कार्यालय बेचेर कमिशन खाने चक्करले माओवादीमा रडाको
(दुइ माओवादीका केहि नेता मिलेर बेचेर कमिशन कुम्ल्याउन खोजेको एउटा यहि हल र यसपछिको तस्विरको पार्टी कार्यालय हो ।)
पत्रकार यादव देवकोटाले आफ्नो सामाजिक सञ्जालमा भनेका छन् “धेरै मानिसहरुले भनेकै थिए–कमाउन नपाएर, मन्त्री नपाएर, पद नपाएर फुटेका हुन् । चितवन कार्यलय भवन बेचेर गोजी भर्ने अभियानमा ठेस पुगेपछि गरिएको विरहीमाथिको कारबाहीले त्यसलाई पुष्टि गरेजस्तो लाग्यो ।” उनले भने जस्तै यतिखेर नेकपा-माओवादी र एकिक्रित नेकपा माओवादीमा कमिशनको चक्कर चलेको छ । त्यो चक्कर दुबै माओवादीको हक लाग्ने चितवन पार्टी कार्यालय बेचेर कमिशन खानकालागि हो । यसलाइ जति लुकाउन खोजेपनि दुबै माओवादीका तर्फबाट आएका प्रेस बिज्ञप्ती र प्रेस बक्तब्य, बिरोध र समर्थनले छर्लङ्ग पार्छन् । यो बिबादले माओवादीमा किचलो, तानातान र भाँडभैलो उत्पन्न भएको छ । त्यति मात्रै होइन, यादव देवकोटाले भने झैं ‘कमिशन, दाम, पद र गाडी नपाएकाले पो पार्टी फुटाएका रहेछन् की’ भन्ने बिगतको आरोपलाई सोच्न बाध्य पारेको छ ।
कसरि लम्बियो बिबाद ?
नेकपा (माओवादी)ले देशका बिभिन्न जिल्ला, इकाईहरुमा पार्टी कार्यालय स्थापना गरेको थियो, शान्ति संझौतामा भएपछि । नेकपा (माओवादी) विभाजन नहुँदै जग्गा खरिद गरेर भरतपुर नगरपालिका-७ मा जिल्ला पार्टी कार्यलय निर्माण गरिएको थियो । अहिले उक्त पार्टी कार्यलयको मूल्य ७ करोड पर्ने अनुमान गरिएको छ । त्यस्तै, चितवनमा शहिद स्मृति सभागृह हल बनाएका थिए । उनीहरुले त्यो हल जनयुद्धको क्रममा शहादत प्राप्त गरेका शहिदहरुको सम्झनामा बनाएका थिए । बैध्य पक्षिय माओवादीका महासचिव राम बहादुर थापा ‘बादल’ र एकिक्रित नेकपा माओवादीका अन्य केहि नेताको मिलोमतोमा पार्टी कार्यालय सहित त्यो हलपनि बिक्रि गर्न खोजेपछि थप बिबाद मच्चिएको बैध्य पक्षका केहि नेताहरुले आरोप लगाएका छन् ।
पार्टी फुटेपछि बहुमत संस्थापन पक्षतिर भएपछि बैध्य पक्षले त्यसमा भागबण्डा हुनुपर्ने माग गरेका थिए । चितवन, धदिङ, पोखरा लगायतका ठाउँमा पार्टी कार्यालय कसले कब्जा गर्ने भनेर झडप भएका थिए । बिभिन्न ठाउँमा आआफ्नै तरिकाले दाबी र पकड जमाउँदै आएका थिए । चितवनम बैध्य पक्षियहरु बलिया भएकाले उनीहरुलेनै कब्जा जमाएका थिए । त्यसमाथि आफ्नो बल पुग्दा फेरि प्रचण्ड पक्षियहरुले कब्जा गर्ने कोसिस गर्थे । पछि बैध्य र प्रचण्डबिच पार्टी फुटेपछि संयुक्त रुपमा जम्मा गरिएको सम्पत्ती भागबण्डा गर्ने सहमती भएको थियो । तर चितवनको पार्टी कार्यालय यथावत थियो ।
(पार्टी कार्यालय बेच्ने कुराको बिरोधमा बिरही र अमरले निकालेको संयुक्त बक्तब्य)
अहिले त्यहि पार्टी कार्यालय बिक्रि गरेर भागबण्डा गर्ने विषयले चर्चा पायो । पार्टी कार्यालय बिक्रि गर्ने भनेपछि दुबै माओवादीका कमिशनखोरहरु सल्बलाउन थालेको स्रोतले बताएको छ । तर माओवादीकै केहि ईमान्दार नेता र अकर्यकर्ता भने त्यो पार्टी कार्यालय बेच्न नहुने निर्णयमा पुगेका थिए । त्यो कुरा केहि उच्च नेताहरुलाइ पचेन । स्रोतको दाबी अनुसार त्यसलाई झटपट बेचेर कमिशन खाने दाउमा केहि नेताहरु थिए । त्यसमा नेकपा-माओवादी (बैध्य पक्षिय माओवादीपनि भनिन्छ) का महासचिव रामबहादुर थापा ‘बादल’ पनि कमिशनकै चक्करमा लागेका थिए । तर त्यसरि पार्टी कार्यालय बेच्नु हुन्न भन्ने पक्षमा उनैको पार्टीका केन्द्रिय सदस्य तथा चितवन जिलल इन्चार्ज अनिल शर्मा ‘बिरही’ लागे । उनीसितै एकिक्रित नेकपा माओवादी चितवनको समानान्तर समितिका ईन्चार्ज रमेश रेग्मी ‘अमर’ले संयुक्तरुपमा प्रेस बिज्ञप्ती निकालेर पार्टी कार्यालय बिर्कि गर्ने कामको तिब्र बिरोध गरेका थिए ।
