राष्ट्रिय हित र भारतसँग कस्तो हुनुपर्छ संबन्ध ?

भरत दहाल

bharat-dahalनेपाल र भारतको शासकवर्गले नेपाल र नेपालीहरूका विरूद्धमा गर्न लागेको अर्को षडयन्त्र जनमतको व्यापक विरोधपछि हच्केको छ। यो सकारात्मक परिदृष्य हो। नेपालीहरूमा बढ्दो राष्ट्रिय चेतनालार्इ ध्यानमा राखेर तिनीहरू सुध्रने बाटोमा जान्छन् भने त्यो पनि सकारात्मक पक्ष हुनेछ ।

तर यो पछि हटार्इ बाध्यताको उपज हो भन्ने कुरा प्रष्ट छ । यीनीहरूले पुनः भित्रि खेलहरू खेल्नेछन्। व्याख्यामा गाेलमाल गर्ने प्रयास गर्नेछन् । यसका केहि संकेतहरू देखा परिसकेका छन् । यसबारे आम नेपालीहरू समयमैं जानकार हुनु पर्दछ । यस्तो षडयन्त्रको गन्ध “राष्ट्रिय हित र भारतसंगको असल संबन्ध”को परिभाषामा देखापर्न थालेको छ ।

१- काला बजारीया, तस्कर, दलाल पूँजीपति र कमिशनखोरहरूले विदेशी पूँजीपति र बहुराष्ट्रिय कम्पनीहरूसंग मिलेर नेपालका श्रोतसाधनहरूको दोहन गर्ने र दलालीबाट आफूलार्इ प्राप्त हुने फार्इदालार्इ धुरीमा राखेर राष्ट्रिय हितको व्याख्या गर्न थालेका छन् । यो दलाल व्याख्यालार्इ पूर्ण रूपमा अस्विकार गर्नु पर्दछ । 

२- राजनीतिक वृत्तमा रहेका गुप्तचर, एजेन्ट र दलालहरूले विदेशीहरूको आडमा आफू सत्तामा पुग्ने प्रश्नलार्इ आधार बनाएर “राष्ट्रिय हित र भारतसंगको असल संबन्धको व्याख्या गर्न प्रयास गरेका छन्। पद, प्रतिष्ठा र संपत्तिसंग जोडिएको यो व्याख्यालार्इ पनि दृढतापूर्वक अस्विकार गर्नु पर्दछ ।

३ -पैसाले नेपाली नागरीकता किनेर भारतको आडमा नेपालमा नेतागिरी गर्दै आएका भारतीयहरूले आफ्नो चेलीबेटी र रोटीको संबन्धलार्इ अगाडी सारेर भारतको ताबेदारी गर्नुपर्ने कुरालार्इ संबन्धकोमूख्य आधारका रूपमा देखाउँदै आएका छन्। यीनीहरूको भारतीय चेतना अनुसार भारतसंग त्यस्तो कुनै संबन्ध नभएका तरार्इ, पहाड र हिमालय क्षेत्रका नेपालीहरूकाे जीवन प्रणाली यस्तो संबन्धलार्इ परिभाषित गर्ने आधार नै होइनन् । यी परचक्रिहरूको बकबास राष्ट्रको अवधारणासंग कतैपनि संबन्धित छैन् ।

नेपालको राष्ट्रिय हित र यसका आधारमा भारतसंग परिभाषित हुने संबन्धका आफ्ना आधारहरू छन् । ती आधारहरू यी हुन्- 

(क)  नेपालको हितका आधारमा भारतसंगको संबन्धलार्इ सकारात्मक रूपमा परिभाषित गर्नका लागि सर्व प्रथम दार्चुलाको कालापानी क्षेत्रबाट भारतीय फौज विनासर्त फिर्ता हुनु पर्दछ र जंगबहादुर र अंग्रेजहरूका बीचमा भएको संझौतानुसार सिमांकन गर्नु पर्दछ । एउटा स्वतन्त्र देशमा कुनै विदेशी फौजको जबर्जस्ति उपस्थिति वा कब्जा रहँदासम्म त्यो देशको न स्वाभिमान रहन्छ, न त्यसको शिर उँचो हुन सक्छ न त हस्तक्षेपकारी पक्षसंग सकारात्मक संबन्ध कायम हुन सक्दछ । भारतले कालापानीबाट फौज नहटाएसम्म त्यसले नेपालमा आक्रमण गरेको अवस्था कायम रहिरहन्छ ।

(ख) द्विपक्षिय संबन्धको अर्को आधार आपसि संबन्धमा कायम हुने समानता र सम्मानकाे अवस्था हो । भारतसंग गरिएका अपमानजनक संधि-संझौताहरू कायम रहेसम्म वा दलालहरूलार्इ प्रयोग गरेर त्यसले हडपेका शोतसाधनहरूको न्यायोचित ढंगले बाँडफाँड नभएसम्म त्यससंग कुनै पनि अवस्थामा असल संबन्ध कायम हुन सक्दैन ।

(३) नेपालमाथि भारतीय पक्षबाट हुँदै आएका अपराधहरूको जड खुला सिमाना हो । यसैलार्इ ढाल बनाएर त्यसले नेपालमा अपराधिहरू परिचालन गर्नेदेखि जनसंख्या अतिक्रमण गर्नेसम्मका कामहरू गर्दै आएको छ । जबसम्म सिमाना बन्द गरेर पासपोर्ट लागु गर्ने पक्षमा त्यो आउँदैन, तबसम्म त्यसको कुरामाथि विश्वास गर्न सकिँदैन र आपसि संबन्धमा सुधार हुन पनि सक्दैन ।

यी संबन्ध सुधारका न्यूनतम् सर्तहरू हुन् । यसपछि मात्र बाँकि कुराहरूमाथि हुने छलफलले सार्थकता हासिल गर्न सक्दछ । दलालहरूको राष्ट्रिय हितको व्याख्यादेखि सावधान गराएर आम नेपालीहरूलार्इ उपरोक्त विषयहरूको महत्वप्रति जागरूक गराउनु पर्दछ । नाफाखोर दलालहरूको कुप्रचारबाट समयमैं सजक बन्न सकिएन भने घाइते बाघझैं तिनीहरूले धराप थापेर ऐन मौकामा हमला गर्नेछन् ।

(दहालको फेबुकबाट)

तपाइँको प्रतिक्रिया