कट्टरपन्थीले हान्लान् भन्ने जर्मनीलाई कत्रो चेतावनी !
जर्मनी जति विकास र प्रविधीमा अगाडी बढिरहेको छ उतिनै त्रस्त छ, कट्टरपन्थीहरूले कतिखेर हान्ने हुन् । कहाँ आक्रमण गरेर ध्वस्त पार्ने हुन् भन्ने । पछिल्लो समयमा जर्मन सरकार झन् झन् संशंकित र सतर्क बनेको छ । जर्मन गुप्तचर (खुफिया) एजेन्सीको रिपोर्ट हेर्ने हो भने कहाली लाग्छ, बाफ रे कहाँबाट कसरी यात्रा कट्टरपन्थीहरू छिरे जर्मनीमा भनेर । छ हजार तीन सय युवाहरू सालाफिज्म भनिने कट्टरपन्थी समूहमा लागेका छन् । ती खासमा कतैबाट जर्मनी छिरेका होइनन । बरु त्यहिँका जर्मन नागरिकनै त्यस्तो कट्टरपन्थी समूहमा लागेका हुन् ।
जर्मन मेडियाले यसलाई उती प्रचारमा ल्याएनन् । किनभने यो आफ्नो देशको सुरक्षासित संवन्धित विषय हो । आफ्ना कमजोरीहरू बाहिर नजाउन् । नागरिकहरू नतर्सिउन् भनेर हुनसक्छ । तर जर्मनीको फेडरल अफिस अफ द प्रोटेक्सन अफ द कन्स्टिच्युसन (बिएफभी) का प्रमुख हाँस जर्ज मासनलेनै त्यो सार्वजनिक गरेका छन् । यो तथ्यलाई इरानको प्रेस टिभीले महत्वका साथ प्रचारप्रसार गरेको छ ।
जर्मन खुफिया एजेन्सीले जर्मनीमा कट्टरपन्थीहरूको संख्या बढेको छ भनेर सरकारलाई चेतावनीनै दिएको छ । छ हजार तीन सय त खुफिया एजेन्सीले पत्ता लगाएरै सार्वजनिक गरेको भयो । तिनले जर्मनीको कहिँ कुनैपनि ठाउँमा आक्रमण गर्न सक्ने भए । हान्सले यो वर्षकै अन्तिमसम्ममा त्यो संख्या बढेर सात हजार पुग्नसक्ने चेतावनी दिए । दुई महिनाकै अवधीमा छ, सात सय कट्टरपन्थीको संख्या बढ्यो भने के होला ? उनले चेतावनी दिएकै गत शनीवार हो । तीन वर्ष अगाडी यो संख्या तीन हजार आठ सय रहेछ ।
खास कारण चाहिँ जर्मनीमा बढ्दै गएको बेरोजगारी, अभाव र संकट नै रहेछ । शिक्षित युवाहरूको संख्या बढेको बढ्यै छ । जागिर छैन । युवाहरू बेरोजगार बनेका छन् । ‘जर्मनीको भविष्य छैन, अब युरोपमापनि जागिर पाइन्न । जागिर खोज्न युरोप बाहिर जाउ’ भनेर त जर्मन चान्सलर एन्जेला मार्केलले गत साल हाकाहाकीनै युवाहरूलाई सुझाव दिएकी थिईन् । त्योबेला उनको निकै आलोचनापनि भएको थियो । त्यसपछिपनि जर्मनीको अवस्था त सुध्रिएको छैन । हो, तिनै बेरोजगार युवाहरूलाई कट्टरपन्थीहरूले आर्थिक र अन्य सुबिधाको लोभ देखाएपछी युवाहरू त्यता आकर्षित भएका हुन् । ‘हाम्रो समूहमा आए यस्तो पाइन्छ’ भनेर तीनले युवाहरूलाई लोभ्याउँछन ।
कट्टरपन्थी बनेका ती युवाहरू बाहिरी मुलुकमा जान्छन् । जर्मन अधिकारिहरूको अनुमान छ, करिब चार सय ५० जना ती सालाफिसहरू सिरिया पुगेका थिए लड्नकालागी । ईराक र सिरियामा लडिरहेका आइ एस आइ एल ताकफिरी भनिने लडाकूहरूको समूहमा मिल्न जर्मनीबाट तिनीहरू ती देश गएका थिए । त्यहाँ लड्दा बिभिन्न खाले तालिम, राजनीतिक र कट्टरपन्थी शिक्षा बोकेर, रिस र आबेग लिएर ती फर्किन्छन । लडाकू संगठनले त्यसैगरी दिक्षित पार्छ । मध्यपूर्वमा संलग्न भएका यी लडाकूहरूले जर्मनीमा आक्रमण गर्न सक्छन् भनेर जर्मन सरकार तर्सिएको छ ।
वाहाविज्म र सालाफिज्म यस्ता कट्टरपन्थी संगठन हुन् की अहिले ईरान, इराक, सिरिया, अफ्गानिस्तान लगायतका मध्यपूर्वि देशमा लड्ने, आक्रमण गर्नेनै तिनै हुन् । त्यसबाहेक विश्वका धेरै देशमा यिनले आक्रमण गर्ने, धम्क्याउने गरेका छन् । यिनले बेरोजगार युवाहरूलाई आर्थिक र अन्य प्रलोभन देखाएर, सुबिधा दिएर आफ्नो संगठनमा आकर्षण गरिरहेका छन् ।





