मिचिएको भूगाग आफ्नो बनाउन सिमा नक्शामा हस्ताक्षर गराउने भारतीय दाउ

map

आगामी शुक्रबारदेखि भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमण तय भएको छ । यो भ्रमणमा उनले बेला कर्णाली जलविद्युत आयोजनाको उर्जा विकाससम्बन्धी सम्झौता गर्ने तयारी भैरहेको छ । उनको भ्रमण अघि नेपाल भारत उर्जा सहयोगसम्बन्धी भारतीय प्रस्तावबारे तिब्र विवाद देखिएपनि भारतले गर्न चाहेको अर्को खतरनाक खेलका बारेमा भने धेरैको ध्यान पुग्न सकेको देखिन्न । त्यो हो, भारतले वर्षौं देखि मिचेको हाम्रो भूमीलाई आधिकारिकरुपमै भारतीय नक्शाभित्र पार्न खोजेको छ । 

मिति र एजेण्डा निश्चित भैनसकेपनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी भदौ महिनामा नेपाल भ्रमण गर्ने सार्वजनिक भैसकेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला दुई देशको नक्सामा हस्ताक्षर गर्न खोजेका छन् । यसकलागि भित्र भित्रै तयारि भैरहेको छ । भारतले लामो समयदेखि नेपाल भारत नक्शा अधाबधिक गर्ने प्रस्ताब गर्दै आएको हो । त्यसकालागि भारतीय अधिकारीहरुले नक्शा तयार पारेका छन् । नेपाल सरकारलाई त्यो नक्शामा हस्ताक्षर गरेर आधिकारिकता दिनुपर्ने माग भारतले गर्दै आएको धेरै भयो । तर नेपालमा सिमाबिद र विशेषज्ञहरुले त्यसमा आपत्ती जनाउँदै आएका हुन् । नेपालमा त्यसको चर्को बिरोध हुँदै आएकाले भारतले चाहे अनुसारको नक्शामा हस्ताक्षर गर्ने प्रस्ताव तुहिँदै आएको थियो।

गत हप्ता राजधानीमा नेपाल बौद्धिक मञ्चले एउटा बहस कार्यक्रम राखेको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण र नेपाल-भारत सिमा संवन्धि थियो । नेपाली मेडियाहरुले उति ध्यान दिएनन् । तर त्यहाँ नेपाल-भारत सिमाबारे महत्वपूर्ण बहस भएको थियो । नेपाल र भारतको एक हजार आठ सय किलोमिटर खुला सिमामध्ये   सिमा विशेषज्ञहरुले  ५५ भन्दा बढी स्थानमा नेपाली भूमि भारतले मिचेको बताएका थिए । भारतले मिचेको नेपालको जमिन फिर्ता लिएर बिबाद र सिमाको समस्या हल नगरि नक्शामा हस्ताक्षर गरे नेपालको मिचिएको सिमामा भारतको अधिकार स्थापित हुन्छ । नक्शामा हस्ताक्षर भैसकेपछि नेपालले आफ्नो मिचिएको भूमी दाबी गर्न सक्दैन ।

उर्जा लगानीको बहस र बिबाद चर्किएका बेला नक्शामा हस्ताक्षर गर्ने योजनामा ध्यान दिएका छैनन् धेरैले । यहि मौका पारेर मोदीको भ्रमणका बेला हस्ताक्षर गर्न खोजेको छ भरतीय पक्षले । यसमा नेपाली पक्ष उति चनाखो भएको देखिन्न । हामीले के भुल्न हुन्न भने हाम्रो अगाडि सुगौली सन्धीको घाउ ताजा छ । नेपालको त्यत्रो भूभाग भारतले आफ्नो बनाएको छ ।

समयमा नै विचार नपुर्याइ हस्ताक्षर धस्काउनुको परिणाम हो सुगौली सन्धी । भारतले त्यहि सुगौली सन्धीको पाराले सुस्तादेखि ठोरीसम्म मिचेका भूभागलाई आधिकारिक रुपमै आफ्नो बनाउन हस्ताक्षर गर्न खोजेको छ । यसमा अहिलेदेखिनै दबाब स्रिजना गर्नुपर्छ, यथास्थितिमा भारतले प्रस्तावित गरेको नक्शामा हस्ताक्सर नहोस् । नेपालीहरु सचेत बनुन् भनेर । हाम्रो सिमामा जहाँ जहाँ बिबाद छ त्यसलाई पहिले समाधान गरेर मात्रै दुई देशको नक्शामा हस्ताक्षर हुनुपर्छ । यो मुद्दालाई सबैले अहिलेदेखिनै चनाखो पूर्वक उठाउनुपर्छ, बहसमा ल्याउनुपर्छ । नत्र नेपालका नदीनाला भारतलाई सुम्पन तयार परेका राष्ट्रघाती, भ्रस्टहरुले भारतले प्रस्ताव गरेको नक्शालाइ नस्विकार्लान् भन्न सकिन्न ।

तपाइँको प्रतिक्रिया