कस्ता लागे कांग्रेसका दुई मोडल ?
नेपाली कांग्रेसले राज्य पुनःसंरचनाको प्रस्ताव गरेको छ । त्यसमा संघीय प्रदेशका दुई मोडल छन् । तिनमा ६ वा ७ प्रदेश हुने भनिएको छ । ६ प्रदेश मध्ये तराईमा पश्चिम तराईलाई नवलपरसीदेखि बर्दियासम्मका जिल्ला मानेको छ। पूर्वी तराईलाइ पर्सादेखि सप्तरीसम्मका जिल्ला मानेको छ। सात प्रदेशमा तराई लुम्बिनी प्रदेश र जानकी प्रदेश हुने भनेको छ । पश्चिम तराईका कञ्चनपुर र कैलाली खप्तड प्रदेश वा सुदूर पश्चिम प्रदेशमा राखिएको छ । पूर्वी तराईका जिल्ला सुनसरी, मोरङ र झापा पुर्वी तराई वा सगरमाथा प्रदेशमा राखिएको छ । कांग्रेसले प्रस्ताव गरेको यो मोडेलमा थरुहट वा थारुवान प्रदेशबारे केही उल्लेख छैन । जबकी थारु हट वा थारुवान प्रदेशकालागि संघर्ष हुँदै आएको छ । के नेपाली कांग्रेसको यो प्रस्ताव राम्रो छ ? मान्य होला ? नेपाली कांग्रेसको राज्य पुनःसंरचना र संघीय प्रदेशहरुको प्रस्ताव कति बैज्ञानिक लाग्यो ? आफ्ना सुजहव दिने र बिचार राख्ने कि ?





