स्वार्थी र बिबेकहिनका तर्क “आर्काको देशको बारेमा किन बोल्ने ?”

israel-lies

ईजरायल प्यालेटिनबिच केहि सातादेखि युद्द चर्केको छ । ईजरायलले हड्पेको भूमी प्यालेस्टिनहरुको हो । ऐतिहासिकताले त्यहि भन्छ र संयुक्त राष्ट्र संघले पनि प्यालेस्टिनलाई अलग्गै देशका रुपमा मान्यता दिईसकेको छ । तर अझै ईजरायलले प्यालेस्टिनमाथि कब्जा जमाउन, प्याल्स्टिन भूमी चिमोट्न, ओगट्न छोडेको छैन । हुन त अहिलेको युद्दमा अत्याचार दुबै तर्फबाट भएका छन् । तर प्यालेस्टिनीमाथि ईजरायली अत्याचार कति सम्म छ भने ईजरायली मन्त्रीलेनै हाकहाकी भनेकि छन् ‘प्यालेस्टिनीहरुलाई जन्म दिने आमाहरुपनि सबैको हत्या गर्नुपर्छ ।” उनले यसो भन्दै ईजरायली सेनालाई निर्देशन दिएकि हुन् । तर केहि नेपालीहरु खासगरि ईजरायलमा कामकालागि पुगेका नेपालीहरुले युद्दकै लागि गए झैं पुरै ईजरायलको समर्थन गरेका छन् । कोहि ईजरायलको समर्थन गर्छन् आफूले तर अरु नेपालीलाई भने ‘बिदेशमा बसेर आर्काको देशको किन बिरोध गर्ने ?’ भन्दै कुर्लन्छन् । के कामकालागि गएका नेपालीहरु आफू बसेको देशले अत्याचार गरेपनि समर्थननै गर्नु पर्छ ? अन्याय, अत्याचार सहुँला, अत्याचारकै पक्षमा बोलुँला, यो देशमा जे जे हुन्छ सबै स्विकारौंला भनेर गएका हुन्छन् ? कि ईजरायलमा श्रम गर्न जाने सबैको श्रम संझौतामै त्यहि लेखेको हुन्छ ? 

ईजरायलमा करिब छ हजार नेपाली रहेछन् । ति मध्ये अधिकांशको काम ब्रिद्द ब्रिद्दाको हेरचाह गर्ने हो । केयर टेकर भन्छन् तिनलाई । ति नेपाली त्यहाँ श्रम गर्न जाने हुन् । तैपनि ति नेपालीको चिन्ता गर्नुपर्छ । किनभने ति राज्यले तोकेकै मुलुकमा गए। राज्यकै प्रवधानमा गए । रोजगारीकालागि गए । ति श्रम घोटेर आफ्नो श्रमको मूल्य लिन गएका हुन्। आफ्नो पाखुरा र श्रम गरेबापत हो तिनले पाउने तलब । श्रमको मूल्य हो । त्यहाँ भएका कुसंस्कार, अन्याय, अत्याचार र कुरुतीको सामर्थन वा बिरोध गर्न होइन । त्यो शर्तमा गएका पनि हुँदैनन् । तिनको काम खुरुखुरु आफ्नो संझौता अनुसार काम गर्नु र कामको मूल्य लिनु । रोजगारीका गए भन्दैमा ति बस्ने देशले अत्याचार गर्दा सबै नेपालीले त्यसको समर्थन गर्नपनि सक्दैनन्, गर्नुपनि हुन्न ।

कोहि झन सुन्दै लाज लाग्ने तर्क गर्छन् “ईजरायलमा छ हजार नेपाली छन् । नेपालीले ईजरायली हमलाको बिरोध गर्यो र ति नेपालीलाई इजरायलले स्वदेश फिर्ता गर्यो भने कसले जिम्मा लिने त्यसको ?” यस्ता नेपालीलाई सोध्न मन् लाग्छ ‘किन नेपालमा भारतले अत्याचार गर्यो, अन्याय गर्यो, असमान सन्धी लाद्यो, सुस्ता महेशपुर लगायतका भूमीमिच्यो” भनेर कुर्लिने ? सुगौली सन्धीको बिरोध किन गर्ने ? अहिले भारतले गर्न लागेको उर्जा संझौताको बिरोध गरेको किन ? भारतले भनेको खुरुखुरु मानेन नेपालले भने भारत रिसाएर त्यहाँका नेपाली लाई नेपाल फिर्ता गरिदियो भने ?

ईजरायलमा त छ हजार रहेछन् । नेपालले केहि उपाय निकाल्न सक्ला ? भारतमा त ६० लाख भन्दा बढि नेपाली छन् । तिनको जिम्मेवारी कसले लिने ? ईजरायलमा बसेर भारतको बिरोध गर्नेले लिने ? विश्वभरि छरिएर भारतीय दादागिरीको बिरोध गर्नेले लिने ? अत्याचारका बिरुद्द बोलेकै भरमा सबैको रोजगारी जाने हो भने भारतमा सबैभन्दा बढि नेपाली । भारतले गर्ने सबै अत्याचारको चुपचाप अलगेर सहनु पर्यो नी त होइन ?

