लिन आए कि दिन आए मोदी ?
नरेन्द्र मोदी आए । दुई देशबिचको आर्थिक, सामाजिक, राजनितिक संवन्धकालागि यस्तो भ्रमण हुनुपर्छ । यसैपनि लामो समय भयो भारतीय प्रधानमन्त्रीले नेपाल भ्रमण नगरेको । त्यसैलेपनि यस्तो भ्रमण झन बढि महत्वपूर्ण छ । तर मोदीको भ्रमणलाई हाम्रा नेता, हाम्रा केहि मेडिया र ठूला दलहरुले नेपालमा मोदी दिन मात्रै आए जस्तो गरेका छन् । मोदीको भ्रमण नेपाललाई प्राथमिकतामा राखेर, नेपालको स्वार्थ र हितलाई प्रथमिकतामा राखेर आए जसरि प्रचार गरेका छन् जुन घातक हो ।
मोदी नेपालका लागि भनेर आएका होइनन् । उनी भारतीय स्वार्थ र हितका लागि आएका हुन् । मोदीलाई नेपालको पानी चाहिएको छ । केहि दशकमा भारतमा करोडौं जनतालाई पानीको संकट पर्दै छ । जनसंख्या जति बढ्यो उति सिँचाईको आवश्यकता पर्छ । उज्यालो चाहिन्छ । कलकारखानाका लागि बिजुली चाहिन्छ । त्यसकालागि भारतलाई नेपालको पानी चाहिएको छ । हो त्यसैकालागि आएका हुन् मोदी ।
मोदी आउनुको अर्को कारण नेपालमा लगानी गरिरहेका भारतीय उध्योगी, ब्यापारी, लगानीकर्ताको लगानीलाई सुरक्षित बनाउनु हो । नेपाल सरकारसित तिनको लगानीमा सुरक्षित गर्नु, प्रभाव पार्नु, सुनिश्चित गर्नु हो । मोदी त्यसकालागि आएका हुन् । नेपालमा अझ बढि भरतीय लगानी बढाउनु उनको उद्देश्य हो । नेपालसित उर्जा सम्झौता गरेर भारतमा बढ्दो उर्जा संकटलाई टार्नु मोदीको अर्को ध्येय हो ।
नेपालमाथि भारतीय दबाब, प्रभाव र दादागिरी चल्दै आएको धेरै समय भयो । नेपाललाई सधैं त्रसित र सशंकित पार्दै आएको छ भारतले । असल छिमेकीको ब्यवहार गरेको छैन । बलियाले कमजोरलाई न्याक्ने भारतीय निति रहँदै आएको छ । असल नियतले, बिगतको दादागिगिरी भन्दा असल छिमेकीको नातो बनाउन चाहन्छ भारतले भने मोदीले अब त्यसलाई सच्याउनुपर्छ । यसमा हाम्रा नेताले प्रस्टसित आफ्ना अडान र आवश्यकता राख्नुपर्छ ।
मोदी नेपालमा भारतीय प्रभाव अझै बढाउन चाहन्छन् । अन्तर्राष्ट्रिय जगतमा नेपालको समर्थन जुटाउन चाहन्छन् भारतीय पक्षमा । अन्तर्राष्ट्रिय जगतमा छिमेकीको समर्थनले ठूलो अर्थ राख्छ । मोदी त्यो जुटाउन चाहन्छन् ।
उनले नेपालमा जे जे गर्छन्, जुन जुन संझौता गर्छन् त्यो भारतीय लगानी बढाउन गर्छन् । त्यसैले यो भ्रमणमा मोदी दिन भन्दा लिन र भविष्यकालागि लगानीनै गर्न आएका हुन् । त्यसैले यो भ्रमणलाई मोदीले दिन आएको भनेर मात्रै बुझ्दा घातक हुन्छ । लिन आउनेले त आउँछ, दिनेले होस् गर्नुपर्छ कति दिने ? आफ्नो हित अनुकुल दिनुपर्छ । आफ्नो राष्ट्रिय हित नहेरी मोदीले लगानी गर्न खोजे इन्कार गरिनुपर्छ ।
भारतसित अहिलेसम्म भएका कुनैपनि संझौता सन्धीमा नेपालको हित भएको छैन । भारतले गुमाउने र दिने गरेकै छैन । नेपालले गुमाएकै छ । भारतीय नेताको नेपाल भ्रमण भन्नासाथ नेपालीहरु सशंकित हुनुपर्ने भारतीय कारणले गर्दा हो । त्यसलाई मोदीको ब्यवहारले सुधार्नुपर्छ । यो भ्रमणमा बिगतका भारतीय कमजोरीलाई सच्याउनु पर्छ । नेपालले फेरिपनि गुमाउनुहुन्न । दुबै देशलाई हित हुनेगरि बनाईनुपर्छ संवन्ध र गरिनुपर्छ लगानी ।
हाम्रो देशमा लगानी कसरि, कहाँ, कुन क्षेत्रमा कसरि गर्ने भन्ने नेपालको विषय हो, मोदीको होइन । उनको भ्रमणमा सकेसम्म नेपालले बढि लिनसक्ने अवस्था बनाउनुपर्छ । नेपालले गुमाउने अवस्थामा कुनैपनि क्षेत्रमा संझौता हुनुहुन्न । उनको भ्रमण उनैले चाहेर बनाइएको हो । नेपाल चाहेर होइन । त्यसैले मोदी नेपालका सबै समस्याको समाधानका पोका लिएर बाँड्न आएका हुन् भन्ने रुपमा हेर्नु महा भूल हो ।




