प्रतिबन्धित युरो कांग्रेस अझै किन सक्रिय ?
(प्रतिबन्धित भएपनि युरो कांग्रेसका नाममा नेदरल्याण्ड्समा भएको भेला)
प्रवाशमा नेपाली कांग्रेसको बैधानिक संस्था छ, नेपाली जनसंपर्क समिति । भगिनी संस्था वा पार्टीको संस्था जे भनेपनि त्यहि हो । नेपाली कांग्रेस केन्द्रिय कमिटीले मान्यता दिएको । तर केहि समयदेखि नेपाली कांग्रेस युरोप समितिपनि खुलेको थियो । युरो कांग्रेस भन्दै । त्यसलाई नेपाली कांग्रेसले प्रतिबन्ध लगाइदिएको छ । त्यो कांग्रेसको बिधान अनुसारपनि अबैधानिक र प्रतिबन्धित संस्था हो । तर त्यहि अबैधानिक संस्थाको नामबाट संगठन चलाउने, बिभिन्न कार्यक्रममा प्रतिनिधित्व गर्ने र भाषण ठोक्ने प्रक्रिया भने रोकिएको छैन । यो अबैधानिक संस्थाको कारणलेनै युरोपभरि नेपाली कांग्रेसका कार्यकर्ता र स्थानिय नेताबिच तिब्र बिबाद र घम्साघम्सी पर्छ । परिरहेको छ । नेपालबाट बिभिन्न कार्यक्रम र उद्देश्यले आएका नेपाली कांग्रेसका केन्द्रिय नेताहरुलाई समेत युरो कांग्रेसको बिबादमा तान्ने गरेका छन् ।
गत सेप्टेम्बर ४ मा जनसंपर्क समिति स्पेनको अधिबेशन भएको थियो । त्यसमा केन्द्रिय प्रतिनिधीका रुपमा अर्जुन कुमार जोशी थिए । त्यो अधिबेशनका बेला साँझ पार्टीको आन्तरिक छलफल भएको थियो । त्यो छलफलमा युरो कांग्रेसका बारेमा फेरि बिबाद निस्कियो । यहि दिन अर्जुन जोशीले नेपाली कांग्रेसको बिधानमा युरो कांग्रेस भन्ने कहिँ कतै उल्लेख नभएकाले यसका नाममा कुनैपनि आधिकारिक निर्णय, संलग्नता र काम गर्न नमिल्ने बताए । जोशी कांग्रेसको बिदेश विभाग प्रमुख हुन् । उनले बिधानमा कहिँ कतै उल्लेख नभएकाले यसका नाममा काम नगर्न निर्देशन दिए । यसैबेला देखि यो स्वत अबैधानिक भएको हो । यसलाई नेपाली कांग्रेसकै केन्द्रिय कार्यालयले पत्र काटेर अबैधानिक घोषणा गरिदिएको छ । त्यसो त, जोशीले स्पेनमा यस युरो कांग्रेसका नाममा बैधानिक काम नगर्नु भनेर निर्देशन दिनुभन्दा अगाडिनै नेपाली कांगेस केन्द्रिय कमिटीले युरो कांग्रेसलाई रोक्का गरिसेको थियो (नेपाली कांग्रेस केन्द्रिय कार्यालयले जारि गरेको पत्र हेर्नुस्)।
सेप्टेम्बर ४ कै दिन युरो कांग्रेस अबैधनैक घोषित भएपनि यसका नाममा सक्रियता जनाउन भने छोडिएको छैन । गत सेप्टेम्बर १४ मा नेपाल पत्रकार महासंघ युरोपको अधिबेशन बेल्जियमको आन्तर्पेनमा भएको थियो । त्यो दिन युरो कांग्रेसका महामन्त्री भन्दै गंगाधर गौतमले संवोधन गरेका थिए । उनको नाम सुन्नासाथ कांग्रेसका केहि कार्यकर्ताले खासखुस गरेका थिए । नेपालप्लसका प्रतिनिधीलाई कांग्रेसका केहि कार्यकर्ताले सोधेका थिए ‘युरो कांग्रेसलाई पार्टीले अबैधानिक भनिसकेको छ, किन बोल्न दिनुभएको हो पत्रकारको कार्यक्रममा अबैधानिक संस्थाको तर्फबाट ?’