ईराक युद्दमा कति वालवालिका मारिए । अझ कति मारिँदै छन् । त्यहाँ बहुराष्ट्रिय देशका हजारौं सेना सामेल भए, अत्याचार गरियो भनेर विश्वभरिका नेपालीले बिरोध गरे, अझै गरिरहेका छन् । फ्रान्स, ईटाली, बेलायत, अमेरिकाका सेनाहरु त्यहाँ सामेल भए । अमेरिका, फ्रान्स, बेलायत, इटालीको सरकारले “हामीले ईराकमा हमला गर्दा तिमी नेपालीहरुले बिरोध गर्यौ् सबै फिर्ता जाउ” भनेर पठाइदियो भने कसले जिम्मेवारी लिने त्यहाँ बस्ने नेपालीको ? ईजरायलको समर्थन गर्नेहरुले ? कि नेपाल सरकारले ?

भूतपूर्व गोर्खा सैनिक संगठनले गोरखाली सेनालाई बेलायतीलाइ सरह सेवा र सुबिधा दिनुपर्छ भन्दै आन्दोलन गरिरहेको छ । नेपालीहरुले त्यसको समर्थन गरेका छन् जहाँ बसेपनि । त्यसमापनि त समर्थन जनाउनुभएन होइन ? नत्र बेलायतले हाम्रो सरकारको किन बिरोध गरेको भन्दै बेलायत बस्ने करिब एक लाख सत्तरी हजार नेपालीलाई लखेट्यो भने त्यसको जिम्मेवारी गोर्खाली सेनाको सामर्थन गर्ने हरेक नेपालीले लिनु परेन ?

के अत्याचारको बिरोध गर्ने नेपाली मात्रै हुन्छन् ? संसाभर भरिबाट भएको छ अत्याचार र युद्दको बिरोध । अन्याय, अत्याचार र युद्दको बिरोध गर्न जागिरले रोक्छ ? के जागिरकलागि भनेर जहाँ जस्तो अत्याचारपनि सहनुपर्छ ? जागिरकै लोभले सबै अन्याय सहनेहरुले त आफ्नै आमा, दिदी बहिनी बलात्कार हुँदापनि जागिर जान्छ भन्ने त्रासले चुपचाप सहेर बस्छन् ।

आफ्नो श्रमको मूल्य लिँदा मान्छेका बिबेक र ईमान्दारिता सबै बन्द गर्नुपर्छ ? अन्याय अत्याचार, हिंसा र आतंकपनि श्रम सँगै बन्देज हुन्छ ? ब्यक्तिगत स्वतन्त्रतालाईपनि त्याग्नुपर्छ ? मानव अधिकार र स्वतन्त्रता भन्ने के देखाउनकालागि मात्रै हो ? जागिरलाई अप्ठेरो पर्छ भन्दै सबै चुपचाप बसिदिएको भए के नेपालमा यत्रो राजनितिक परिवर्तन संभव हुनेथियो ? राणा र पञ्चायतको दमन बन्द हुनेथियो ? बम र बन्दूकको भरले दबाएर राख्नेका बिरुद्द सबै चुपचाप बसिदिएको भए ? त्यसैले अन्याय र अत्याचारका बिरुद बिबेक भएका, सत्यको पक्षधरहरु जहाँ बसेपनि बोल्छन् । अत्याचारको बिरोध गर्छन् ।

‘आर्काको देशका विषयमा किन बोल्ने?’ भन्नेहरु स्वार्थी र बिबिकहिनहरु हुन् । यिनलाई अरुअलाई पर्दा नबोले आफूलाइ पर्दापनि कोहि बोल्दैन, आफूलाई पर्दापनि सहयोग र समर्थन माग्ने अधिकार हुन्न भन्नेसम्मको ज्ञानपनि हुन्न । जागिरको त्रासले आफ्नै चेलीबेटी बलात्क्रित हुँदा, आफ्नै सिमा मिचिँदा र आफ्नैमाथि जाईलाग्दापनि यस्ता खाले मानिसहरु टुलुटुलु हेरेर बस्छन् र अत्याचारको साक्षी बन्छन् । यिनलाई आफ्नै आँगनमा अरुले आएर किलो नठोकिदिएसम्म आफ्नो सिमा र थातथलो मिचिनुको पीडा कस्तो हुन्छ हेक्का हुन्न । आफ्नै दिदी बहिनी आमा र चेलीमाथि बलात्कार गरेको नदेखेसम्म अत्याचार भएको छ, बिरोध गर्नुपर्छ भन्ने बिबेक आउन्न !! प्यालेस्टिन र इजरायलबिचको होस् वा उता इराक वा अफ्रिकामा, सत्यका पक्षधर र अन्यायका बिरोधीहरु, बिबिकीहरुले जहाँको घटना भएपनि बोल्नुपर्छ ! र ति बोल्छन् ! अरुलाई पर्दा मुख खोल्नपनि डराउने काँतर र स्वार्हीहरु चुप रहन्छन् !!

तपाइँको प्रतिक्रिया