पादन गरिएका मालहरू मात्र हुन् । साम्राज्यवादले उतपादन गरेका जार्गनहरूको वास्तविक अस्तित्व दुनियाँमा हुँदैन र आजसम्म देखापरेको पनि छैन । प्रत्येक विषय आफ्नो परिस्थितिको सापेक्षतामा परिभाषित हुन्छ ।
पश्चिमी शक्तिहरूले आतंकवादको जामा बनाएर मुश्लीम सभ्यताका विरूद्ध हमला गर्दै आएका छन् भन्ने कुरा ल्याटीन अमेरीका र खाडीको तुलना गरे मात्र पनि प्रष्ट हुन्छ । ल्याटीन अमेरीकामा अमेरीकि र यूरोपियनलार्इ लखेट्ने देशहरूमाथि पश्चिमाहरूको फौजी हमला भएन । किनभने त्यो साम्राज्यवाद विरोधि आन्दोलन्मा चर्चहरू पक्ष र विपक्षमा विभाजित थिए । भेनेजुयला, चिली, ब्राजिल, अर्जेन्टीना, ग्वाटेमाला आदिका चर्चहरूले राष्ट्रवादी भूमिका खेलेका थिए । त्यहाँ हमला भएको भए इसाइ जगतमा विभाजन आउने खतरा थियो । तर खाडीमा रासायनिक हतियार भएको नक्कलि निहूँ बनाएर इराकबाट सुरू भएको पश्चिमी हमला आज विश्वव्यापी मुश्लीम विरोधका रूपमा प्रकट भएको छ । खाडीदेखि अफगानिस्तानसम्म भैरहेको प्रतिरोध मुश्लीम राष्ट्रवादको अभिव्यक्ति भन्दा केहि होईन ।
नेपालको सत्ता राजनीतिको सार पनि यहि हो । यहाँ लोकतन्त्रको भ्रामक पर्दा खडा गरेर नेपाल विरूद्ध वारपारको लडार्इंलार्इ संगठित गरिएको छ । आफ्ना गुटहरूको एजेन्डामा उभिएर यो तथ्यलार्इ स्विकार नगर्नेहरू आरोप प्रत्यारोपमा उत्रिय पनि नेपालमा अब साँस्कृतिक द्वन्द नै प्रधान भएर जानेछ । केहि बद्यनाम पात्रहरूलार्इ देखाएर यस्तो द्वन्दका आधार र कारणहरूको न्यूनिकरण गर्न खोज्नु मूर्खता को । पात्र जस्तोसुकै होस् तर द्वन्दको विस्तारका कारणाहरू के हुन् भन्ने कुरा महत्वपूर्ण छ । त्यभित्रको अन्तर्वस्तुको सामाजसिक पक्षको महत्व हुन्छ । यो लडार्इंले कुनै सँस्कृति विशेषको मात्र पक्षपोषण गर्नु हुँदैन । नेपालका सबै मौलिक सँस्कृतिहरू एकिकृत भएर आयातित संस्क्रितिका विरूद्धमा उठ्नुपर्छ । जो राष्ट्रको रक्षाका लागि साम्राज्यवाद विरोधि दिशामा उठ्दैनन्र, ति कथित सँस्कृतिहरूको पक्षपोषण कसैले गर्नु हुँदैन ।
(दहाल राजनीतिक विश्लेषक हुन् । यो उनैको फेसबूकमा ब्यक्त बिचार हो )




