डनवादका पक्षमा एमाले नाटक

uml-support-for-chari-don

दिनेश अधिकारी नामका ‘चरी डन’ मारिए । प्रहरीले दोहोरो भिडन्तमा मारिएको दाबी गरेको छ । उनी नेकपा (एमाले) कै स्थानिय नेता बनाइएका थिए । एमालेकै सरकार छ । ग्रिह मन्त्री एमालेकै छ । एमाले पार्टीकै कार्यकर्ता । तर एमालेकै अर्काथरी कार्यकर्ता सडकमा उत्रिएर जात्रा देखाउँछन् । सडक बन्द गर्छन् । जनतालाई सास्ति दिन्छन् । चरीले एमालेकै संरक्षणमा अरुको हत्या गर्दा चुँक्कसम्म नबोलेका कार्यकर्ता डनको हत्या हुनासाथ सडकमा उत्रिए । अझ बिभिन्न अपराधिक घटनामा संलग्नलाई शहिद घोषणा गर्नुपर्ने माग राखेर सार्वजनिक स्थलमा उत्रिएर शहिद शब्द र मर्मकै बेइज्जती गरेका छन् । एउटा अपराधीका विषयमा सिंगो राष्ट्र बिभाजित भएको छ । राष्ट्रको ध्यान डनबादतिर तानेका छन् । 

एमालेकै ग्रिहमन्त्री प्रहरीसितको मुठभेडमा मारिएको बताउँछन् । महान नेता भनिएका, बौद्दिक नेता, लेखक भनेर भिन्नै ब्यक्तित्व बनाएका प्रदीप नेपाल  प्रहरीले मारेको दाबी गर्छन् । एमालेका अर्का नेता सुरेन्द्र पाण्डे त झन मारेर लगेर फालिएको भनेर संसदमै दाबी गरे । उनलाई साथ दिने दर्जभन्दा बढि एमाले नेता देखिए । केको नाटक हो यो एमालेको ? यो नाटक कसकालागि हो ?

dinesh-adhikari-don-chariदश वर्ष लामो द्वन्द कालमापनि सुरक्षा अधिकारीहरुले दोहोरो मुठभेड भन्दै निहत्या मानिसहरु मार्ने गरेका थिए । सर्वसाधारणको हत्या भएको थियो । बिना कसुर नियन्त्रणमा लिएर मुठभेडका नाममा हत्या गरिन्थ्यो । निमुखा जनताको हत्यामा नेपालको सुरक्षाकर्मी अगाडीनै छन् । डन होस वा कुनै अपराधी । सरकार आफैंले गोली हानेर हत्या गर्न पाउन्न । हरेक नागरिकको मानव अधिकारको रक्षा हुनै पर्छ । त्यसैको लागि राज्यको धनराशी खर्च गरेर जेल, बन्दिग्रिह बनाइएको छ । त्यसैले अपराधीलाई पक्राउ गरेर जेलमा राख्नुपर्छ । कानुनी सजायँ दिनुपर्छ । अपराधीनै किन नहोस् जानी जानी हत्या गर्नु अर्को अपराध हो । सरकार स्वयं अपराधमा उत्रिनु अझ गम्भिर विषय हो ।

अझ कुनै अपराधीका विषयमा एमाले पार्टीकै नेता बिभाजित हुनु, एमालेकै नेताले अपराधीलाई शहिद घोषणा गरिनुपर्छ भनेर संसदमा उफ्रिनु, टबल ठोक्नु लज्जास्पद विषय हो । अपराधका बिभिन्न मुद्दा खेपेको ब्यक्ति मारिँदा सिंगो राष्ट्र बिवादमा तानिएको छ । पक्ष र बिपक्षमा उत्रिएको छ । देशमा बाढी, पहिरो र भूक्षयले करोडौं करोडको क्षती भएको छ । नेकपा एमाले नेता आफैं सरकारमा भएरपनि तिनलाई राहत दिन वास्ता गर्दैनन् । नेकपा एमालेका डनपक्षिय कार्यकर्ता प्राक्रितिक आपत्तीमा परेकालाई राहत देउ भनेर जुलुस निकाल्दैनन् । दबाब दिँदैनन् । तर आफ्नै पार्टी सरकार भएरपनि ति आफ्नै नेतालाई विश्वास गर्दैनन् । आफ्नै सरकारको अवज्ञा गर्छन् । डनबादकै पक्षमा उभिन्छन् । योभन्दा लज्जास्पद के हुन सक्छ ?

कुनैपनि नागरिक झुठो भिडन्तका नाममा मारिनुहुन्न भनेर आवाज उठाउनु जायज हो । जनयुद्दका बेला धेरै नागरिकको त्यसरि हत्या गरिएको छ । मानव अधिकारबादी संस्थाको रिपोर्टले त्यहि देखाउँछन् । ति सबैको निस्पक्ष छानबिन गर्नुपर्छ भनेर एमाले नेता, कार्यकर्ता माग गर्दैनन् । तर अपराधिक क्रियाकलापमा मुछिएका डनलाइ शहिद घोषणाको माग गर्छन् । एमाले नेता त्यसैमा स्वर मिलाएर संसदमा कुर्लन्छन् । कम्युनिष्ट पार्टीको यस्तो नाटक टुलुटुलु हेर्न जनता बाध्य छन् । यो डनबाद अझ हुर्किँदै र झ्याङ्गिँदै जाने संकेत देखिन्छ । किनभने डनवाद अहिले जनताका गम्भिर समस्या हल गर्नुपर्ने, राष्ट्रिय विषयमा बहस हुनुपर्ने संसदभित्र कम्युनिष्ट नामधारी पार्टीले प्रवेश गराएको छ । डनवादलाई संसदमा प्रवेश गराएर एमालेले राष्ट्रिय बहसको नयाँ आयाम थपेको छ । यो भन्दा लज्जास्पद नाटक जनताले के हेर्ने ?

एमाले ग्रिहमन्त्री मुठभेडमै मारिएका हुन् चरी डन भन्छन् । एमालेका केहि नेता त्यसैमा सहमत छन् । अर्काथरी नेता त्यसैलाई पार्टीमा छलफल नगराएर संसदमा पुर्याउँछन् र हत्या गरेर मिल्काएको दाबी गर्छन् । सिंगो संसदलाई डनवादका पक्षमा घिसार्न खोज्छन् । एमालेका कार्यकर्ता नारा जुलुस गर्छन् शहिद घोषणाको माग गर्दै । एमालेको यो नाटक कहिलेसम्म हेर्ने जनताले ? अति भो डनबादका पक्षमा एमाले नाटक, अति भो ।

तपाइँको प्रतिक्रिया