राजदूत नियुक्त गर्न नसक्ने हुतिहारालाई किन टेरोस् भारतले ?
भारतमापनि हुन्छ सरकार परिवर्तन । डा मनमोहन सिं प्रधानलन्त्री हुनुअघि भारतीय सरकारपनि परिवर्तन भैराख्थ्यो । तर कूटनितिक क्षेत्रमा जतिसुकै सरकार आए गएपनि भारतीयहरुलाइ उति फरक परेन । अर्थात् कूटनितिका मामिलामा ति चुकेनन् । हामी भारतलाई धेरै सराप्छौं । तर भारतभन्दा हामी धेरै विषय, धेरै क्षेत्रमा चुकेका छौं, कमजोर छौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अब नेपाल आउँदै छन् अनेक मुद्दाका पोका लिएर । तर तिन वर्षदेखि हामीले भारतमा राजदूत नियुक्ति गर्न सकेका छैनौं । नयाँ दिल्लीको बाराखम्बा रोडमा रहेको यो नेपाली दूतावास भवन अहिलेपनि नेपाली राजदूतबिहिन छ । के संकेत गर्ला यसले ?
सन् १९५० को सुगौली सन्धी पुनरावलोकन देखि ब्यापार घाटा, कोशीको कटान र भारतीय बाँधले नेपालमा पारेको डुबानको क्षती, उर्जा संझौता जस्ता महत्वपूर्ण विषयमा वार्ता र सहमतीको प्रयास हुँदै छ । यस्तो विषयमा राजदूतले आफ्नो देशको हितका बारेमा ग्रिहकार्य गर्ने हो । आफ्नो हित अनुकूल आफू बसेको देशमा काम गर्ने । सहमतीको प्रयास गर्ने । राजदूत आफैंले दौडधुप गरेर सकेसम्म सहमती बनाउने र असहमतीका बुँदा माथिल्लो तहमा पठाउने, सुझाव दिने हो । भारतीय राजदूत रन्जित रेले त्यहि गरिरहेका छन् आफ्नो देशकोलागि । तर हाम्रो देशले तिन वर्ष भयो राजदूत समेत नियुक्ति गर्न नसकेको ।
बिदेशी राजदूत हाम्रा मन्त्री, प्रधानमन्त्रीका बिस्तारासम्मै पुग्छन् भनेर हामी गुनासो, बिरोध गर्छौं । त्यसो हुनुमा योपनि एक कारण हो । आफ्नो देशको राजदूत भएको भए दुई देशका राजदूत भएर सहमती, बादबिबाद, छलफल र बहस गर्दा हुन् । राजदूतनै नभएपछि के गर्ने ? छिमेकी मुलुकका राजदूतले सहमतीका लागि सिधै माथिल्लो तहमा सिधा प्रयास गर्छन् । नाथे राजदूतपनि नियुक्त गर्न नसक्ने नेता भनेर हेप्छन्, पेल्छन् ।
भारतमा हाम्रो देशले राजदूत नियुक्ति गर्न सकेको भए तिनै राजदूतले पहिलेदेखिनै आफ्ना देशका प्राथमिकताका विषयमा छलफल गर्थे । त्यसो गर्दा दुई देशका हितका विषयमा पर्याप्त छलफल र पुन बहस गर्न सकिन्थ्यो । विशेषज्ञहरुको सुझाव लिन सकिन्थ्यो । भारतमा जाने राजदूत तगडा, दुई देशको हित हेर्न, बुझ्न सक्ने, तार्किक, बहस गर्न सक्ने, दुई देशको संबन्ध बुझेको राजदूत हेरेर नियुक्त गरिन्न । हाम्रोमा रजदूत नियुक्ति गर्ने भनेपछि पार्टीहरुबिच मारमुंग्री चल्छ । राजदूत बन्नकालागि घूसको थैली बोकेर नेताका घर धाउँन थाल्छन् । राष्ट्रिय हित भन्दा पैसाको थैली कसले मोटो दिन सक्छ भनेर हेर्ने गरिन्छ ।
भारतको कूटनिति राष्ट्रिय हित, प्राथमिकता र स्वार्थमा हुन्छ । हाम्रो पारिवारिक, पार्टीगत, आर्थिक फाईदागत र गूटगत हितमा हेरिन्छ । कूटनितिक नियुक्तिका बारेमा आफ्नो देशको सम्बन्ध र पार्थमिकता हेरेर भारतमा कूटनितिक नियुक्तिको एउटा प्रचलन् र मापदण्ड छ । त्यसैले जोसुकै सरकारमा जाओस्, जुनसुकै पार्टीले सरकार हाँकोस् कूटनितिक नियुक्ति त्यहि राष्ट्रिय हित र प्राथमिकताका आधारमा हुन्छ । तर हाम्रो देशमा त्यस्तो केहि छैन । जसको शक्ति उसको भक्ति । राजदूत हुनकै लागि पैसाको बिटो बुझाएपछि उसले पनि राष्ट्रिय हित हेर्ने कुरो हुन्न । राजदूतले आफ्नो पैसा उठाउन लाग्छ भ्रस्टाचार गरेर । त्यसपछि आफ्नो दरसन्तानलाई पुग्ने कमाउन थाल्छ, मोजमस्ति हेर्छ । मस्तिले घुम्छ । आफ्नो पार्टी, आफ्नो गूट र आफूलाई राजदूत नियुक्त गर्ने नेताको हितमा तल्लिन हुन्छ । त्यस्तो ब्यक्तिलाइ दुई देशको संवन्धको ज्ञान र राष्ट्रिय हितका प्राथमिकताको हेक्का पनि हुन्न ।
हाम्रा नेता, हाम्रो सरकार राजदूत नियुक्ति गर्न सक्दैनन् । राजदूत नियुक्तिमै घुस, दबाब र आफ्नो, आफ्नो पार्टी र फेरि पार्टीभित्रपनि गूटको छानिन्छ । भारतीयहरुलाई यो यथार्थताको जानकारि नहुने कुरै भएन । एउटा राजदूत नियुक्ति गर्न नसक्ने नेपाली नेता, देशको कूटनिति, राष्ट्रिय हित भन्दा पार्टी र निजि स्वार्थले प्रेरित हुने हाम्रा नेताको ह्याउ बुझेका, देखेका भारतीय नेताले त्यहि धरातलमा उभिएर तौलिन्छन्, हेप्छन् र ब्यवहार गर्छन् । नाथे राजदूत नियुक्तिमा सहमती हुन नसक्ने र स्वार्थ हेर्ने नेतालाई सजिलै बिकाउन, फकाउन र फसाउन सकिन्छ भन्ने भारतीय नेताले राम्रोसित बुझेकालेनै हाम्रा नेताहरुलाई हेपेर ब्यवहार गर्छन् । भारतीय स्वार्थ र प्राथमिकतालाई उच्च स्थानमा राखेर भारतीय राजदूत खटिइरहेका, दौडिरहेका बेला हाम्रो देशले भने तिन वर्षदेखि राजदूत नियुक्त गर्न नसक्ने । कस्तो लज्जास्पद । यस्ता हुतिहारा नेतालाई के स्थान, मान र सम्मान् दिउन् भारतीय नेताले !!




