प्रवाशका नेपाली : दलका कार्यकर्ता मात्रै बन्ने कि नयाँ संविधानमा बहस थाल्ने ?
दोस्रो संविधान सभामार्फत नयाँ संविधान बनाउने प्रक्रियामा जानु अघि गोलमेच सम्मेलनको माग गरेको नेकपा-माओवादीपनि यो प्रक्रियामा आ उने भयो । किनभने मुख्य दलहरु र सरकारले उसको माग संवोधन गरेको छ । अब नयाँ संविधानकालागि बहस र छलफल चल्ने छ । कस्तो संविधान बनाउने ? संविधानमा के कस्ता प्रावधानहरु राख्ने ? अब त्यसमा आ आफ्ना स्वार्थ र दलका मान्यता अनुसार तिब्र बहस च्ल्ने छ । नयाँ बन्ने संविधानले पक्कैपनि बिदेशमा बस्ने नेपालीहरुलाई प्रभाव पार्छ । प्रवाशी नेपालीहरुपनि अब बन्ने नयाँ संविधानका हरेक प्रक्रितिकामा कहिँ न कहिँ कुनै न कुनै माध्यमले संलग्न हुनै पर्छ । तर त्यसमा बहस र चिन्तनमनन पर्याप्त हुन सकेको देखिन्न ।
प्रवाशी नेपालीहरु प्रवाशमा कुनै न कुनै माध्यम र दलहरु मार्फत राजनितिमा लागेकै छन् । स्वदेशको कुनै न कुनै राजनितिक दलका कार्यकर्ता, स्थानिय नेता बनेकै छन् । युरोप, अमेरिका, अष्ट्रेलिया देखि जापान हुँदै हङकङसम्म नेपालका राजनितिक दलका भात्री संगठनहरु सक्रिय छन् । हाम्रा राजनितिक दलका निति र नारा ति प्रवाशमै बसेर अनुशरण गर्न खोज्छन् । आफू निकटका दलका विविध कार्यक्रमहरु गर्छन्, प्रवाशमा ।
नेपालबाट कुनै नेता, राजनितिक पार्टीको प्रतिनिधी प्रवाशमा आइपुग्यो कि तिनमा एक खालको हुटहुटी र सक्रियता बढिहाल्छ । प्रवाशका कार्यकर्ताहरु आआफ्ना दलका पक्षमा कार्यकर्ता तानताननै गर्छन् । नेपालमा सरकार र पार्टीहरुबिचको संवन्ध जस्तो बन्छ त्यसको छायाँ प्रवाशमा परिहाल्छ । त्यसैलेपनि अहिले संविधान बनाउने विषयमापनि प्रवाशमा रहेका राजनितिक दलका भात्री संगठनहरुले बहस र छलफललाई प्राथमिकता दिनुपर्छ, यदि नेपालकै राजनिति प्रवाशमा गर्ने हो भने ।
बिदेशमा नेपाली नेता आयो कि चिलले कुखुराको चल्लो झाम्टा मारे झैंगर्ने, पार्टीका लागि दान दक्षिणा र लेबी बुझाउने, नेपालमा भन्दा चर्को राजनिति गर्नेहरुले नयाँ संविधानका बारेमा राजनितिक बहस केन्द्रित गरे कसो होला ? संविधान बनाउने प्रक्रियामा जानु अघि गोलमेच सम्मेलनको माग गरेको बैध्य माओवादीपनि आफ्नो गोलमेच सम्मेलनको माग संबोधन भएपछि अहिलेकालागि प्रक्रियामा आएको छ । नयाँ संविधानका विषयमा बहस हुनु जरुरी छैन र बिदेशका नेपालीहरुबिचपनि ? नत्र बिदेशमा नेपाली राजनितिको झोला बोक्नु, कार्यकर्ता बन्नु, नेताका पछाडि दगुर्नुको मात्रै के औचित्य रह्यो र ? बेल्जियममा अलिअलि बहस भएको देखिन्छ सार्वजनिक कार्यक्रम गरेर । अन्यत्र खासै देखिन्न । सामाजिक सञ्जालहरुमापनि त्यहि बहस हुनुपर्ने होइन र ? बिदेशमा बसेर नेपालको राजनिति गर्ने नेता, र तिनका भात्रि संगठनहरुलेनै यसमा शुरु गर्नु राम्रो होइन र ? किनभने कम्तिमा नयाँ संविधानमा प्रवाशमा रहेका नेपालीहरुको मागलाईपनि त नयाँ संविधानमा संबोधन गरिनुपर्छ नी !!





