कस्तो अनौठो जिव है एमाले भन्ने ?
देशका ग्रिह मन्त्री वामदेव गौतम । जनताको शान्ति सुरक्षा गर्ने प्रमुख जिम्मेवारी उनैको । हरेक जनको, सबैको
धनको पूर्णसुरक्षा गर्नैका लागि उनी बनेका हुन् ग्रिह मन्त्री । सरकार निर्माण गर्दापनि एमालेले जनताको शान्ति सुरक्षा गर्छु भनेरै होला ग्रिह मन्त्री आफैंले पाउनुपर्ने अडान राखि राखि त्यो पद लिएको हो । तर सर्व साधारणको त के एमाले ग्रिहमन्त्रीले बुटवलका आफ्नै कार्यकर्ता प्रचण्ड थैवलाई जोगाउन सकेनन् । उनको हत्या भयो । उनको हत्यारालाई पक्रिएर कार्वाही गर्नु पर्यो भन्दै एमाले सिंगो पार्टी बुटवलमा गर्जियो । हजारौं एमाले कार्यकर्ता र नेताहरु सामेल भए लौन हत्यारालाई कारवाही गर्नुपर्यो भन्दै । जोशिला नारा लगाए । सरकारकै साझेदार एकिक्रित माओवादीलाई गाली गरेर आकाश गर्जियो । उनीहरुले ठोकेरै भने-हत्यारा माओवादीका कार्यकर्ता हुन् । यो नचिनिकनै त पक्कै भनेनन् । एमालेले नै भनिरहेको छ-हत्यारालाई तत्काल गिरफ्तार गर्ने आश्वास पनि दिए रे प्रधानमन्त्री दाहालले । अनि प्रधानमन्त्री दहाल हत्यारा गिरफ्तारको पक्षमा भैसकेपछि केले रोक्यो एमालेलाई ?
एक त हत्यारा जुनसुकै पार्टी, वर्ग र क्षेत्रको होस उसले उन्मुक्ति पाउनै हुन्न । खोजि खोजि समातेर कार्वाही गर्नुपर्छ । झन् राजनितिक ब्यक्तिको हत्यामा संलग्न । हत्यारा चिनिसकेपछि तत्कालै समातेर कारवाही गर्न सक्ने अधिकार र हैसियत ग्रिहमन्त्रीलाई छ । पार्टीले पहिचान गरिसकेको हत्यारालाई पक्राउ गर्न एमाले ग्रिह मन्त्रीलाई कसले कहाँबाट कसरि रोक्यो ? एमाले आफैले ग्रिह मन्त्रालय सम्हालेर पनि हत्यारालाई कारवाही गर्नुपर्यो भन्दै सडक अवरुद्द पार्छ । जनतालाई शान्ति सुरक्षाको प्रत्याभूती देला भन्दा त झन् आफैं जनता समक्ष गएर ‘लौ हाम्रा कार्यकर्ता जोगिएनन्, जोगाउन सकिएन, कारवाही गर्नुपर्यो‘ भन्दै जनतालाई पो सुनाउँछ । ग्रिह मन्त्रीकै कार्यकर्ता नजोगिएपछि कसको ज्यानको भर होला ? ग्रिह मन्त्रीकै पार्टीले ‘हाम्रा कार्यकर्ता जोगिएनन्‘ भन्दै सडक अवरुद्द पार्न थालेपछि सर्वसाधारण जनता कहाँ जाने होला ?
यो अचम्मै होईन भन्या ? आफैंले ग्रिह मन्त्रालय चलाएर आफैंले आफ्ना कार्यकर्ताको हत्यारालाई पक्रेर कारवाहीको माग गर्नु नाटक होइन ? नालायकी होइन ? कि प्रधानमन्त्रीले ग्रिह मन्त्रालय स्वतन्त्र ढंगले चलाउन नदिएको भए, हत्यारालाई पक्राउ गर्न नदिएको भए स्पष्ठसँग भन्नु पर्ने होइन र जनतालाई ? आफ्नो मन्त्रालय स्वतन्त्र ढंगले चलाउन नपाएको भए कि त राजिनामा दिएर हिँड्नुपर्ने होइन त एमाले ? नत्र आफैंले ग्रिह मन्त्रालय सम्हालेर आफ्नो कार्यकर्ताको हत्यारा पक्रिन नसक्ने अनि जनतामा कराउँदै हिँड्ने यो एमाले भन्ने अनौठो जिव होइन त ? पदमा टाँस्सिइरहने, केहि गर्न पनि नसक्ने पुरानो द्वैध नीतिको रोग कहिले छोड्ला खोइ एमालेले ?