(यो पत्र केन्द्रिय कमिटीले पहिलेनै काटेको थियो, तरपनि युरो कांग्रेस जारि थियो, अहिले फेरि अबैध घोषणा गरिएको छ)
युरो कांग्रेस अबैधानिक घोषणा भएको नेपाली कांग्रेसकै बेल्जियमका नेता इन्द्र क्षेत्रीले पुष्टी गरे । उनले भने “काँग्रेसको बिदेश हेर्ने बिभाग जनसम्पर्क विभागले युरोप काँग्रेसलाइ पत्र काटेर प्रतिवन्ध गरिसकेको छ । पार्टीको आधिकारिक गतिविधीहरू चलाउने हो भने विधीको बाटो अँगाल्नै पर्दछ । नेताको उपस्थिति मात्रले कुनै सँगठनले वैधानिकता पाउने होइन ।”
एक पक्षबाट अबैधानिक भनिएपनि त्यससित नाम जोडिरहेका गंगाधर गौतमसितै नेपालप्लसले युरो कांग्रेसको बैधानिकता र अबैधनिकताका बारेमा जिज्ञासा राखेको थियो । गत सेप्टेम्बर १९ का दिन उनलाई नेपालप्लसले निम्न प्रश्न सोधेको थियो-
- युरो कांग्रेसको अधिबेशन घोषणा भाको निकै भो, नहुने निश्चित भो ?
- शेर बहादुर देउवा बेल्जियम आउन लाग्नु भएको युरो कांग्रेसको बिबाद मिलाउन रहेछ हैन ?
- ‘कांग्रेस बिदेश बिभाग प्रमुखले त यो युरो कांग्रेस अबैधानिक हो भन्नु भयो भन्ने सुनियो । तपाईले त पत्रकार महासंघ युरोपको अधिबेशनमा फेरि त्यहि युरो कांग्रेस बनेर मन्तब्य राख्नु भयो ?’
गौतमले त्यसको भोली पल्टै जवाफ दिने बताएपनि आठदिनसम्म जवाफ दिएनन् । तर यहि प्रक्रितिको जिज्ञासा राख्दा कोइराला कांग्रेसका भनेर चिनिएका इन्द्र क्षेत्रीले भने आफ्ना लिखित भनाई दिए ।
पार्टीले पत्र काटेरै युरो कांग्रेस प्रतिबन्धित गरिदिएको हो
- इन्द्र क्षेत्री / बेल्जियम
देउवा ब्यक्तिगत काममा युरोप आउन लागेका हुन् । उनि आएको बेला पारेर बेल्जियम जनसक्पर्क समितिले कार्यक्रम राख्ने तैयारी गर्दै छ जसमा मेरो सहयोग समर्थन हुन्छ । वरिष्ठ नेताको आगमनलाइ युरोपीयन काँग्रेसको नाममा ५ वर्ष अघि दुरूपयोग गरेका थिए एकथरीले । देउवाको उपस्थितिमा युरोप काँग्रेसको अधिवेशन गरिएको भनेर हल्ला गरिएपनि देउवाले युरोप काँग्रेसलाइ काँग्रेसको वैधानिक मान्यता दिनेतर्फ कुनै पहल नगरेको हुँदा उहाँलाइ त्यतिबेला ठूलो गुमराहमा राखिएको थियो भन्ने प्रष्ट हुन्छ । यसपालीपनि उहाँको उपस्थितिलाइ गलत ढँगले प्रयोग गर्ने तर्फ एकथरि लागेका छन् भन्ने सुन्नमा आएको छ । त्यस्तो नहोस भन्ने म चाहान्छु ।
वरिष्ठ नेताले युरोप काँग्रेसको गतिविधीमा सहभागी हुने हो भने त्यो सँगठनले वैधानिकता पाउनु पर्छ । पार्टीमा कुनै हैसियत नभएको विवादस्पद नेतृत्व रहेको सँगठनलाइ वरिष्ठ नेताले सम्वोधन गर्न शोभा दिँदैन । काँग्रेसको बिदेश हेर्ने बिभाग जनसम्पर्क विभागले युरोप काँग्रेसलाइ पत्र काटेर प्रतिवन्ध गरिसकेको छ । तर पनि काँग्रेसको सेवा गर्न सबैलाइ छुट छ,कुनै सँगठनमा रहेर वा नरहेर साथीहरू सकृय रहन्छन् भने त्यसमा अापत्ति छैन तर पार्टीको आधिकारिक गतिविधीहरू चलाउने हो भने विधीको बाटो अँगाल्नै पर्दछ । नेताको उपस्थिति मात्रले कुनै सँगठनले वैधानिकता पाउने होइन ।