(पार्टी निर्णय नगरि बादलले आफूखुशि कारवाही गरेको भनिएको प्रेस बक्तब्य)
केहि दिन अघि केन्द्रिय सदस्य अनिल शर्मा ‘बिरही’ र एकीकृत नेकपा माओवादी चितवनको समानान्तर समितिका ईन्चार्ज रमेश रेग्मी अमरले संयूक्त रुपमा जारि गरेको बिज्ञप्तीमा उल्लेख थियो ” जनयुद्धको प्रकृयाबाट आएका केहि भ्रष्ट, अनैतिक नेताहरुले चितवन स्थित पार्टी कार्यालय तथा त्यहाँ रहेको शहिद स्मारक बेच्ने र निजी स्वार्थ पूर्ती गर्ने अनैतिक र भ्रष्ट हर्कतको षड्यन्त्र गरिरहेका छन् ।” उनीहरुले त्यसको घोर बिरोध गरेका थिए । उनीहरुले लगाएको त्यो भ्रष्ट, अनैतिक भन्ने आरोप कसका लागि हो ? बैध्य पक्षिय माओवादीका महासचिव रामबहादुर थापा बादल पार्टी कार्यालय बिक्रि गर्नुपर्ने पक्षमा लागेका र अनैतिक भन्ने शब्द बिगतमा उनी र पार्टी प्रवक्ता पम्फा भुसालबिचको यौन काण्डलाई जोडेर भनिएको भन्ने बुझेर बादल आफ्ना चितवन इन्चार्जसित राँको भएको बताइन्च । उनले एकिक्रित माओवादीका अन्य नेतासित मिलेर पार्टी कार्यालय बेचेर कमिशन खान खोजेको आरोप दुबैतिरका माओवादीले लगाएका छन् । तर त्यसको भरपर्दो पुष्टि गर्न गर्न भने सकेका छैनन् ।
बिरही र अमरले लागएको आरोप आफूतिर सोझ्याएको भन्ने झोंकले पार्टी महासचिव राम बहादुर थापा बादलले चितवन जिल्ला इन्चार्ज अनिल शर्मालाई कारवाही गरेको नेकपा-माओवादी स्रोतले उल्लेख गरेको छ । तर त्यो कारवाही नितान्त ब्यक्तिगत रहेको, पार्टीमा छलफल र बहुमतका आधारमा नभै बादलले आफूखुशि गरेकाले त्यसलाई मान्य नहुने घोषणा नेकपा-मओवादीका सचिव नेत्रबिक्रम चन्द र पोलिटब्युरो स्दस्य खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले सार्वजनिक गरिसकेका छन् । एकातिर रामबहादुर थापा ‘बादल’ अनिल शर्मालाई कारवाही गराउने अर्कोतिर सचिव नेत्रबिक्रम चन्द त्यसलाई अमान्य घोषित गराउने पक्षमा लागेकाले यसले ड्यास माओवादीभित्र थप बिबाद र किचलो उत्पन्न गराएको छ ।
महासचिव रामबहादुर थापा बादलले सनकको भरमा विज्ञप्ती निकालेर आँफुलाई कारबाही गरेकाले केन्द्रिय समितिको निर्णय बिना निकालिएको हस्ताक्षरबिनाको किर्ती जस्तो विज्ञप्ती नमान्ने सिनर्जी एफ एमसितको अन्तर्वार्तामा अनिल शर्मा बिरहीले बताएका छन् ।
‘चोरको खुट्टा काट‘ भन्दा बादल किन ताने फ्याट्ट आफ्ना खुट्टा ?
पार्टी कार्यालय बिक्रि गर्न नहुने भन्दै बिज्ञप्ती जारी गर्दा एकिक्रित नेकपा माओवादीको नेतृत्वतर्फ आफूले संकेत गरेपनि त्यसबाट नेकपा–माओवादीका महासचिव राम बहादुर थापा ‘बादल’ समेत तर्सिएको भन्दै अनिल शर्माले दुवै पक्ष मिलेर बेचेर खान लागेको पुष्टी भएको दाबी गरेका छन् । ‘उहाँहरु विकल्प मान्ने तिर भन्दा पनि त्यो बेचेर खानेतिर हुनुहुन्छ’, बिरहीले भने, ‘अहिले बादल कमरेडको बक्तव्य आउँदा त्यस्तो देखियो । मैले बक्तव्य जारी गर्ने बेलासम्म त्यस्तो लागेको थिएन । हामीले आफ्नो बिज्ञप्ती प्रचण्डपक्षतिरै सोझ्याएका थियौं । तर घटनाक्रमले ‘चोरलाई चोरको खुट्टा काट’ भन्दा आँफैले हत्त न पत्त खुट्टा तानेको जस्तो देखियो ।’उनले पार्टी कार्यालय बिक्रि गरेर केहि नेताहरुले स्वार्थ पूर्ती गर्न खोजेपनि आफूहरुले त्यसको भण्डाफोर गरेरै छाड्ने सिनर्जी एफ एममा अन्तर्वार्ता दिँदै बताएका छन् ।
(बादल त्यसरि कारवाहीमा उत्रिनुको पार्टीमा अर्को कारणपनि छ, त्यसको कारण अर्को लेखमा आउने छ, प्रतिक्षा गर्नुहोला)







